[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरी उसको याद आयो

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 28691 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-03-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्यो यार एस.एल.सी कस्तो भो तेरो एक्जाम? मैले बाहिर आउने बित्तिकै सोधे।
के हुने, मेरो त सोलिड भयो यार - जुन जुन कागज खल्तीमा हालेको थियो सबै आन्सर त्यही थियो, आजको दिन त लक्की छ यार मेरो लागि, ऊ दङ थियो। अनी के गर्ने त अब, क्वेश्चन पेपर खल्तीमा हाल्दै सोधे? के गर्ने रे - अब दुई तीन महिना मोज गर्ने नो पढाई नो टेन्सन, चुरोट मुखमा च्यापेर बाल्दै भन्यो मलाई सन्देशले।

सन्देश मेरो एक्दमै मिल्ने साथी। पढाई चाँही खत्तम फेरी एस्त्रा करिकुलर आक्टिभिटिज मा सधैं अगाडि भन्या मतलब हा हु गर्ने, झगडा गर्ने, केटी जिस्काउने, चुरोट खाने, क्लास बँक गर्ने, आदी इत्यादी। अहिले सम्म तीन चार चोटि लभ परेर पनि त्राजिटी परिसक्यो। जाँच जहिले नि म सँगै पर्ने - कसरी भनेदेखी अल्फाबेट अनुसार रोल नम्बर छ अनी कि ऊ अगाडि पर्छ कि त पछाडि। अनी सबै सार्यो मेरो अनी जहिले नि पास। म जस्तो साथी पाउनु पनि पुर्पुरो मा लेखेर आउनु पर्छ के - एकचोटी त एस्तरी सार्यो कि मेरो भन्दा उसको नम्बर बढी भन्या, कस्तो सारेको होला। यो त भयो उसको परिचय, अब ब्याक टु द कन्भर्सेसन --

कहाँ हुन्छ यार, घर बाट बाहिर जान केही काम त चाहियो। दिनदिनै यता जान्छु, उता जान्छु भनेर पठाउदैन मलाई, मैले साँचो कुरा भनिदीएँ उसलाई। मेरो त टेन्सन छैन यार, बाउ घर पुग्नु भन्दा अगाडि पुगे पुग्छ, बाउ कहिले पनि नौ नबजी घर छिर्दैन अनी ८ बजे सम्म पुर्यो भने रिल्याक्स छ मलाई, ऊ धुक्क थियो। तेरो पो रमाइलो छ मेरो त हुँदैन केही उपाए नलाइकन - नत्र त्यही हो जहाँ जानु छ, जे गर्ने छ सबै तैले गर्नु पर्छ, म त केही गर्न सक्दिन, मैले पनि भएको कुरा भन्दे। त्यसो भनेर कहाँ हुन्छ, तिमी भएन भने त बोरै हुन्छ, अनी सिम्रन सँग जवाफ माग्नु पर्छ नि - त्यो चाँही कल्ले माग्छ त।

सिम्रन हाम्रै क्लास मा पढ्छे, ३२ गुण ले युक्त, बिउटी विथ ब्रैन। पढाई पनि राम्रै छ, टप फाइभ भित्र जहिले नि पर्ने, राम्री पनि अत्ती राम्री, भनेर साध्य नै छैन, ठुला ठुला आँखा, कालो कपाल, स्याउ जस्तो गाला, कस्तो मिलेको अनुहार, हेरिरहु जस्तो लाग्ने। जाँचमा ऊ पनि मेरो अगाडि वा पछाडि हुने अनी आफु परियो दयालु अनी एसो देखाइदिन्थे, त्यही भएर पनि होला म सँग ऊ मिल्थ्यो। अरु केटाहरु सँग भन्दा म सँग अली बढी नै बोल्थ्यो, जिस्किन्थ्यो पनि, कहिले काही खान पनि ल्याउथ्यो क्लासमा मैले पकाको एसो टस्ट गर भनेर। राम्री मान्छेले बनाको खाना पनि मिठै हुन्छ नि होइन र। अनी सन्देश म सँगै जहिले नि हुने भएकोले ऊ सँग पनि हाइ हेल्लो हुन्थ्यो।

मनमनै म मनपराउन थालेको थिएँ सिम्रन लाई तर भन्न सकिरहेको थिएन, उसको साथ, समय मनपरिसकेको थियो मलाई, एस्लाई एसरी पनि भन्दा हुन्छ होला --

मनमनै मनपराइ सकेछु
थाहै छैन मनैमा लुकाइसकेछु
अचम्म यो ढोका कोही आइसकेछ
लुकी लुकी नानी हरुले चियाइसकेछ।।।।।

एस्तो हाल थियो मेरो। तर त्यो मोरो सन्देश त यो केटी मलाई मनपर्‍यो यार, मसँग कुरा पनि गर्छ, उसले पनि मन पराइराखेको छ जस्तो छ पो भन्छ बा। मलाई केही थाहा छैन, आइ वान्ट हर गर्छ - उसलाई सिम्रन चाहियो रे, उसकै बउको सम्पत्ती जस्तै। जती सम्झाउदा नि नहुने। एक दिन म सँग प्राइभेट कुरा गर्नु छ भन्थो, के कुरा भनेको त एउटा लोप लेटर लेख्नु पर्‍यो रे सिम्रन को लागि, तिम्रो अक्षर राम्रो छ, तिमी नै लेखिदेउ एउटा प्रेम प्रत्र रे ल भयो त। मान्ने त कुरा आएन नि है - आफ्नै खुट्टा मा बनचरो हान्ने त कुरा भएन। फेरी जिद्दी पनि कती सारो, उसको काम कुरो नगरे सम्म त किचकिच गरिराख्ने। आखिर मा मैले लेख्नै पर्‍यो प्रेम पत्र, आफुले मन पराएको मान्छे लाई अरुको नाम बाट कसरी लेख्ने , धर्म संकट मा परे म।  

क्रमश:

 


 
Posted on 12-03-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा बौचा को कथा आइसकेछ  यता ! हुँदा हुँदा लहरे नि प्रो हुन लागेछ !


 
Posted on 12-03-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाब्बा कस्तो कस्तो कुरा आउनी बौचा लाई ! हरे !

हुन नसकेको प्रेमिका को बारेमा लेख्न लागे जस्तो छ ल ! इन्टेरेस्टिङ ! सिम्रन को ८ नम्बर पर्ने हो कि क्या हो गालामा ! लोल

राम्रो छ ! अरु नि थप है त !


 
Posted on 12-03-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पो रहेछ, लहरे को ब्यथा। अहिले सम्म कुमार भएको करण पनि त्यही हुनु पर्छ। मन पराएका सिम्रनहरु कत्ती लाई सन्देशहरुले उडाइ सके होला। लहरे हेर्‍या हेरै।


राम्रो मात्र होइन इन्टरेस्टिङ पनि छ है। माथि राख्दै गर्नु।


 
Posted on 12-03-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को सिम्रन सँग कसरी अल्फाबेट मिल्यो भनेर सोच्नु पर्ने भो मलाई चै ।
 
Posted on 12-03-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले पनि S.L.C. को जाँच सक्या दिन साथी मार्फत लभ लेटर देया थेम । जवाफ माग्ने आट कहिले नि आएन । खुब One Sided लभ पर्या थियो 10 क्लासमा । मिठो सम्झनाको बहार नाकैमा लयाइदीएकोमा धनयबाद लहरे जि लाई ।
 
Posted on 12-03-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त लहरे लाई फेरी लहरी को याद आएर अर्को कथा लेखेछ भन्या त के हुन्थ्यो, सिम्रन पो रईछ त। जे होस् केटी को मामला मा पछी राइन्च हाम्रो लहरे पनि,

अनी आफुले मन पराको मान्छे लाई नि किन मन मनै मात्रा मन पराको त भन्दिनु पर्थ्यो नि सन्देश लाई सिधै।
ल ल अर्को भाग छिट्टै राख रमाइलो छ्, लेखाइ झन झन राम्रो हुँदै छ लहर बहादुर।

Last edited: 03-Dec-08 03:13 PM

 
Posted on 12-03-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढाई पनि राम्रै छ, टप फाइभ भित्र जहिले नि पर्ने, राम्री पनि अत्ती राम्री, भनेर साध्य नै छैन, ठुला ठुला आँखा, कालो कपाल, स्याउ जस्तो गाला, कस्तो मिलेको अनुहार, हेरिरहु जस्तो लाग्ने

Go lahare go!


 
Posted on 12-03-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जि
कहाँ कुरा आउनु मलाई - भएको कुरा लेख्न नि के को कुरा आउनु। अब हुन सक्ने कि नसक्ने प्रेमी चाँही पछी थाहा हुन्छ, गाला मा के के पर्छ थाहा भै हाल्छ - हतार किन।

ठुल्दाइ जि
लहरे सँग टन्न दु:ख लुकेको छ ठुल्दाइ, नभने को पो त -
गीत गाता हुँ मै, गुन गुनाता हुँ मै - मैने हसने का वादा किया था कभी - इसलिए मै सदा मुस्कुराताहु मै -
यस्तै यस्तै छ ठुल्दाइ मेरो पनि हाल

हर्क बहादुर जि
धेरै सोच्नै पर्दैन - चौतारी मा पो मेरो नाम लहरे - मिलाउने भए पहिला सन्देश अनी स.... अनी सिम्रन। भनेपछी के बुझ्नु भो त

भक्ते जि
हामीले चाँही सक्ने दिन होइन - एस.एल.सी अगाडि नै दिएको अनी जवाफ चाँही एस.एल.सी पछी मात्र आको - मिठो सम्झना नाकै सम्म भएपनी ल्याइदिनसकेको मा म आँफै दंग छु.

बिस्टे जि
जहिले पनि लहरी हुँदैन नि - के गर्ने भन्न मन थियो सकेन - नसके पछी कस्को के लाग्छ।

क्रजी लभ जि
क्रजी ले नै भनेपछी नजाने त कुरै भएन - जाने हो क्रजी जाने हो 

 
Posted on 12-04-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २

के गर्ने त सोच्मा परे। धेरै सोचेपछी एउटा जुक्ती आयो, लेख्न त लेख्ने चिट्ठी तर नाम नराखी कन कसरी भन्दा आफुलाई मनमा लागेको कुरा सबै लेख्ने अनी लास्ट मा तिम्रो लख्ने अनी नाम नलेख्ने। एसै गरे मैले। मलाई थाहा थियो सिम्रनले मेरो ह्यान्डराइटिङ चिन्छ भनेर, चिट्ठी मा नाम नभएपछी जस्ले लेखेको हो उसैको त हुन्छ लेखेको भावना हैन र, अनी त कुरै खत्तम। उसको पनि त्यही नै इच्छा हो भने हाम्रो मिलन हुने चान्स धेरै थियो, एदी होइन भने र केही गरी रिसाइहाल्यो र चिट्ठी सर मिस कहाँ पुग्यो भने सन्देश छदैथियो नि, मैले एती मात्र भने पुगथ्यो कि मैले त्यो चिट्ठी सन्देशले भनेर लेखेको - हो भनेर टाउको हल्लीइहल्थ्यो अनी म बच्ने स्योर थियो। एस्लाई नै भन्छ क्यारे साप भि मरे और लाठी भि ना टुटे। लेखेर उसलाई देखाएँ चिट्ठी, ऊ त जङिन्छ बा, किन नाम नलेखेको भनेर, सम्झाउन टाईम लाग्यो तर सम्झियो। ल त थ्यांक यू है चिट्ठी को लागि भन्दै मेरो हात बाट चिट्ठी खोसेर ल म दिन गएँ है भन्दै दिन गयो। दौडेर कहाँ तिमी जाने, आफ्नो चिट्ठी पनि आँफैले दिने हो, म दिन्छु उसलाई, म भएसम्म तिमीलाई केको फिक्री, आइ विल बि योर पोस्ट म्यान भन्दै उसको हात बाट चिट्ठी लिएर दिन गएँ।

त्यो दिन लकी नै हुनु पर्छ मेरो, सिम्रन एक्लाई बसिरकिथीइ, एही हो मौका भन्दै ऊ भएतिर म पुगे। किन एक्लाई बसिराको मैले कुरा शुरु गरे। त्यसै, अनी खोइ त तिम्रो साथी, आज एकै भनेर सोध्यो। एही मौका हो भन्दै फलाके मैले खै चुरोट खान गाछ क्यारे मैले नि कुरा लाइदे। कस्तो स्कुल मा नि चुरोट खानु पर्ने, अनी मलाई त यो चुरोट खाने मान्छे पटकै मनपर्दैन नि, मैले जे सोचेको थिएँ त्यही भन्यो दंग थिएँ म। अनी तिम्रो "हात मा के त", मेरो हात मा चिट्ठी देखेर सोध्यो उसले।

"चिट्ठी हो", जे हो त्यही भने


ऊ जिस्किएर "लोप लेटर हो कि क्या हो", कसलाई हो भनेर जिस्काउन शुरु गर्‍यो

मैले नि "तिमीलाई नै हो" भनेर भने

ऊ अली सिरियस भएर "के छ यसमा" भनेर सोध्यो

आँफै हेर भनेर मैले चिट्ठी उसको हात मा दिएर मलाई जवाफ देउ है भन्दै त्यहाँ बाट म हिंडे।  

त्यो दिन पछी ऊ सँग कुरा भएन, भोली पल्ट शुक्रबार पनि कुरा भएन - शनिबार आईतवार त्यस्तै हो अनी एकै पल्ट सोमबार। सन्देश चाँही किन जवाफ आएन भनेर किचकिच गरेको गरै - फोन गर भन्या छ, जाउँ घरमै गएर भेटौ भन्या छ। आफुलाई त्यो चार दिन पनि चार बर्ष जस्तो भएको थियो। सोमबार म आँफै गएर सोधे के बिचार  छ भनेर। बिचार  त राम्रै छ, तर पछी भन्दा हुँदैन भनी। पछी किन अहिले भन न भनेर अली कर गरे।  हैन क्या पछी भन्छु नि एस.एल.सी पछी भनी। एस.एल.सी आउन नै एक महिना छ भनेर दिक्क लाग्यो। है है पछी भन्छु है भन्दै ऊ लागि। के गर्ने मैले फेरी एक महिना कुर्नु पर्ने भयो। त्यो कुरा मेरो परम मित्र लाई पनि सुनाएँ, आफ्नै तालले कराउन थालयो ऊ। के ताल को केटी हो, आखिर हो भन्ने नै हो किन पछी भन्नु पर्‍यो र अहिले नै नभनिकन। ताल तालको केटी हुन्छ यो संसारमा। त्यो दिन दिएको लेटर को जवाफको लागि मैले एक महिन १५ दिन कुरे। कसरी कुरे त्यो मलाई मात्र थाहा छ। आज त एस.एल.सी सकेको जवाफ आउने दिन। त्यही भएर हामी बाहिर कुरिरहेकाथियौ। हामी भन्नाले म र सन्देश। सब्देश कराइ नै राखेको थियो 

त्यसो भनेर कहाँ हुन्छ यार, तिमी भएन भने सिम्रन सँग जवाफ कसले माग्छ त। तिमी भएन भने त खत्तम नै हुन्छ, ऊ मेरै आशामा थियो। एक हुल केटीहरु जाँच सकेर बाहिर निस्की, सन्देशले हत्तनपत चुरोट फाल्यो। त्यो हुलमा सिम्रन पनि थि। ऊ मुसुक्क हाँस्दै म तिर आइ।

क्रमश:  


 
Posted on 12-04-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि पहिलो लपको याद आ' जस्तो छ!

हाँसिछिन त सिमरन त, ल बधाई छ! अनि के भनिन् त मुसुक्क हाँस्दै आएर?


 
Posted on 12-04-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेईमान बिहानले आकासमा आज फेरी सिन्दुर छर्यो
अर्कैले सजाएको उस्को त्यो सिउँदो सम्झाएर मर्यो
रहर फेरी आज पनि घाईते भो, तै पनि सहनै पर्यो
उस्को बन्धकी यादले पनि यो जिन्दगीमा गर्नु गर्यो

ल लहरे ब्रो, यस्ता शब्दहरुलाई भाका हालेर गाउने दिन नआओस ट्वाँटको सुरमा। :)


 
Posted on 12-04-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke vannu ni i lope u lahare vanin hola ni ki kaso ? ani sandesh chai murchha ta parena ki hospital nai lagnu paryo? lala bro dammi cha jawos aru pani
 
Posted on 12-04-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaad aaye hallayera bas!

 
Posted on 12-04-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लेख्न त लेख्ने चिट्ठी तर नाम नराखी कन कसरी भन्दा आफुलाई मनमा लागेको कुरा सबै लेख्ने अनी लास्ट मा तिम्रो लख्ने अनी नाम नलेख्ने। एसै गरे मैले। मलाई थाहा थियो सिम्रनले मेरो ह्यान्डराइटिङ चिन्छ भनेर, चिट्ठी मा नाम नभएपछी जस्ले लेखेको हो उसैको त हुन्छ लेखेको भावना हैन र,

बाठो रहेछ बाउचा। लहरीको कथा लेख्दा त आफूलाई कत्ति न सोझो छु जस्तो पार्थ्यो। ल ल, अर्को भाग पेलिहाल।   

 
Posted on 12-04-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bro yad ta aairakhcha ni... but past is past..time chages so should we..may nt match ur content but still...




 
Posted on 12-04-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्देशलाई मित्रता को नाममा बिश्वासघात???

सिम्रन ले प्रस्ताव स्विकार गरिन भने सन्देश लाई के भनेर जवाफ दिने लहरे मार्साप्'?

हो त्यो घटना /दुर्घटना चाडै सुन्न मन लाग्यो ! है त?

वाह  दीप ब्रो वाह !


 
Posted on 12-04-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा लहरे त कम्ता को बाठो रऐन्छ,कस्तो जुक्ती अप्नाएको नि जता बाट पनि सुरक्षित।
लौ मजाले ल्यारे जोडेछौ लौ हाँस्दै आएको सिम्रन को जवाफ के थियो त,छिट्टै राखम लहरे अर्को भाग।
 
Posted on 12-04-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा म त तिमीलाई लहरिको कुन चै याद ले फेरी सतायो भन्ने सोचिराथेँ उस्को त अर्कै कान्ड पो सुरु भईसकेको रहेछ
हेर हेर हेर यो बौचा साथी को नाम मा बिश्वासघात गर्ने तिमी?
अब सिम्रन ले चै लहरे मलाई खास तिम्रो साथी चै मन पर्छ भन्दी भने बौचा पुग्ने होला फेरी स्वयम्भुको टुप्पोमा
राम्रो छ साथी। पढ्दै छु है। धमाधम थप्ने काम गरे हुन्छ तिमी चै
 
Posted on 12-04-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Launa lahare!! k gareko yasto, aafnai saathi lai dhoka ?????

yo lahare ta shakti kapoor jasto Villan ho ki kya ho?

" लहरे को सिम्रन सँग कसरी अल्फाबेट मिल्यो भनेर सोच्नु पर्ने भो मलाई pani"

On top of everything, Yo katha kalpanik ho bhane chhin dami chha la!!  go lahare go


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters