[Show all top banners]

waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मेरै जिबन दाउमा थापी झेल गरीछौ (gajal)

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21161 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-06-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एउटा गजल टासेको छु ,अशा छ सुझाब पाउछु

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ


एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ


हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ


बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ


छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ



 
Posted on 03-06-08 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You did a good job.

 


 
Posted on 03-06-08 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nail ta berne ho ra?

 
Posted on 03-07-08 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 SurNaTal 

thanks ,you like it.

gogol

khasi ta maile pani nel dhekeko chahi chhaina tar jaha samma lagchha yo sikri sangai khuttaama lagaichha. anyway thanks for coment.

 


 
Posted on 03-07-08 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ

 

 

.... keep it up


 
Posted on 03-07-08 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WAKA जी ,
गजल राम्रो छ, सबैलाई एउटै धागोमा बाँधे देखुन, नयाँ आउनेले पुरानो देखुन्टी पढ्न पाम्थे । नयाँ धागो गाँस्दै गए, पुरानो हराउँदै जाने हुँदा आगामी रचनालाई एउटा धागो मात्रै प्रयोग गर्नु भए बेस हुन्थ्यो कि साथी । आगे तपाईंको मर्जी !

:-)>


 
Posted on 03-08-08 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka

What I see from your writing is that you are not an ordinary writer.

You have amazing sense of perception.

I envy your style, poise, expressions and command over words. ( I wish I have them)

Suggestion:

Send you ghazals to those sites for wider readership. You deserve.

Keep writing.  


 
Posted on 03-08-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

 

तपाईको प्रतिभाबारे शिरीषको उदगारसंग सहमत छु । परन्तु, तपाईका रचना, जुन अहिले वैधानिक गजल भईसकेका छैनन् (गजलका सर्वमान्य र मुटु मानिने काफिया-रदिफ विधानको पालना गर्नुभएको छैन तपाईले), लाई गजल को दावी सहित प्रकाशित गर्न म शिफारिस गर्दिन ।

 

काफिया-रदिफ विधानबारे तपाई अलि अलमलमा हुनुभएको मानिचु है मैले ।

 

तपाईका अघिल्लो र यो दुबै रचनामा दोहोरो (double) “काफिया (rhyme) को प्रयोग गर्नुभएको छ, जबकि चाहिने चाही एकल (single) काफिया हो । फेरि, शेरमा काफिया को लगत्तै पछिल्तिर रदिफ (refrain) हुनुपर्छ । रदिफ अनिवार्य त होईन, तर आरम्भिक अभ्यासमा यसलाई अनिवार्य नै सम्झी गजल कोर्दा यसमा पारंगत होईन्छ ।

 

त्यसकारण, अहिलेलाई मेरो सल्लाह के छ भने, कम्तीमा रदिफ भएको एउटा गजल लेखेर देखाउनुहोस् । अनि म तपाईलाई उत्तिर्ण मानुँला । त्यतिञ्जेल, तपाई गजलको प्रशिक्षार्थी हो, ग्य्राजुयट होईन ।

 

रदिफ = refrain = repeated words = पुनर्वृतांश

 

उदाहरणको गजलमा निकले भन्ने सबै शेरहरुको अन्त्यमा हुने र अपरिवर्तित शब्द छ नि, हो त्यही हो रदिफ

 

 

हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले

बहुत निकले मेरे अरमाँ, लेकिन फिर भी कम निकले

 

डरे क्यों मेरा कातिल क्या रहेगा उसकी गर्दन पर

वो खून जो चश्म-ऐ-तर से उम्र भर यूं दम-ब-दम निकले

 

निकलना खुल्द से आदम का सुनते आये हैं लेकिन

बहुत बे-आबरू होकर तेरे कूचे से हम निकले

 

मुहब्बत में नहीं है फ़र्क जीने और मरने का

उसी को देख कर जीते हैं जिस काफिर पे दम निकले

 

खुदा के बासते पर्दा ना काबे से उठा जालिम

कहीं ऐसा न हो याँ भी वही काफिर सनम निकले

 

कहाँ मयखाने का दरवाजा 'गालिब' और कहाँ वाइज़

पर इतना जानते हैं, कल वो जाता था के हम निकले

___

 

हवस् त, विधानवद्ध गजल रचनाको लागि शुभकामना सहित,

 

Nepe

 


 
Posted on 03-08-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka and Rahulvai have similar writing pattern regarding kafia and radif:

for e.g.

कुन डाकाको आँखा लाग्यो
खुशी क्षण मै पाखा लाग्यो।

जिन्दगी बन्धकिएको ॠणको
साँवा ब्याजको भाका नाघ्यो।

साइत जुराइ हिडेको मात्र के थिएं
बनचरिले बिरहको भाखा हाल्यो।

झुक्किएर झुक्न बिर्सेछु कि कतै,
छिमेकिले खेतको नाका थुन्यो।

 

- Rahulvai



 
Posted on 03-08-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Double "काफिया" भएको गजल र double "steering wheels" भएको गाडी उस्तै उस्तै हुन्, दुवै प्रशिक्षार्थीहरु (learners) को लागि चल्छ । ;-)

Nepe


 
Posted on 03-08-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी प्रशिक्षार्थीलाई त डबल ब्रेक भा'को गाडी चाहिने होला नि, प्रभो !  

अँ, बरु मेरो अनुभवमा दुइटा स्टीरिङ ह्वील भा'को गाडी र एउटै कुरामा फरक बिचार राख्ने दुइजना गुरु चैँ प्रशिक्षार्थीको लागि फलाम कै चिउरा हुने रे'छ।


 
Posted on 03-08-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Bhaute

If can be co ordinated, it will be a great skill. if not it will be hard to drive or face comments like Nepe's. ( I had similar fate and comments from Nepe which worked out to be advantageous for me). I am sure Waka will benefit too.

Kaam ma chu- I can not down load any thing so no Unicode.

 

 


 
Posted on 03-08-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल वाका मैले त सर्वोत्तम दिए। भर्खर छोटे उत्साद हेरेको क्या, सबै भन्दा ठुलै त्यही सर्वोत्तम रहेछ।

जाओस अरु पनि बाजिहरु!


 
Posted on 03-08-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ishwor ji
तपाईंले भने झै एउटै घगोमा उन्नेछु ,सुजाबको लागी धयबाद

sanokanchha ji
गजल मन पराइ दिनु भएकोमा धन्यवाद

shirish ji
यहाँको सदभाब र मिठो सुझाबले मलाई निकै हौसला दिएको छ ,सधैं सुझाबको आशामा हुनेछु

nepe guru
यहाँकै मार्गदर्शन अनुरुप अघी बढने छु,काफिया -रफिद बिधानमा अहिले तेती अल्मल्लिएको त होइन तर हजुरले नयाँ प्रयोग भन्नु भएको र मलाई पनि अली भिन्न र मिठास बढी भए झै लगेर तेसो  हुँ ,हजुरले भने झै गजलको बिधानमा बाधीएर पक्कै अरु गजल उन्ने छु ,र लाग्छ यसरी लेख्न मलाई अझ सजिलो लाग्छ । यसरी नै हजुरको हौसला र सुझाब मलाई खाचो छ ।

bhaute ji

धन्यवाद ,शिरिशजिले भनेझै यस्ले मलाई पक्कै मद्दत गरेको छ ,

nepalian

thanks for ur sarbottam,

 यहाँले दिनु भएको उपहार मेरो हौसला बढाउने छ ।   


 
Posted on 03-08-08 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एउटा फेरी नेपे गुरुले भनेझै थपेको छु ,
सुझाबअको सधैं झै आशामा पनि छु 

 

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
 
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
 
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
 
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो

होश उडाउने हासो कसैको नासो भएछ अब 
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो 


 
Posted on 03-08-08 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

 

अब तपाईले जानी जानी experimental  गजल लेखेको थाहा पाएको भए अलि कम harsh कमेन्ट लेख्थें कि । एनिवे, खुशि लाग्यो गजल विधानसंग अपरिचित हुनुहुँदो रहेनछ । तपाईको पछिल्लो गजलमा काफिया-रदिफ पूर्ण त छदैछन्, भाव पनि परम्परागत श्रृङ्गारिक लेदोमै चोपिएको अनुभूति हुन्छ गाँठे । एउटा कुरा चाही जरुर भन्न चाहन्छु- यी विषय र भावनाहरु निखारिईसकेका (exhausted) कुराहरु हुन्, त्यसैले तीनमा हात हाल्दा नविनता र मौलिकता देखाउन अत्यन्तै कडा मेहनत गर्नुपर्ने हुन्छ । मेहनत पुगेन भने पाठकहरुलाई ती कतै सुनिईसकेका, कतै पढिईसकेका जस्ता लाग्न पुग्न सक्छन् ।

 

अनि तपाईले आविष्कार गर्नु भएको भनेर जो भने दोहोरो काफियायुक्त गजललाई, त्यसलाई यत्तिकै dismiss गर्न चाहन्न म । त्यो शैलीलाई तपाईले स्थापना गर्न सक्नुभयो भने (भनम् न तपाईले केवल त्यही शैलीमा लेखिएको एउटा स्तरिय गजल संग्रह प्रकाशित गरेर केही followers समेत जम्मा गर्न सक्नु भयो भने) एउटा ठूलै योगदान र भलाई हुनेछ । भलाई चाही के अर्थमा भने वास्तवमा नेपाली भाषा उर्दुको तुलनामा अनुप्रास-न्युन भाषा भएकोले यो त्यति गजल-मैत्री छैन । ५०-६० वटा गजल लेखिसकेपछि अनुप्रास निखारिएको अनुभव हुन्छ । यही कारणले कति गजलकारहरु गजलबाट पलायन भएका छन् । यस्तोमा केही नयाँ वैकल्पिक शैलीद्वारा नेपाली गजललाई जीवित राख्ने मात्र होईन समृद्ध बनाउन सकिन्छ भने त्यो ठूलै योगदान र भलाई भएन त ?

 

रदिफ हटाएर काफियालाई बढाउँदा शाब्दिक स्वतन्त्रता (degree of freedom) बढ्न गई गजल लेखन अलि बढी सहज पनि हुने अनि लयात्मकताको क्षयको पनि क्षतिपूर्ति हुने देखिन्छ । त्यसैले यो शैलीलाई तिलाञ्जली नै चाही दिई नहाल्नुस है भनेर सचेत गराउन खोजेको के मैले ।

 

नि:सन्देह हरेक अभ्यासीले अभ्यासकालमा यस्तो शैलीको पुनर्आविष्कार गर्ने गर्दछन् (हाम्रा राहुलभाईज्यूकै रचना त्यसको प्रमाण हो), तर यसलाई स्थापना गर्ने तर्फ भने शायदै कसैले सोचेको होला । अब सोच्ने कि भन्ने पनि मेरो आग्रह हो । अलिकति आँट, केही मेहनत र पूर्ण प्रतिवद्धता- चाहिने सर्दाम यत्ति हो त्यसको लागि ।

 

Nepe


 
Posted on 03-09-08 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु
हजुरले थपी दिएको उर्जालाई म खेरा जान दिदिन ,कताकता जोश थपिएको छ ,एउटा गजल सङग्रह निकाल्न मन त छ तर गजल कती जती हुन आबस्यक छ र हल म अमेरिकामा छु ,नेपाल नगै प्रकाशन गर्न सकिन्छ कि सकिदैन ,यसको पनि जानकारी पाए हजुरको ऋणी हुनेथिए ।
हजुरको सुझाबको आशामा 
 
Posted on 03-09-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

 

प्रकाशनको लागि अमेरिका त के मंगल ग्रहमा बस्नुहुन्छ भने पनि केही कठीनाई हुने छैन । कठीनाई त मार्केटिङमा हुने रहेछ ।

 

६०-१०० वटा गजल भएपछि एउटा decent संग्रह हुन्छ भन्ने लाग्छ मलाई ।

 

अनि मेरो आसय स्पष्ट अस्पष्ट के कसो भयो कुन्नी, मैले मिश्रित गजल संग्रह (परम्परागत र प्रयोगात्मक दुबै मिसिएको) को कुरा गर्‍या होईन है । कि त शुद्ध परम्परागत गजलको संग्रह, कि त शुद्ध प्रयोगात्मक (दोहोरो काफियावादी) गजल को संग्रह को कुरो गर्‍या नि ।

 

प्रयोगात्मक गजलको अलग्गै संग्रह नै सिर्जना गर्ने प्रतिवद्धता छ भने त्यसमा लगानी गर्नुस्, होईन प्रतिवद्धता चाही छैन भन्नुहुन्छ भने त्यसमा ठूलो लगानी नगर्नुस् ।

 

दुई थरीका गजलमा लगानी गर्नु भनेको एकैचोटी दुईवटी प्रेमिकासंग प्रेमको कारोवार गर्नु सरह हो । क्रिटिकल ट्याममा न यताको न उताको होईन्छ । विचार पुर्‍याउनुहोला ।

 

अब गजल विधानको अर्को अलि enigmatic नियमको कुरा गर्न चाहन्छु । बहर अर्थात् छन्द ।

 

अधिकतम शुद्ध गजल लेख्ने आँट, जाँगर र मनसाय छ भने उर्दु र संस्कृतका परम्परागत छन्दमा लेख्ने प्रयास गर्नुहोस् (नेपालबाट प्रकाशित संग्रह बहरमाला को मोडेलमा)।

 

मनसाय न्यूनतम स्वीकारयोग्य गजल लेख्ने (शिरीष, भउते र मैले यसै गर्ने गरेका छौं) हो भने कम्तिमा, for a given ghazal, समान अक्षरसंख्या वा syllable संख्या भएका पंक्तिहरु भएका शेरहरु लेख्ने बानी बसाल्नुहोला । कुरा के भने एउटा गजलको सम्पूर्ण शेरहरु एउटै लयमा गाउन सकिने हुनपर्छ । लय संगै सम्बन्धित अर्को महत्वपूर्ण कुरा विश्राम (हरफको बिचतिर कतै रोकिने स्थान) हो । शुरुको शेर (मतला) मा जुन लय र विश्राम छ, त्यही लय र विश्राम बाँकी सम्पूर्ण शेरहरुमा हुनुपर्छ ।

 

प्रचलित मात्रा (syllable संख्या) र विश्रामहरु:

 

8+8  (आठौं syllable पछि एक विश्राम भएको जम्मा सोह्र syllables को पंक्ति हुने)

8+6

7+7

8+5

6+6 (or 3+3+3+3)

5+5

5+5+5+5

4+4

 

ल है त, यिनै न्यूनतम (भन्नुपर्‍यो) नियमहरुको पालना गर्दै गजल रचना गर्नुहोस् । तपाईको गजल प्रकाशित गर्ने र गाउनको लागि गायक/संगीतकारहरु बीच हारालुछ हुने स्थिति पैदा गर्ने जिम्मा मेरो भो ।

 

Nepe

 


 
Posted on 03-09-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बहर" (छन्द, meter ) उपर केही टिप्पणी:

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=421&PageNum=15&forum=4&threadid=25330#457405

Nepe


 
Posted on 03-09-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दोहोरो काफियावादी"

आफूलाई त एकोहोरो नि धौ-धौ छ !


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters