[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 140978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-30-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई को कथा रमाईलो छ।
फिलिपिन्स तिर त खुब् हुँदा रेछन् के gay/lesbo हरु। एक्चोटि म मेरो फिलिपिनो साथी सङ्ग हिँडिरा बेलाँ उस्को लेस्बियन् साथीहरु दुबै जोडी भेट् भो। life मा पहिलो पल्ट कसैले परिचय गराएको मलाई त्यस्तो जोडी सङ्ग, देखिरा सुनिरा भे नि आफै गफ् गाफ् गर्न त कस्तो कस्तो भा थ्यो त्यतिबेला। अनि एउटी चाही अलि केटा जस्तो देखिन्थी। खुब् I love Canada भन्दै थी बिच् बिचा। अनि पछि तिनिहरु सङ्ग छुट्टिएपछि त्यो साथीलाई सोध्या किन तेस्ले तेस्तोबिधि I love Canada गर्या भन्या त, तिनिहरु Canada मा gay/ lesbian marriage legal हुन्छ भनेर मात्र आको रे।
 
Posted on 11-30-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा

सस्पेन्स कथा

अलिकति ending क्लु ता अघिल्लो भागमा दिया हो पुन्टेदाइले.......
 
Posted on 11-30-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Diiiyyyaaammmmm!!! बिचरा रमेश!

Tehi bhayera po Punte dai le khaali Jenny le "bhanyo", "khaayo" etc words lekhnu hudo rahechha... he he he!!

Aba kasari bhanne yo Punte dai ko aafnai kathaa ho bhanera?? bhannai milena ni..!! Bichara hajruko room mate lai bore bhaeko rahechha ni.

That was an excellent story Punte dai.

The way you wrote, it really made me wait for another part to come everytime I finished reading one.

GREAT!!!

:-)

****************************************************************
PS: My unicode converter doesn't work at this time and I cannot wait to write about this story till the converter comes up. Sorry about the roman letters in here. :-)
 
Posted on 11-30-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा बिचरा पुन्ट्स सुड्डा....उउप्स...बिचरा रमेश :)
दाम्मि इन्डिङ गयो :)
 
Posted on 11-30-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dami katha punte dai.
Ek choti ma jatra ma hiddai thiye, euta ekdamai ramri keti le sarai mukh bangayera pachadi farkera heri. K raycha ra testo bhanera maile pani teti tira hereko ta dui jana keta majja la haat samatera hiddai rayechan.
 
Posted on 11-30-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean, what is so special about that
 
Posted on 11-30-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त ओपचारिक रुपमा कथा लेख्ने प्रयास मेरो यो पहिलो थियो। रुचाईदिनु भएकोमा गाम्लेहरुलाई धेरै धेरै धन्यवाद!

कथाको अन्त्य त्यसरी नै छोडिदिंदा अझ रोमान्चक होला भन्ने आशाले अझ चिलाई रहेका औंलाहरुलाई तह लागाएं। तर एउटा "Epilogue" को रुपमा नसमेटिएका भाग तल प्रस्तुत गर्दछु:

*************

छानाबाट खसै झैं अनुभुति, शरीर भित्रका सारा ईन्द्रिय अंगहरु एकै ठाऊँमा गुटमुटिएर मुछिएको जस्तो भान परेको रमैशलाई केहि बोल्न आएन तेतिखेर। तर उनको मनमा एउटा कुरा भने निश्चित थियो: जेन्नीसंगको मित्रता भने कायामै राख्ने थिए ऊनी। जेन्नीको भूमिगत रुपले केहि असर पारेको थिएन ऊनीहरुको मित्रतामा अहिले सम्म, र पार्ने वाला पनि थिएन।

ऊनीहरु Ithaca मा बस्ने भनेको जेन्नीको साथी नै उनको "पार्टनर" या "गर्लफ्रेन्ड" पनि हुन् भन्ने कुरा समेत जेन्नीले लगत्तै जानकारी दिएकी थिईन् रमेशलाई।

घर आएर निस्तब्ध अवस्थामा भए पनि रमेशले सारा कुरा उनका रुममेटहरुलाई सुनाए।

छिल्लेका, उट्प्ट्याङ् रुममेटको ठट्टेऊली टिप्पणी थियो:

मुला यो रमेशैलाई बकाईदा को Thanks Giving Sale लागेछ, लौ! But One, Get One Free!

**************************

:D
 
Posted on 11-30-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte dai,

Buy One Get One Free ho ?
 
Posted on 11-30-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त जोक पो त, यामे! :)
 
Posted on 11-30-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असारै लाग्यो नि सोल्टिनि
खेत बाँझै छ
तिम्रो मया नि सोल्टिनि
मुटु माझै छ
उमेर ढ्ल्क्यो नि सोल्टिनि
बिग्र्यो घरबार
बुढि आमा घरैमा
लौरो सहारा
मात्र तिमी आईदेऊ
सबथोक मै गर्छु
आकाशको जुन तारा
पनि म झार्छु
गुनद्रुक उमाल्छु म मकै फत्काउँछु
ढाँट्या हैन सोल्टिनि मिठो पकाउँछु

फूल फुल्दछ सोल्टिनि
त्यस्ति तिमि छौ
जुन झुल्कन्छ सोल्टिनि
त्यस्ति तिमी छौ
माया बस्यो नि सोल्टिनि
तिम्रो बोलिमा
साह्रै राम्रि देखिन्छौ
गुन्यु चोलिमा
बनिदेऊन जीबनसाथि
जीबन एक्लै भो
सुख दुख बाँड्न हुन्थ्यो
नत्र ब्यर्थै भो
तिमी भए पँधेरिको पानी मै ल्याउँथे
आमा संग तिमी हुन्थ्यौ ढिकि मै कुट्थेँ

 
Posted on 11-30-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो निश पाटलाइ सोल्टिको गज्जब् याद आछ नि हो ।मो त्यो टाइगर हिल्मा सनराइज हेर्दा खेरि येसो छ्यौ म हेरेको त नि हो निश पाटले त क्या सोल्टिको फेस पो त हेर्दै बसेको।
निश पाट क्य सद्दै रोमन्टिक !


 
Posted on 11-30-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रा गाम्मा बबाल हिमपात (यताको हिसाबमा) हुन थाल्यो; अड्डा बाट चाँडै निस्किने भनेर दिउसो एता यसो चियाउन भ्या'को पनि हैन । सबै एकैपल्टमा पढेर सकाईयो। ल पूण्टे दाई, कथा त घच्ची छ है । खतरा सस्पेन्स रख्दिनु भो नि त, हुन त अघिल्लो भाग मा क्लु न दया त हैन, तेतिखेर क्लु जस्तो नै लाएन ।
 
Posted on 11-30-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच न्याम्स ब्रो!
मोइले लेखेको डल्लै गित टाँस्देको ब्रोले फिरि चौतारिमा!

साह्रो मन पर्र्यो हौ मोलाई त यो गित। गित पनि च्वाँक गितमा सोल्टिनि बन्ने पनि च्वाँक :)
 
Posted on 11-30-06 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्म्मामा निश ब्रो, मो मात्र फ्यान भनेको यो गानाको त निश ब्रो पनि । ल निश ब्रो गीत मन परे पनि सोल्तीनएए त मोलाई हो । आबो समि र सोल्टिनि दुबै लिये त हामिलाइ रडिज् हुन्छ नि हौउ ।
 
Posted on 11-30-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढि सिध्याए पुन्टेदा को कथा हा हा हा
बिचरा जोsssssssssर् का झड्का धिssssssssssरे से लगा भएछ!!
हाम्रो पुन्टेदा पनि :D
 
Posted on 11-30-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो कोपिताको शिर्चक छ:-

कस्तो अचम्म!!!

कागत काट्ने बन्चरो त रूख काट्ने कैंची
आहाल बस्यो बाँदर त रूख चढ्यो भैंसी

कमिलाले जाँतो बोक्यो भुसुनाले रिंगायो
समुद्रमा आगो लाग्यो खरले निभायो।

धनियाँबात!

मास्तर्नी दिदीलाई चौतारीमा सहभागी भइदिनुहुन अनुलोध गल्दचू।हामीलाई थाहा च तपाई समिधा होइन भनेर।
 
Posted on 11-30-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरि हिउँ परेर रड्डिज भैसक्यो यहाँ पनि!

आम्मामा गुन्टे सेकेण्ड पार्टको एन्ट्रि :)
 
Posted on 11-30-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा रमेश । ठिकै पर्‍यो कोही नेपाली केटी पभेन्ल जस्तो गेरी जेनी लाइ मन्पराउनु परेको । यस्तै हुन्ची यो जेनी सेनी हरु । :P :Copyright reserved 2006 @आपताउन गाल


कागत काट्ने बन्चरो त रूख काट्ने कैंची
आहाल बस्यो बाँदर त रूख चढ्यो भैंसी ...
: Copyright reserved 2006 @Gunte
 
Posted on 11-30-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त छेल पर्न लागेछ!

कागत काट्नी बञ्चरो त रुख काट्ने कैंची
कुखुराले पाडो पायो, फुल पार्ने भैंसी ।

आज भैंसी कहाँ चर्छ? कर्णालीको तिरमा
पाडो टिपी चिलले लग्यो कुखुरो लड्यो भीरमा ।

 
Posted on 11-30-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबै गाम्लेहरुलाई यो बिर्खै माईलाको!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters