Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 गन्थन
[VIEWED 16811 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-09 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गन्थन


 


परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको।


 


बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। मायाले दिदा रेछन तर थर्काएरै खाइया कि झै गरीन्थ्यो।


 


मेरो एउटा साथी थ्यो, घर भरी बाहीर लगेर बेच्न पाए आफुलाई केही आमदानी पनि हुने घरकाले पनि खासै वास्ता नगर्ने केही भेटीन्छ कि भनेर घर तलासी गर्दा औसधीको एउटा पोको भेट्टाएछ। के औसधीका दाना हुन ती के जान्नु? अरु थोक केही भेटेनछ बेचेर आम्दानी गर्दा ढाडाँ सुम्ला नबस्ने। अब त्यो औसधीको पोको त्यो पनि के को लागि हो थाह छैन त्यस्तो औसधी कस्ले किन्ने? अर्थोक केही पनि नभेटेको झोकाँ त्यै पोको बोकेर पुगेछ बारी बाट टिपेर ल्या साग केलाउँदै गर्या आमाकहाँ कुर्लेछ " आमा, खै अलिकति पैसा दीनु " उसैले कत्ति राख्न देको जस्तो। आमा चै ले   छोरो तिर हेर्दा पनि हेरीनछिन।  के हेरुन हेर्न पनि? सधै पैसा माग्ने छोरो चैं। दीन छाडेको पनि निक्कै भैसक्या रेछ। सधै जस्तो कराउँछ, घुर्काउँछ जान्छ पछी आन्द्रा बटारीए पछी ओछ्यानमा तेर्सीन परे पछी नअन्मरीई छोडदैन भनेरै होला आमा चैं ले वास्ता गरीनछिन। साथी पनि अरु दिन भन्दा अरु बढ्तै तातेछ त्यो दिन। योजना बनाएरै पुग्या थ्यो नी त। अनि त आमाको आँखै अगाडी हातभरी औसधी मुट्ठाएर गर्जे छ, "तपाईँ पैसा दिने मलाई कि म यो सबै औसधी बुक्याईदिम?" आमा अलि सतर्क भै छन। "काँ बाट ल्याईस ए मोरा त्यो बिघ्न गोली? के का गोली हुन ती?" झस्के जसरी सोधी छिन। अन्त ए त्यसरी आमा झस्केकी चाल पाए पछी त साथीको आत्मबल झिमिक्क गर्दा धरहरा चढीसकेको। त्यै आत्मबलको उडानमा उड्दै साथी उफ्रेछ, "मलाई लामो कुरा गर्ने फुर्सद छैन, झिक्ने भए खुरुक्क पैसा झिक्नुस हैन भने मलाई अरु कुरा थाह् छैन सबै औसधी रित्याईदिन्छु अनि थाह पाउनु होला-- सधै यस्तो किचकिच गरेर कतिन्जेल बाँच्नु? दिक्कै लाग्ने" भन्दै औसधी भुट्या भटमास मुखाँ हुर्याउन ला जसरी औसधी फक्याउन ला देखे सी "कस्तो कुजात जन्मीएछ, असाध्यै पिर्ने" भन्दै आमाले सराप्दै सोधी छीन "कति पैसा चाहिएको तँलाई?"


 


त्यो औसधीको पोको त्यो साथीले धेरै पछी सम्म भजाउँदै थ्यो। पछी अत्ति भए पछी आमा चैं ले "ल घिच मोरा घिच सबै गोली घिच --"भन्न थाले पछी "के का गोली हुन के का--ज्यानै गयो भने त? भएन बर्बाद?" भनेर हुर्याईदिएछ ढलमा।


 


घर बाट निस्कियो। यता जाने यो गर्ने भन्ने केही छैन। बतासिंदै मुखाँ आ जति कुरा भट्ट्यायो हिन्यो जता पुगिन्छ पुगिन्छ। बेलुका बरालिएर घर आईपुग्दा आफुलाई मन पर्ने दाल तर्कारी पकाको हुनु पर्ने अनि भात ठिक्क पस्किने बेला भाको हुनु पर्थ्यो हैन भने "दिन भरी घराँ बसेर पनि भोक लाग्या बेला खान नदिने" भनेर सुनाईदिईन्थ्यो।


 


गर्ने त केही थिएन तै पनि घराँ केही काम अर्हाए भने फुर्सद छैन भनिन्थ्यो। त्यस्तै एक दिन बेफुर्सदी भाको बेला घराँ चर्किने गरी एक भुँडी भात बजाएर १० बजे तिर होला निस्केको बाटाँ भुस्याहा कुकुर, भरखरै कुदेको मोटर, झ्याल ढोका तिर फलेका तरुनीहरु, के का लागि हो बाटाँ खन्दै गरेको खाल्डो सबै निरिक्षण गर्दै नागपोखरी पुग्दा १२ बजि सक्या थ्यो। त्याँ पनि गर्ने त केही थिएन। नागपोखरी जाने भनेर हिन्या भे पो --हिन्दै गर्दा पुगेको त्यहाँ। त्यहाँ नारनदाईको पसल बाहीर एउटा सिलाबरको कुच्या बाटामा ट्युब डुबाएर बसीरा रे छ नारनदाई। झुरुप्प घेरेर हेरेम हामीले त्यो दृस्य। पानीमा डुबाउँदै घुमाउँदै गर्या साइकलको त्यो ट्युब घुम्दै एक ठाउँ पुगे पछी बुरुरु फोका उठ्न थाले पानीमा। संगैको साथीले जानकारी दियो उसैलाई मात्रै थाह भा हो कि जस्तो गरेर "तीँ रे छ ल पन्चट भाको" भन्दै। अर्कोले भन्यो, "तीन ईन्चीको किलाले छेड्या प्वाल हो यो"। अनि अर्को साथीले थप्यो "जति ईन्चीले छेड्या भए नी सुलोक्सन लाए पछी ट्याप्पै पार्छ।" नारनदाईले त्यो सुलोक्स्न लाएर पन्चट टालेपछी साईकलको टायर भित्र ट्युब घुसाएर हावा हाल्दे। साईकल तयार भो। अनि हाम्रो पनि काम सकियो त्यहाँ। तर हामीलाई धेरै बेर फुर्सद चैं हुँदैन थ्यो। फेरी केही न केही भेटीहाल्थीम हामीले।


 


एक दिन एउटा साथीको घरमा पुग्या उ स्याउ खाँदै रे छ। आमा चै उस्लाई गाली गर्दै थिईन। स्याउ खायो भनेर होईन अरु नै कुरामा। साथी चै स्याउ घुमाई घुमाई खाँदै थ्यो। उस्ले वास्ता नगर्या देखेर आमा उस्लाई घोईरो भन्दै अरु गाली गर्दै थिईन। साथीको अनुहारमा कुनै प्रतिकृया थिएन। मलाई त हैन साँच्चिकै बहीरो भएछ कि क्या हो जस्तै लाग्यो। आमा छेउ लागे पछी मैले सोधें "हैन सुन्न छोडीस कि क्या हो?" उस्ले म तिर नहेरी फेरी स्याउ दारेर भन्यो "ह्या--कत्ति सुन्नु त?"


 


साथीहरु मिलेर एक दिन भण्डारखाल पुगियो। त्यहाँ बेला बेला नगै चित्त नबुझ्ने। त्यो ढिस्का बसेर चुरोट तान्न असाध्यै मजा आउँथ्यो खै किन हो। चुरोट तान्दै गर्दा एउटाले भन्यो "पिकनिक त  एउटा जानु पर्ने हो यार"। त्यो पिकनिक जाने भन्ने पनि एउटा चलन नै थ्यो। हिनेर पर जान नसकिने नजिकै पिकनिक नहुने। पैसाको कुरा उठे पछी सबै ब्रम्हचारी। अनि के को पिकनिक हुनु? घराँ पिकनिक जानु पर्यो पैसा देउ भन्यो भने कि त हान्ने राँगोले जसरी हेर्थे कि असनको साँढेको जस्तो चाल गर्थे - मतलब नगर्ने।


 


"सधै यसरी भएन यार पैसा जम्मा गर्नु पर्यो" अर्को साथीले एउटा लामो सर्को तानेर भन्यो। मैले उस्लाई सोधें "तँ सँग छ त गाँठ? कति सक्छस झिक्न?"। उस्ले मुन्टो झट्कार्दै कपाल मिलाएर भन्यो। "१० गाँठ छ म सँग।" अर्को साथीले त्यो १० गाँठ तिर हेर्दै भन्यो "खै यता फर्कि त" ।१० गाँठ पनि फर्कियो। अलि नजिकै आएर त्यो अर्को साथीले १० गाँठलाई हेर्दै सोध्यो "अहिले दशै पनि होईन, निधाराँ पहेंलो टीका पनि छैनन। काँ बाट भेटीस नी १०?"


 


" के पहेंलो टीका " नबुझ्ने ले सोध्यो।


"मामाघराँ सराद थ्यो कि भनेर होला नी।" अर्कोले बुझायो। बाझाबाझ पर्ला जस्तो भो। त्यो दिन पनि पिकनिक को कुरा निस्कियो मात्रै अघि बढेन।


 


 


 फेरी अर्को दिन पैसा नभए पनि पिकनिक जाने सुर कसियो । जोगी पिकनिक गर्ने भैयो। सबैले फरक फरक कुरा ल्याउने। मैले मेरो भागाँ पर्या काउली र मुला चोरेर ल्याएँ राती नै गएर। पिकनिक भोलीपल्ट थ्यो। चामल चै अरुहरुले घर घर बाट ल्याए। अरु भाँडा सामानहरुको पनि जोरजम्मा भो। धेरै पर जान भाडा थिएन। नजिकै तर पर जस्तो लाग्ने ठाउँमा गैयो। गफ सबै गर्ने काम कोही नगर्ने। चुरोट मात्रै सल्काएर तरुनीको गफ गर्दैमा भात नपाक्ने। भात बसल्या --बसाल्या त चामलै हो भात हुन्छ कि भन्ने आशाँ-- त्यो बसाल्या ठामबाट पत्योल धुवाँ उठ्या उठ्यै थ्यो। धुबाँले पाक्ने भाको भए कुन बेला भात पाकिसक्या हुने।


 


भोक लागि सक्यो यार भन्दै काउली, साग, र मुला चपाउन थालियो। त्यो त नपकाई सकियो "ए, धेरै नखान यार पकाउनु पर्छ" भन्दा भन्दै। एउटा साथीले अर्को लाई "ए, यहाँ आगो फुक्न आईज त" भन्या त्यो अर्कोले फुक्ने आगो भा भे यस्तो हुन्थ्यो? त्यै धुबाँ फुके मात्रै हो अब -- त्यै पनि तरकारी सबै काँचै खाएर सकियो अब यो बिरबलको खिचडी पाके पनि के नपाके पनि के?" भन्दै सोम त बाटो लाग्छ बा!


 


"कता नी तँ?" भन्या, "घर हिन्या म त अब, उतै गएर खान्छु" भन्दै उ हिन्यो। ह्या म पनि नखाने भनेर म पनि लागें। मैले ल्याको त्यै काउली र मुला थ्यो त्यो सकिईहाल्यो। अरु नी जान ताते। अलि अलि चामलको माया मार्न गार्हो थिएन। तर भाँडा ल्याउनेलाई पर्यो मार्का। झन त्यो धुबाँमा चामल बसाल्या भाँडा त हेरीनसक्नु भाको थ्यो। त्यो भाँडो ल्याउने उस्को भाँडो तिर देखाउँदै लस्किनेतिर हेरेर जंगियो "यो चाई कस्ले धस्काउँछ नी?"


 


खा भे पो मिलेर धस्काउने। कोही बोलेनन।


 


हाम्रो टोलको सडक नै रंगशाला थ्यो। खेल्ने ठाउँ नै सडक। घराँ छोराछोरीले अलिकति हल्ला गरे की बाउ आमा कुन चै छेउमा छन भन्थे "यता आएर नकराओ त -- जाओ न उता सडकाँ गएर खेल"। तिनै बाउ आमा के छ र मरीलानु भनेर आँटैले होस वा के गर्नु भन्दै बाध्यताले होस ट्याक्सी चढेर हिन्या छन र बाटाँ खेलीरा केटाकेटीले गरेर बिस्तारै चल्या ट्याक्सी तर छिटछिटो चल्या मिटर देखेर तात्दै भन्थे सोमत न भाका बाउआमा उस्तै केटाकेटी उस्तै। सडकाँ नी खेल्न पठाउने हो?


 


हरीग्रामका कुरा धेरै छन। फेरी भेट भएछ भने सुनाम्ला।


 


 
Posted on 02-27-09 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आउनु भो दाई, कुर्दा कुर्दा। तपाईं को सबै पोस्ट पढें, नयाँ फ्यान भने नि हुन्छ, यो पढ्न भ्या छैन, भोली परीक्षा छ, तेइ भेर त्यो सकाएर पढ्छु, तर कमेन्ट लेख्ने पैलो हुने मौका पाकोले कमेन्ट गरी हालेको, पढि सकेर फेरी लेखुम्ला एस बारे। ऐलेलाई बिदा पाउम।

नाम त अच्छा-खासा राखेको तर गाम्मा अर्कै नाम्ले बोलाउँछन
- पुरे

 
Posted on 02-27-09 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आउनु भो दीप बाजे, पाँच ताराले स्वागत गरेँ है ।

फेरी बाजे किन भन्या भनेर हपार्ने होला, भागेँ म ।
Last edited: 27-Feb-09 05:35 PM

 
Posted on 02-27-09 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति प्रभो।
दिप प्रभो कता हराये भनेर तरुनी हरुको हा हाकार थियो एता साझापुर मा प्रभो उता हरिग्राम मा पिक्निक गा रईछन र पो।
सधैं झै उत्तिकै रोचक छ्। एस्पाली भिन्दै तरिकाले आउनु भएछ,तर स्वाद उही पुरानै,होम स्टाइल भन्छन नि।
लौ प्रभो म आउँदै छु मास्थिर भोली तिर,भेट्ने आश गर्दै।

 
Posted on 02-27-09 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Welcome back Deep jyu!!...Kata janu bhako thiyo? bangelai utai chhodera aaunu bhayecha. Awesome as always!!!  picnic ramailo bhayeraicha..lol..daami cha
 
Posted on 02-27-09 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति गरे है , प्रभुको लेख बल्ल पढ्न पाइयो ।
बनेश्वोर तिराका छप्कीहरुले खुब सोधेका छन है प्रभुलाई ।


त्यो टाएर पञ्चर टालेको कुरा कस्तो मजाले लेखेको दुरुस्तै लाग्ने हो , लौ लेख्दै गरौ है लेख्दै गरौ।


 
Posted on 02-27-09 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दिप ब्रो धेरै पछी दर्शन भयो माल सहित । धन्यवाद। यस्तरी गायब हुनु भएन नि हो ब्रो...

 
Posted on 02-28-09 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दिप ब्रो दर्शन गरें। दौतरी, साझा कतै नदेखिने कता दिप ब्रो भनेको त उता हरीग्राममा पो रेछन। त्यो पनि पिकनीक गर्दै। कथामा बागें नभए त मजै नआउने के। बांगे कता मर्यो नि पिकनीक नगएर?


हरीग्रामको बर्णन गर्दै गरम। कथाका तारा किन राता भनेको। सानदाइले त २० वटा लाल तारा भए कथै हटाउने उर्दी गरेका रहेछन अरु तारा थपिए हरिग्राम खरानीग्रमा हुन बेरछैन।


 
Posted on 02-28-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prabhu ko darshan pauna kati garo.....


barsa ko ek choti jasto shivaratri nai aaunu parne ki kya ho .......prabhu ko darshan garna yati garo...


Ganthan jari nai rahancha bhanne thulo aasha ko poko bokeko chu prabhu......yo poko lai thela ko foko phute jhai phutna nadinu hola.....baru bhoko pet ma din bhari doko ma itta bokna tayar chu......aru ta aru....astamiko chokho pareko boko lai katna pani tayaar.....tara yo Ganthan ko baki part ko dhoko bhane jo kohi lai pani besabrika saath intazaar rahi rahanecha..


-daum


 
Posted on 03-02-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jee,


Its so simple and true story. It reminds me when I was teenager. We used to do excatly samething what you said.


 


 
Posted on 03-02-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist ,


"यो पढ्न भ्या छैन, भोली परीक्षा छ, तेइ भेर त्यो सकाएर पढ्छु.."


अहिले सम्म भ्याईयो आँखा कुदाउन कि छैन गन्थनको बाटोमा कुन्नी तर कुदाउन नभ्याएकै हो भने पनि त्यस्तो नोक्सान केही भयो होला जस्तो मलाई लाग्दैन। गन्थन पुरानो हाडीगाउँले सडक जस्तै छ, साझामा प्रस्तुत हुने अरु लेखाईहरु  चिल्ला सडकहरु जस्ता छन। मलाई पनि ती चिल्ला सडकहरुमा जान मन लाग्छ र जान्छु पनि। त्यस्ता चिल्ला सडकका स्रस्टाहरुले हामी जस्ता पाठकलाई धेरै गुन लगाएका छन।


अनि परीक्षा-घोडा त प्रभोले नै चढ्या होला नी, लात्तले हानेर उछ्छिट्याएन होला घोडाले भन्ने सोचेको छु। नउछिट्टाओस पनि कहिले।


CT. ,


"फेरी बाजे किन भन्या भनेर हपार्ने होला, भागेँ म ।"


भन्दीन प्रभो, हाम्रो एउटा साथी थ्यो, नेवार नै हो तर हामी सबै साथी उस्लाई बर्मु भन्थीम्।


त्यो अस्ति नै मासुभात खान दिएको निम्तोको म्याद छ अझै अझै कि सकियो प्रभो? खबर पाम् है।


बिस्टे,


"लौ प्रभो म आउँदै छु मास्थिर भोली तिर,भेट्ने आश गर्दै। "


प्रभो अनि जन्ती समुहको परीया थ्यो की जन्ती पर्सीने समुहको? आँखा पनि अल्झे कि कतै  मन बल्झाउने गरेर?


बिनायक स्टुडीयोमा एउटा तस्बीर खिचाउन जाँदा एउटीका  छडेके हेराईमा आफ्ना आँखा अल्झेर मन लडेको थ्यो क्या प्रभो। कुरा पुरानै हो तर हरेक चोटी सम्झिँदा नयाँ नै हो कि झै गरेर आउँछ।


*~Spring~*,


"bangelai utai chhodera aaunu bhayecha"


मान्छे उतै परे पनि कुरा त गन्थनमा उस्को पनि यतै छ।


अनि यो "भेलकम ब्याक" स्प्रिङ्गलाई भन्न मलाई पनि कस्तो मन लागि सक्यो भने, जाडो सँग दिक्क लागेर।


Harka_Bahadur ,


"बनेश्वोर तिराका छप्कीहरुले खुब सोधेका छन है प्रभुलाई । "


"बदमास हुन्छौ? भन्दीम तिमेरका लोग्नेलाई?" भनेर हप्काईदिनु पर्थ्यो नी त प्रभोले ती छप्कीहरुलाई।  अब त घर ब्यबहार पनि त हेर्नु पर्यो नी, खाली दीपलाई मात्रै सम्झेर सोधेर कसरी चल्छ जिन्दगी?  खै बुझेको उनीहरुले? बुझाउन जाउँ आफु भने पनि सिकेर आईएला भन्ने डर छ। के गर्नु र?


harikancha,


"लौ दिप ब्रो धेरै पछी दर्शन भयो माल सहित ।"


म त एक छिन झसंग भै रा -- माल सँग देख्या भन्दा त।


यसरी तर्साईदिन त भएन नी प्रभो--कम्ता टेन्सन भएन को सँग हुँदा देख्या होला भनेर।


nepalean,


"दौतरी, साझा कतै नदेखिने कता दिप ब्रो भनेको त उता हरीग्राममा पो रेछन। त्यो पनि पिकनीक गर्दै। कथामा बागें नभए त मजै नआउने के। बांगे कता मर्यो नि पिकनीक नगएर?"


बाङ्गे थ्यो नी पिकनिकमा।  काँचो तरकारी सकेर, घरैमा भात खान जान्छु भन्ने उही त हो नी प्रभो।


अब दौतरी साझा तिर आउनलाई आफ्नो फुर्सद बेपत्ता भएर कस्तो मुस्किल पर्यो नी त। सम्झाउँदै छु। फर्किन्छ कि जस्तो गर्दै छ। हेरम।


daum,


"barsa ko ek choti jasto shivaratri nai aaunu parne ki kya ho ......."


आहा! शिबरात्री र फाउ त एकदम  रमाईला चाड नी प्रभो। ती त बर्षमा एक चोटी होईन, महिनामा चार पाँच चोटी आए हुन्थ्यो जस्तो लाग्थ्यो, के गर्नु र?


********************


एउटा अर्को कार्यालय पुगेको थिएँ अस्ति अनि त्यहाँ एक छिन प्रतिक्षालयमा समय कटाउनु पर्ने भयो। माथीका गन्थनहरुले समय माथि आरा लाउँदै बसेको थिएँ त्यति बेला।


मौका परेको बेला फेरी गर्नु पर्छ गफ।


सबैलाई हार्दिक धन्यबाद अनि शुभकामना।


 
Posted on 03-02-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anishchit,


"We used to do excatly samething what you said"


त्यै त है, क्या रमाईलो हुन्थ्यो पुराना दिनहरुमा।


जय नेपालमा फस शो हेरेर आए पछि हेर्न नपाएका लाई यस्तरी पेलेर सुनाईन्थ्यो नी कहानी -- हेर्न भ्याका छैनन कुनै साथीले भने सिनेमा नहेरी छेउ पर्दैन थे।


 


 
Posted on 03-02-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la prabhu, wellllllllll come back.


 


 
Posted on 03-02-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, सवारी हुने मर्जी मात्तै होओस न, मासुभातको बाढी लगाम्ला नि हौ । मासुभात मात्रै किन ? साझाको बहुचर्चित म:म:लाइ माथ दिने म:म: टक्राम्ला नि प्रभो !!!
 
Posted on 03-02-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भये नि एक्कै साँसमा पढेर सक्काये ! रमाइलो छ दीप ब्रो को कथा ! धेरै पछी पढ्न पाइयो ! ल बेला बेला मा यसो कि-बोर्ड  खियाम्दै गरौ है !
Last edited: 02-Mar-09 12:30 PM

 
Posted on 03-02-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"" पन्चट, सुलोक्स्न..""


लोल! यो सुलोक्सनको गन्ध फेरि बित्यासै मजाको लाग्थ्यो!


एक पटक हाम्पनि एस्तै रैथाने तालमा पिकनिक गाको थेम ककनि डाँडातिर ठिटै ठिटा मिलेर, एउटा चइने सेमि मांसाहारी थियो, अर्थात फुल (अन्डा) खाने मासु नखाने। भोकले आन्द्रा छुत्ति खेल्न लागेसि, छिटो पकाऊन भनेर एउटाले आइडिया झिक्यो - भात पकाउँदा चामल र पानीसंगै अन्डा पनि हाल्ने र पाकेपछि अन्डा अटोमेटिक रेडि हुन्छ भनेर। पाक्न त पाक्या थ्यो, भात संग अन्डा फुटेर सरोबरि हुँदै पाक्या थ्यो। पछि अलि अलि काँच्चै काँच्छै कुखुरा लुछेर फर्केको थेम।



 
Posted on 03-03-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 very funny ... ur unique style is worth applauding makes me nostalgic.
 
Posted on 03-03-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दीप ब्रो... तारेमाम् ..... धेरै  पछी दर्शन पाइयो। 
झन्नै पिक्निक छुटेछ हो......
 
Posted on 12-28-12 12:56 PM     [Snapshot: 2521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति सरल कति मज्जा क शब्द ... हासोको फोहोरा र आफ्ना याद संगै हुले बढेर निस्किने लेख ..

दिप दा को पुरानो मज्जाको कथा माथि उकल्दै छु .... 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters