[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जेल यात्रा

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 48529 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-30-14 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

जेल यात्रा 

त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको  पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न कहिलेइ डण्डा खाइयो | सधैं पुलिस प्रशासनबाट बचेर हिडियो| २०४६  सालको पहिलो जन आन्दोलनमा पक्राउ पुर्जी जारी भै घरमा खोजि गर्दा नि पुलिसले भेटाउन सकेन | नेता बन्ने रहर थिएन र थाना जेल जाने कहिलेइ लहड चलेन | तर ........

तर एक दिन मेरो गज्जबको जेल यात्रा भयो | कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी | बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ?? 

प्रजातन्त्र पुनर्स्थापनाको लगत्तै भएको स्थानीय निर्वाचन पछी  नगरपालिकामा जागिर मिल्यो | मेयर साहेबको ख्याती देश विदेशमा यति थियो कि  हरेक दिन  कुनै न कुनै राजदूत र कार्यालय प्रमुखहरुको ताँती लाग्थ्यो | कतै बाट हुन नसकेको काम मेयर साहेब मार्फत हुन सक्ने अन्तिम आशा हुने गर्थ्यो | अहिले यी कुराहरु सुनाउँदा दन्त्य कथा झैँ लाग्न सक्ला | सत्य यही थियो, कुनै लोभ लालचमा न फसेका ब्यबहारिक  र  राजनैतिक रुपमा इमान्दार कोही नेता थियो भने मेयर साहेब नै थियो | अहिले उहाँ गुमनाम हुनु भएको छ , शहरको ४५ लाख मान्छेको भीड भित्र अन्जान  हुनु भएको छ | 

डिल्लीबजार चारखाल अड्डा भित्र चार खाल खोर नामले परिचित "जेल " अद्यापी छदै छ | हो त्यै जेलका जेलर साहेबले जीर्ण जेलको  मर्मत सम्भार गर्ने प्रयास गर्नु भएको र कतैबाट सहयोग न पाए पछी  अन्तमा मेयर साहेबलाई भेट्न आउनु भएको रहेछ | जिन्दगीको उर्बर समयमा दसौं बर्ष जेल नेल भोग्नु भएका मेयर साहेबले तत्काल सहयोग गर्ने वचन दिनु भए छ र त्यसको लागि आबश्यक प्राबिधिक तथा प्राशानिक कार्यको थालनी गर्नको लागि मलाइ बोलाउनु भयो | 

जेलको निरीक्षण नगरी मर्मत सम्भार सुधारको थालनी हुन सक्दैनथ्यो, त्यही भएर जेलर साहेबले सके भोली नै जेल भ्रमणमा आउन आग्रह गर्नु भयो र मेयर साहेबले पनि भोलि फस्ट आवर मै चारखाल गएर  साँझ सम्म प्रतिबेदन पेश गर्न भन्नु भयो | 

बिहान साढे दस न बज्दै जेल आउछु भने  अनुसार साढे दस नपुग्दै जेल पुगियो | जेलर साहेब दङ्ग | महिनौ प्रयास गर्दा सिन्को न भाँचिएको काम १ दिन मै हुने भयो भनेर होला कि ? जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ | जेलर साहेब, इन्स्पेक्टर साहेब सहितको टोलीले जेलको जीर्ण भाग र गर्नु पर्ने सुधारहरु बारे ब्रिफिंग गर्न जेल घुमाउने भए | सबै जना पहिले महिला सेल तिर लाग्यौं | 

महिला सेल पुग्ने बित्तिकै  राम राम राम.... गालीको बौछार सुरु भयो | महिला कैदीहरु बाफ रे बाफ ..... जेलर पुलिस् देखि निकै रुष्ट भाको प्रष्ट थियो | आमा चकारी गाली त मुखैमा | हुन त केही बाहेक प्राय अपराध गरेकै कारणले वा अपराधी आचरणले जेल परेका हुन्  तिनीहरु |  

जेल भित्र सौचालयको संख्या जम्मा २ अनि नुहाउने ठाउँ नै छैन | सयौंको संख्यामा कैदी छन् | न्यूनतम मानबिय सुबिधा पनि थिएन | अनि जेलर ले गाली न खाए  ताली खान्छ त ??  बिचरा जेलरले नि के गर्न सक्थ्यो र ??
न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो |  जेलरले गालीको गदगदाहत बीच " उहाँ  तपाइँहरुको यिनै असुविधाको सुधारको लागि हेर्न आउनु भएको इन्जिनियर साहेब हो, आफै के के चाहिन्छ भन्नु " भनेर गाली म तर्फ फ्लिक गरि दिनु भयो | 

मैले भनें " मेयर साहेबले आजै रिपोर्ट दिनु भन्नु भएको छ , तपाईहरुको सुबिधाको लागि हुन सक्ने जति काम १ महिना भित्रै सम्पन्न हुन्छ , ढुक्क हुनु होस् " | अनि देखाउन थाले अगुवा कैदी महोदयले के कस्तो असुविधा छ भन्ने | 

सबै भन्दा खत्तम त ट्वाइलेटको संख्या र अवस्था नै थियो | अर्को गुनासो चाहि स्नान गर्ने समस्या रहेछ स्नान घर नभएर | खुला चोकमा आएर नुहाउनु पर्ने र नुहाउने समयमा संगै को पुरुष सेलको माथिल्लो तल्लाबाट सर्बांग देखिने हुँदा  पुरुष कैदी हरुले सिट्टी बजाउंदै तमासा  गर्दो रहेछ | 

" साले रण्डीका सन्तानहरुले कहिलेइ न देखे जस्तो हाम्रो ... ..... हेर्न आउछन, हामी पनि देखाई दिन्ठेम  तेरो आमा बहिनी संग भाको  ... यही हो भनेर ..." मुख त ...... बाफ रे बाफ | 

महिला जेलको अवस्था र गर्न सकिने सुधारको आंकलन र नाप जांच गरी पुरुष सेलमा जान निस्केम | जेलर साहेबले एक छिन मेरो अफिसमा बसम र चिया एक कप खाम , त्यस पछी उता जामला भन्नु भयो | ठिकै हो यत्रो गाली खाएको पचाउन एक गिलास चिया त पिउने पर्यो भन्दै चिया खान बस्यौं | 

चिया गफ सकिवरी पुरुषजेलमा जाने बेलामा  जेलर साहेबले " म त उता जान्न, इन्स्पेक्टर साहेबले तपाईलाई लैजानु हुन्छ " भन्नु भयो | मैले किन भनेर प्रश्नै गर्नु परेन , महिला सेल को त यति हरि बिजोग छ भने पुरुष सेल को राम बिजोग हुने नै भयो | शायद पुरुषको गाली पचाउन सक्ने आँट जेलर साहेबमा थिएन | 

इन्स्पेक्टर साहेब संग पुरुष जेल अर्थात जेलको मूल द्वारमा गइयो | महिला सेलमा जस्तो कार्यालय परिसर भित्रबाट जान न मिल्ने रहेछ | बन्दूक बोकेको सेन्ट्री, अनि ३ फीटे फलाम को ढोका पार गरेर जानु पर्ने | अघि सम्म मैले कर्मचारी परिचय पत्रको माला लागेको थिइन | अब भने लाग्यो कैदी लाने बाटो तय गर्दा पास झुन्ड्याएन भने म बबुरोलाई लाई नयाँ कैदी आयो भनेर लाम लागेर र्याग गर्न बेर छैन ( हिन्दी सिनेमाको प्रभाव) | 

त्यो ३ फूटे फलामे गेटबाट साढे पांच फीटको म के छिरेको थिएँ, भित्रबाट गाली हैन ताली पो बज्यो बाइ ...............................

क्रमश : 
Last edited: 30-Jul-14 07:48 AM

 
Posted on 07-30-14 9:36 AM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति उत्तम इन्जिनियर साहेब| बडो मजाले पढियो| धन्यबाद|

 

पुनस्च: राहुल सोमले डण्डा खायो कि जेलमा भनेको त धत् अर्कै खाले यात्रा रैछ यो त|

Last edited: 30-Jul-14 09:42 AM

 
Posted on 07-30-14 1:53 PM     [Snapshot: 209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिर्शक हेरे पछि किन जेल गएछन भन्ने उत्सुकता  संग पुरानो कुरा सम्झना दिलाइदियो |
डिल्लीबजार पिपल बोटमा बिहानेइ डेरीको दुध लिन जादा पत्रिका बेच्ने ठुलो ठुलो स्वरले ग्राहक आकर्षण गरदै थियो आजको ताजा खबर " गृह मन्त्रि जेलमा" |  
यदि पत्रिकामा छापिएको भए पत्रिका बिक्रेता यो पल्ट पनि आजको ताजा खबरमा "नगरपिता जेलमा " भन्न चुकेनन् होला ?
Last edited: 30-Jul-14 01:54 PM

 
Posted on 07-30-14 4:27 PM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी. बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ??
ख: दाई ख: !!

" साले रण्डीका सन्तानहरुले कहिलेइ न देखे जस्तो हाम्रो ... ..... हेर्न आउछन, हामी पनि देखाई दिन्ठेम तेरो आमा बहिनी संग भाको ... यही हो भनेर ..." मुख त ...... बाफ रे बाफ |

राम राम राम कस्तो मुख छोडेको!!

कथा पढ्नै पाएको छैन क्रमश रे :)
अर्को भाग को प्रतिक्षा मा !!!
 
Posted on 07-31-14 8:43 AM     [Snapshot: 532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, कस्तो सस्पेन्स ठाउमा गएर रोकिएको / तालि चै किन बज्यो भनेर निकै उतुस्कता जाग्यो बाई / गज्जब लग्यो ठुल्दाई, अर्को भागको प्रतिछ्यामा छौ /
 
Posted on 07-31-14 9:31 AM     [Snapshot: 546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved it as always. अरु चांडो पस्किनु पर्यो, भोक लागि सक्यो.
 
Posted on 07-31-14 10:00 AM     [Snapshot: 550]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

जेल यात्रा 

भाग २ 

ताली किन बज्यो भने .... धेरै दिन देखि नयाँ कैदी आएका रहेन छ , बल्ल नयाँ मुर्गा आयो भनेर ताली ठोक्या रैछन बज्जेहेरु ले | एक छिन मै ताली , खाली भो | गलामा झुन्ड्याएको सरकारी छाप भएको परिचय पत्रले कैदी हैन मार्साब रैछ भन्ने थाह भो | 

संगै हिडेको इन्स्पेक्टर साहेबले कैदीको नाइकेलाई बोलायो | कैदी नाइके त ................

कैदी नाइके चिनेको मान्छे नै परेछ | आफ्नै अड्डाको खरिदार साप | केही महिना अघि आफ्नै बजेई पर्ने बृद्धाको हत्या अभियोगमा पुर्पक्षको लागि थुनिएका | आफ्नै टोल छिमेकमा हरि दाइ | हरिदाईको मुहारमा कान्ति छायो | मानौ बर्षौं देखि अँध्यारो काल कोठरीमा थुनिएका हरिदाईले घाम देखे जस्तो | 

सर नमस्कार भन्दै नेवारी मै किन पाल्नु भएको भनेर सोध्नु भयो | मैले आफु आउनुको बेलिबिस्तार लगाएँ | 
सर संग लामो कुरा गर्नु छ , अहिले सबै संग परिचय गराई दिन्छु भन्दै एक एक लाई बोलाउनु थाल्नु भयो | 

जेल भित्र कैदीहरु बिचको आन्तरिक ब्यबस्थापन गर्न नाइके , भाइ नाइके , चौकीदार , भाइ चौकीदार को ब्यबस्था हुने रहेछ | जेल भित्र सानो पसल हुने रहेछ , चिया नास्ता त दैनिक बन्दोबस्तीका सामान पाइने | पसल कल्ले राख्ने , बजार को जाने , आदि इत्यादि को ब्यबस्था यिनै नाइके चौकीदारहरुले गर्दो रहेछ | लामो समय सम्म थुनिएका, अलि पढे लेखेका र जिउडाल अच्छा भएकालाई यी पदहरुमा नियुक्ति गर्ने रहेछ| 

नाइके हुनु को रवाफ हरिदाई को मज्जा ले देखियो | 

"ओहे कृष्णे, हाम्रो सरलाइ स्पेशल चिया र अमलेट तु ल्याउनु | "

"ओह सानुकाजी, सरलाई राम्रो कुर्सी को ब्यबस्था गर त |"  

जेल भित्र एउटा चोक रहेछ . चारै तिर थुनुवा सुत्ने पाटी जस्तो घर | ट्वाइलेटको हालत उही, सबैलाई लेट हुने | ढल निकास, नेपाल को बिकास जस्तै | 


चोक भित्र कुर्सिमा बसेर हरिदाई संग के कुरा गर्न थालेथें, अरु थुनुवाहरु पनि आइ पुगे | हरि दाइले सबै संग परिचय गराई दिनु भयो | 

उहाँ हाम्रो सर , इन्जिनियर साहेब , मेरो टोलको भाइ | जेलको भौतिक अवस्था सुधार गर्न हेर्न आउनु भएको | हाम्रो मेयर साहेब बडा इअमा जमान भाको मान्छे हो , मेयरले पठाएको मतलब केही काम हुन्छ , उहाँले गर्बका साथ् सुनाए | 

चिया , अम्लेट आइपुग्यो , सबैले चिया लिए | आ-आफ्नो परिचय दिदै गए | थुनुवा मध्ये एक जना बुज्रुक नेपाली कालो टोपी लाइराख्या हेर्दै हाकिम जस्तो देखिनेले आफ्नी परिचय यसरी दिनु भयो -

"म चाहि रामानन्द शर्मा , यही जेलको जेलर, अहिले कैदी भाछु |"

" जेलर साहेब नि जेल भित्र कसरी ?? "

" यस्तै परिबन्दमा परियो सर , ब्याड लक् खराब भए सी यस्तै हो | बिस्तारमा म मेरो कोठा मै भन्छु है , मेरो कोठामा पाल्नु पर्छ नि सर खाजान खान ..| "

जेलर साहेब को आग्राह टाल्ने कुरा भएन , हुन्छ  भने | 

अर्को एक जना कलिलो केटो पनि संगै थियो | भाइ किन नि , जिज्ञासा लागेर सोधें | 

"केटी बेचेको आरोपमा | " धक नमानी उसले भन्यो | 

"साँच्चै केटी बेच्या हो त ?? त्यो त राम्रो हैन नि भाई | "

यति के भन्या थिएँ बिचराको आँखाबाट बलिन्द्र झरे | 

"सर ....| मैले केटी बेच्या हैन , धरोधर्म  हैन | "उ भन्दै गयो -

गाउँमा स्कूल पढ्दा पढ्दै एउटी संग पिरती बस्यो | जात भात को कुरो ले मागेर बिहे गर्न सम्भव भएन र एक दिन भगाएर सदरमुकाम सम्म के पुगेको थिएँ , असत्ती सुन्तालीका दाई हरुले  समाएर पुलिसलाई बुझाइ  दियो | केटी बेच्न लागेको आरोपमा २ बर्ष .....|

"बिचरी सुन्तली पो के गर्दै होली ......" त्यसपछी त्यसले बोल्न सकेन | 

सर जाउँ भित्र तिर , मेरो नि आफ्नो कुरा सुनाउनु छ - हरिदाईले  बाहिर को गम्भीर माहौलबाट कुरा अन्त सार्न भन्नु भयो | हुन्छ नि , मलाई नि छिट्टै फर्किनु छ | आजै रिपोर्ट बुझाउनु भन्नु भा छ मेयर साहेब ले | 

भित्र गएँ , जेलर साहेब को रुम मा | अरु कैदीहरु को चाहि ४-५ जना सुत्ने एउटा रुम हुन्थ्यो भने जेलर साहेबको चाहि सानो तर सिंगल | सानो ब्ल्याक एण्ड ह्वाइट टिभी पनि रहेछ | कानूनले न दिएको सुबिधा जेलर भएरै पाएको हुनु पर्दछ | 

छोटकरी मा भन्नु होस् , म सबैको कुरा सुनेर जान्छु | मैले आफ्नी मनशाय प्रकट गरें | 


हरि दाइले पहिले मेरो कुरा भन्छु  भन्नु भयो | 

सरले  मेयर साहेबलाई मेरो कुरा सुनाइ दिनु पर्र्यो | म एकदम निर्दोष छु | मैले मान्छे मारेको हैन | म संगै समातिएका ८ जना मध्ये एक जना वकिल बाहेक कसैलाई चिन्दिन | मलाई फसाइएको हो | भाइ ले नै भन त मैले मान्छे मार्छु होला र ?? 

मैले चिने जाने सम्म हरिदाई को चरित्र एकदम सफा , समाज सेवामा लागेको . टोल छिमेकमा हरेक जात्रा पर्वमा अगुवा | तर समातियो किन ?? मैले प्रश्न गरें | त्यसै त समात्न आएन होला | 

"हैन भाइ, त्यो बुढी मेरो नजिकको  बजेई | बजेईको सन्तति कोही नभएकोले सबै सम्पती मैले नि पाउने, म किन हत्या गरूँ? "

कुरा जायज थियो र पनि  टोलमा भाको साबिती सर्जमिनमा मैले नै मारेको हुँ भनेको मैले  खुदै सुनेको थिएँ | 

"तपाइँले मारेको हैन भने , अस्ति पुलिसले सर्जमिन गराउँदा , किन सबको सामु मैले नै मारेको हुँ भन्नु भएको त ?? "

"त्यो मैले भनेको हुँ, मैले हैन भनेको भए पुलिस ले मार्थ्यो , बाच्नको लागि भनेको हुँ| " 

"कसरी??" मैले पुरक प्रश्न सोधें | 

"पुलिसले यति पिट्यो .. यति पिट्यो........................." 

क्रमश: 

 
Posted on 07-31-14 6:23 PM     [Snapshot: 734]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब लग्यो ठुल्दाई दोस्रो भाग पनि / कथा निकै रोचक होला जस्तो छ / दोस्रो भाग छिटै पस्किनु भए जस्तै तेस्रो पनि छिट्टै आयोस ठुल्दाई /
 
Posted on 07-31-14 7:02 PM     [Snapshot: 758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

As always great !!!
 
Posted on 07-31-14 8:00 PM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रमाइलो प्रस्तुति चित्रण गर्नु भयो राहुल दा ले , लौ अर्को भाग चाडै पढ्न पाउ
 
Posted on 07-31-14 8:59 PM     [Snapshot: 817]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It has been long since i came to sajha but what a treat to read you dai. Will keep you posted via email. take care
 
Posted on 07-31-14 9:24 PM     [Snapshot: 825]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एकछिन ko shoutbox ko kura kani batai Rahulvai dai le jail bhramanko kathaa chhaapne आस्वासन दिनु भएको थियो. कथा त निकै रोचक रहेछ
""चिया , अम्लेट आइपुग्यो , सबैले चिया लिए"" चियामा केरा दोबेरा खाको सम्म सुनिएको थियो. त्यो जेल मा चै चाइनेजो मा "चिया मा ओम्लेट डोबेर खाने " नया सिस्टम हो कि क्या हो ??
 
Posted on 08-01-14 8:05 AM     [Snapshot: 943]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई को जेल यात्रा निकै रोचक रैछ | तर एउटा कुरा नि , ति विभिन्न आरोपमा (अदालत बाट फैसला नै भएका पनि होलान ) जेल परेका मान्छे को वास्तविक नाम नराख्ने हो कि ? आखिर ति celebrity पनि होइनन क्यारे | तपाई कै टोलका समाजसेवी, सफा हरि दाई लाइ के थाहा उहाको नाममा येतिका मान्छेले कथा पढेका छन् भनेर |
 
Posted on 08-01-14 8:28 AM     [Snapshot: 928]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

टिप्पणी गर्नु हुने र मन पराइ / नपराइ पढी दिनु हुने  सबै मित्रगण प्रति हार्दिक नमन गर्दै अर्को भाग प्रस्तुत गर्दै छु | 

जेल यात्रा 
भाग ३ 

पुलिस ले पिट्यो  रे ...पिट्दैमा नभाको कुरा हो भन्नु पर्छ त त्यो पनि हत्या जस्तो संगिन आरोपमा ? मैले पनि केही केरकार गरें| 

हैन सर, म बिस्तारमा भन्छु | 

"अजि (बजेइ) को हत्या भएको थाह भए पछि पुलिसलाई पहिलो सूचना दिने मान्छे नै मै हुँ | अजिको बारे सम्पूर्ण जानकारी दिने नै मै हुँ |  सबैभन्दा नजिकको आफन्त पनि मै हुँ | एक्लै बस्ने गरे पनि ट्याम ट्याम मा हेरविचार गर्ने पनि मै हुँ | खुशी भएर अजिले सबै सम्पति शेष पछि मेरो नाममा गरि सक्नु भएको थियो | दिन दिनै हनुमान ढोका जान्थे, अनुसन्धानमा प्रगती भयो कि भनेर | सोधेको जवाफ दिन्थे | ७-८ दिन पछि ७-८ जनालाई समाएर ल्याए छ, पुलिस ले | मलाई यिनमा को माथि शंका लागेको छ भनेर सोधे | मैले चिन्दिन कोहि पनि भनें | एक जना जग्गा सम्बन्धि काम गर्ने वकिललाई चाहि बजेइ कै एक टुक्रा जग्गा बेच्ने क्रममा चिनेको थिएँ | तर पुलिसले थप झन्झटमा पार्ला भनेर त्यसलाई नि चिनेको छैन भन्दिए | "

भोलिपल्ट अफिस सके पछि हनुमान ढोका गएको थिएँ, केही पत्ता लाग्यो भनेर | 
"अरुले बकी सक्यो हत्या गर्ने मुख्य अपराधी तैं हो" भनेर नेल लगाई हाल्यो | 

"मैले साप के गर्नु भएको यो के भनेको थिएँ , बढी बोल्ने हैन" - भन्दै एक झाप्पु लायो  अनि "जे बोल्नु छ  , भोलि सरकारी वकिलको कार्यालयमा बोल्ने | ओह केटा लै जाउ त्यसलाई केरकारमा | " 

मैले आफ्नी श्रीमतीलाई नि खबर गर्न सकिन | नेल लगाएर हनुमान ढोका थानाको केरकार कोठा भन्नेमा लग्यो | 

"तैले किन हत्या गरिस , आफ्नै बजेइलाई ल भन"  -हिजो सम्म नमस्कार फर्काउने पुलिसको सक्कली अनुहार देखें |

"साप मैले गरेको हैन , मैले गरेको भए म दिन दिनै सरको मा किन धाउँथें ? जाहेरी नै किन दिन्थे ?" 

"पुलिसलाई उल्टै कोइशन ??  ल भन खुरुक्क यो कागजमा सहि गर्छस कि भित्र लगेर केरकार गरूँ? " 

"साहेप मैले गरेकै होइन त म किन गरूँ ?"   मात्र के भनेको थिएँ , "लैजा केटा यसलाई भित्र | लातको मान्छे बात ले बोल्दैन | " पुलिसको क्रुरताको पहिलो रुप देखियो | 

भित्र अँध्यारो कोठा , बत्ति भए न भएको जस्तो | आँखामा पत्त्ति लगायो | नेल लगाएको हातलाई खै के मा हो झुन्ड्यायो | 

"तैले हत्या गरेको स्वीकार्छस् कि नाईं भन्छस्"  - भन्दै सलिड प्लास्टिकको पाइप हो कि रबरले झुण्डीएको पैतलामा के   एक डण्डा के हानेको थियो , तीन त्रिभुवन देखें | 

"मैले सर मैले हैन , मैले कही गरेको छैन"  - भन्न सकेको थिएन अर्को पाइप हान्यो | 
मैले केही सोच्न सकिन , बाल बच्चा सम्झे , श्रीमती सम्झे | भगवान सम्झें | 

"साला कुकुर, मान्छे मारेर नि चुँ सम्म नि गर्दैन , दे अर्को एक |"  हाकिम चिच्यायो | 

अर्को एक पाइप खाँदा लाग्यो, अब बाँच्दिन | बाच्नु छ भने हो नै भन्नु पर्छ | १०-१५ जेल बस्नु परे नि मर्नु भन्दा हो भन्नु नै जाती भनेर मैले हिम्मत हारें | 

"हो सर मैले , हो भनें | हो भन्नै पर्र्यो | " 

"साप मैले नै मारेको हो साप, गला थिचेर मारेको हो  " भने पछि बल्ल पानी खान दियो | भोलि पल्ट सरकारी वकिलको कार्यालयमा  फेरी डण्डा खाने डरले मैले नै मारेको हो भनेर साबिती बयान दिएँ | टोलमा भएको सर्जमिनमा पनि फेरी त्यही डण्डाको भूतले तर्सायो र मैले नै मारेको हो भनि दिएँ | 

या त मलाइ थाहा छ या भगवानलाई , मैले मारेको हैन सर ,मैले मार्नु पर्ने कुनै कारण नै थिएन | ८३ बर्षकी अजि कति बर्ष नै बाच्नु हुन्थ्यो र सम्पतिको लोभमा हत्या गरूँ ?? उहाँको शेष पछि मेरै हो | त्यसमाथी म माथि कुनै शंकट आइलागेको थिएन, घर छ , जागिर छ | 

"त्यसो भए अहिले  के गर्ने बिचार गर्नु भएको छ त ??"  मैले भाबी योजना जान्न खोजें | 

सके सम्म छिटो यो खोरबाट निस्कन चाहन्छु , घरमा फुच्चे बिरामी छ रे , हिजो बुढी भेट्न आएकी थिई |  हरिदाइ को अश्रुधारा बाह्रमासे खोला सरि थियो | पीडा बगिरहेको थियो | बिबशता सुक्सुकाइ रहेको  थियो | 

मुद्दा चलिराख्या छ | वकिल अर्कै राख्नु पर्छ भन्ने सल्लाह आएको छ ससुरालीबाट | 

"वकील त तकडा नै राख्नु पर्छ है " मैले नि हौस्याए| 

"को वकिल ?" मलाई जिज्ञासा लागेर सोधें | 

फलानो ....( नाम चाही उल्लेख नगर्नु नै बेश होला ) | 

मैले तत्काल हुँदैन भने |

" किन ?? " 

"त्यो क्रिमनल जस्टिसको ज्ञाता हैन, सम्बन्धित वकिल नै हाल्नु पर्छ है , यो संगिन मुद्दा खेलाँची हैन | " 

"हुन्छ सर म यो कुराको बिचार गर्छु |  सर चाहि मेयर साहेबलाई मेरो कुरा पुर्र्याई दिनु पर्र्यो | मेयर साहेबले केही गर्नु सक्नु हुन्छ कि ? " हरिदाईले  हतास आश प्रकट गर्नु भयो | 

" हेर्नुस्  दाई , तपाइँले मयेर साहेबलाई चिन्नु भएकै छ | यस्तो केसमा मेयर साहेबले पोलिटिकल कन्ट्याक्ट युज गर्नु हुन्न | गर्नुस भन्न नि मिल्दैन | तर तपाइको पीडा र दुखेसो चाहि सुनाइ दिन्छु | अरु कसैलाई केही भन्नु छ भने भन्नुस मा भन्दिन्छु | " 

"पर्दैन सर , तपाइँले मलाई हत्यारा न ठानी दिए पुग्छ | " 

त्यतिन्जेल खाजा ट्याम भयो | जेल भित्रको कैदी जेलर साहेबको कहानी त सुन्ने बाँकी छ | खाजा रेडी भएको कृष्णेले जानकारी गराई सकेको थियो | 

जेल भित्रको खाजा, खसी मासु च्युरा , आलु चना तरकारी , टिमूर हाल्या गोलभेडाको अचार | बडा मिठो रहेछ , तीता कुराहरु बीच | 

"लौ जेलर साहेब, तपाइँ को सिङ्गै कहानी सुन्न बाँकी नै छ | खाजा  खाए पछि चुरोसको तलतल लाग्यो | एक खिल्ली तानेर आउछु, जेल भित्र न खानु भएन नि  भन्दै बारी जेल बाहिर निस्केर कसरी पो फेरी छिर्ने हो मिलाई दिनुस न भनें |
 
पुरानो जेलर न ठहरियो | सेन्ट्रीमा बसेको पुलिसहरुलाई अर्डर गर्नु भयो - सर एक छिन को लागीर बाहिर निस्कनु हुन्छ , फेरी ससम्मान मेरो कोठामा पुर्र्याई दिनु नि फेरी | हस साब भन्दै कैदी जेलरलाई स्यालुट मार्दै 

" जाम सर एक छिन बाहिरको हावा खान |"

 पुलिसले पनि मेरो उकुसमुकुस  बुझे जस्तो गरि भन्यो | 

क्रमश: 


 
Posted on 08-01-14 8:34 AM     [Snapshot: 960]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

स्पष्टिकरण 

Nepalilaure जी 

प्रस्तुत जेल यात्रा सत्य तथ्यमा आधारित भए पनि मैले हरि दाइ, जेलर शर्मा , कृष्णे, सानुकाजी आदि सबै काल्पनिक ( परिवर्त्य ) नाम राखेको छु | सक्कली नाम त मेरो आफ्नै राखेको छैन भने मैले अरुको नाम सक्कली राख्न कहाँ सक्छु र ?  लेखकीय धर्म र इमान्दारिता निर्बाह गर्ने सधै प्रयासरत हुन्छु | धन्यबाद | 

 
Posted on 08-01-14 9:18 AM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ>> - यो त मलाई थाहै थिएन .... नयाँ कुरो जानियो ...

<<न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो |>> - नेपाल को छायाँ

अनि होलान नि कति जेल भित्र थुनिएका निर्दोष हरु , षड्यन्त्रको धागोमा बुनिएका कथाहरु ..... अब कति त अदालतमा आफ्नो पालो कुरेर बसेका नि होलान बर्सौं नाभायेनी महिनौ देखि ..... तर जेल घुम्न पाएँ ठुल्दाईको कृपाले .... ल ठुल्दा अर्को नि भाग पढ़ुम.....

- थाहा छैन
 
Posted on 08-01-14 10:00 AM     [Snapshot: 986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ब्रो,
बडो मार्मिक रैछ| देशको न्याय प्रणाली कति टिठ लाग्दो छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि| धन्यबाद सोम|
 
Posted on 08-01-14 10:01 AM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा कथा/कविता/गित/गजलहरु को खडेरी परी रा बेलामा राहुलभाई (दाई) लाई सत्य घटनामा आधारीत नेपाली समाजको एउटा सत्य तर कटु यथार्थ यहाँ राखी दिनु भाको मा धन्यबाद | नेपाल पुलिस कहिले professional हुने होला?
 
Posted on 08-01-14 10:36 AM     [Snapshot: 1073]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरीको भित्रि कोठामा पुग्नु अघि टाउको छोपी दिए पछि आफु भकुण्डो होइञ्छ | लात घुस्सा डन्डी के के हो , एक जना मात्रै हुन्छन र त्यो भित्रि खोठामा ? बन्दुकले हान बरु भन्ने धेरै निकै हुन्छन |
प्रहरीले राखेको भूतको घरमा तर्सिएर भूतलाई छुन पुगिऎछ, भुतले साब यसले हिर्कायो भने पछि पाइएको सौगात हुन् ( एस्तो भोगने अरु पनि भेट्टाइयो ) त्यो ठाउमा पुगे पछि जे जेमा जे जे गर भन्छन गरे पछि मात्र छुटकारा पाइञ्छ | हरिदाई ले किन ठोके ल्याप्चे त्यो त भित्रि कोठा पुग्नेले मात्र जान्दछ | तै पनि सत्य कुरा उनै जानुन ?
 
Posted on 08-01-14 11:04 AM     [Snapshot: 1089]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ कथा घक्चिको लागो,एकै गासमा स-र-र।।।नेपालमा कैले जेल नपसेनी होटेल जस्तो चै हुन्न भन्ने ज्ञान चै थियो।। दायलगहरु एकदम मन पर्‍यो ,एकदम सोलिद,जैलकै बार जसतो,"पुलिसलाई उल्टै कोइशन ??"।।हे हे हे।। नयाँ भागको प्रतिक्षामा,नया नयाँ खुलासा होला जस्तो छ भन्छु म।।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters