[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 255982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 07-27-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)

दोस्रो र तेस्रो शेर म बाट ठाडै अस्विकार :p । किन भन्नुहोला, दिन, रात र छायाँको संयोजनमा कुनै "अहो !" भन्ने कुरा देखिएन। किन कि दिन-रात भनेको स्वभाविक र routine प्रकृया भयो। त्यसैले "उक्ति-वैचित्र्य" भएन कि। :p ("उक्ति-वैचित्र्य" को अर्थ अझै राम्रो बुझेको त हैन, तैपनि अँध्यारोमा ढुङ्गा हानेको के:-) )

अब पहिलो शेरको कुरा गरम है त। अरु २ को तुलनामा यसमा केही अस्वाभाविक अझ भनम न routine को उल्टो के (खै के भन्छ थाहै भएन), देखियो। स्वभावत: त्यो राम्रो पक्ष भयो। तर शीत्तलको कारण के हो अष्पस्ट भयो। छायाँ आफै पनि शीत्तल हुने भएकोले म अलि अलमलिएँ। बादल-सादल वा अरु क्यै को उपस्थिती जनाउने खालको क्यै छुस्स घुसाउने हो भने गजब हुन्थ्यो कि। :-)

चल्ला भन्दा अण्डा बाठो :p :p :-)

:-)
-भउते
 
Posted on 07-28-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे
ठिक कुरा गर्नुभो शिरीष गुरु, कुरो के भनेनि, खोलाको किनारमा बसेर दुई-चार दिन अरुले
पौडेको देखेर हामफालेको, अब बाँकटे हान्न आउँदैन, तै पनि हात खुट्टा चलाऊँदा कहिलेकाहि
उत्रेको हो, धेरै जसो डुबिन्छ। अभ्यास गर्ने छु....अलि पानी खान नपुगेको हो! :)
*************
बाफ रे "उक्ति-वैचित्र्य" ..सकिएन प्रभु :)
**************
खै कसरि, किन भनेर बयान नभेटे पनि मलाई दोस्रो शेर गजब लाग्यो। रुपको रसस्वादन गर्नलाई चर्को घाममा पोलिनु पर्ने बाध्यता!
 
Posted on 07-28-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पेट-सोचाई (gut feeling भनेको के ) मा "उक्ति वैचित्र्य" को आसय "अस्वाभाविक" वा "नाटकीय" नै चाहि होईन । कुनै स्वाभाविक कुरा किन्तु सामान्यतया नजरमा नपरिहाल्ने वा भनम् न सामान्य मान्छे (यो पनि परिभाष्य कुरो प-यो फेरि) ले नदेख्ने/नसोच्ने कुरा पनि "उक्ति वैचित्र्य" कै कोटीमा पर्दछन् भन्छु म । जे होस्, यो ज्यादा subjective कुरा हो ।

मलाई मन परेको शेर चाहि यो -

शीत्तलमा स्वरुपको ब्याख्या फिक्का
चर्को घामै माग्ने छाया जस्तो चाला


"छाया" ले केवल आफू prominent हुन अरुको सुविधाको वास्ता नगरेर चर्को घाम नै खोज्ने विम्ब मन प-यो ।

*** *** ***

बिर्खेजीले मन पराएको यो शेर मलाई पनि अति मन प-यो ।

जात जनिन स्यालहरुको
एक हुइय्याँ यहाँ काफी छ!

 
Posted on 07-31-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I recycled one of the old ones. The shers that sounded funny to me have been deleted and I added two more shers. "उक्ति वैचित्र्य" ko asar parya just cha malai! He HE

संक्रमण पछि फैलियो, माहामारी एउटा !
नफैलोस् किन? निदान एउटा, बिमारी एउटा !

दिन दिनै दिनेले पनि दिन नसके पछि
हात फैलाई, बाटो पूरै छेक्छ, भिखारी एउटा !

ईखले घाइते, त्यसमाथि रित्तो फर्कनु पर्दा,
बन्दूक तेर्साउछ जो कोहिलाई , शिकारी एउटा !

नबिकेका माल जति बेच्ने चेष्टा गर्दैछ
सबै मान्छेलाई ग्राहकै देख्छ ब्यापारी एउटा !

 
Posted on 07-31-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैं दुनिया के मेयार पे पूरा नहीं उतरा
दुनिया मेरे मेयार पे पूरी नहीं उतरी.
मैं झूठ के दरबार में सच बोल रहा हूँ,
हैरत है कि सर मेरा क़लम क्यों नहीं होता.

मुनव्वर राना
 
Posted on 08-08-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here are two shers of underconstruction of a new ghazal and rest of the shers have not even been perceived yet.


अघि बढ्नेको हूल र ठेलम् ठेलामा
पकेट मारिन्छन् सपना बेला बेलामा

म जस्तै सहभागीहरु सबै मौन !
कसरी पुगेछु मृतकहरुको भेलामा ?

 
Posted on 08-16-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरु तलका दुइटा शेर र तेस्रो शेरमा केहि सुझाव को अपेक्षा गर्छु। साथै पहिला दुई शेर संग तेस्रो शेर कसरि मिलाउने?


,b>हात तिमीले फिराउँदा फर्फराउँदो कपालमा
जीवन्त अनुराग आउँछ यो प्रेमिको हालमा

ऐना हेर्छौ तिमी शायद आफैँलाई भुल्नेगरि
मलाई कतै बोलाउँदैछौ प्रतिबिम्बको तालमा (१)

हिँड्छौ संसार लोभ्याएर लचकताको मदीरामा
बेहोश मलाई गराएर जड्याहाको हालमा (२)

तिम्रो नामको माला जप्दा बुद्धत्व नै बिर्सि सकेँ
अझै मलाई कैद गर्छन आँखा डोरा लालमा (३)
 
Posted on 08-17-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ज्यू,
भाम छ भाम ! लेख्दै जाम

आफ्नो चालू project त्यस्तो weight वाला त निस्किएन तैपनि
यो भन्दा चाहि अघि बढ्न पनि सकिएन ! दिमाग जाम भो !


छिड्की हान्नेहरुको हूल अनि ठेलम् ठेलामा !
अघि बढ्ने खुट्टा भांचिन्छन् बेला बेलामा !

समीक्षक सहभागी सबै सबैका बिरोधी
निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा !

स्याल भैकन बस् हुईयांमै रमाउनु तिमी
नक्कलीलाई ठहरै पार्ला बाघको मेलामा !

मुकुटै त जबरजस्ति अटाएथ्यो टाउकोमा
अरु पगरीको रहरले फसायो झमेलामा !

खुल्लेयाम आ’थ्यो गधा घोडाको तबेलामा
भाग्य छल्र्ने नियतले परे लातको फेलामा !

 
Posted on 08-17-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a modification

स्याल भैकन बस् हुईयांमै रमाउनु पर्थ्यो ,
नक्कली ठम्याई ठहरै पार्यो बाघको मेलामा !

 
Posted on 08-18-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ज्यू, गजब छ ल।

हात तिमीले फिराउँदा फर्फराउँदो कपालमा
जीवन्त अनुराग आउँछ यो प्रेमिको हालमा

उहाँको कपाल साँच्चि नै कमाल थियो जस्तो छ। निकै प्रशंशा सुन्ने मौका पाएको छु। :-)

शिरिष गुरु,

छिड्की हान्नेहरुको हूल अनि ठेलम् ठेलामा !
अघि बढ्ने खुट्टा भांचिन्छन् बेला बेलामा !
सारै मीठो !!

अनि

स्याल भैकन बस् हुईयांमै रमाउनु तिमी
नक्कलीलाई ठहरै पार्ला बाघको मेलामा !


यो नक्कली भन्या कुन परिछे भनेर घोरिइराखेको, तल अर्को संस्करण पढे पछि बुझेँ। :-)

मलाई त

म जस्तै सहभागीहरु सबै मौन !
कसरी पुगेछु मृतकहरुको भेलामा ?

पो सटिक लागेको थियो त ! यसो "ज्याक" लगाएर यसलाई नि खुसुक्क घुसाउन मिल्दैन भन्या। :-)

सबै शेर सारै मीठो लाग्यो।

:-)
-भउते
 
Posted on 08-18-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गुरुहरु!

धुत् मैले त अलि मजाले बुझेको भनेको यो शेर मात्रै हो, गाह्रो पर्र्यो यसपालि

मुकुटै त जबरजस्ति अटाएथ्यो टाउकोमा
अरु पगरीको रहरले फसायो झमेलामा !


अरु शेरहरु यसो अलि अलि बुझे जस्तो लाग्छ :)
 
Posted on 08-23-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सडकमा हुन्जेल डण्डाको पछि लागियो !
सत्ता नपुग्दै भागबण्डाको पछि लागियो !

भाग्य कता छिटो बन्ला जस्तो देख्दथें
सेता काला सबै झण्डाको पछि लागियो !

आसे - पासेको ढाडसले पनि केहि पारेन
ओथ्राले नकोर्लने अण्डाको पछि लागियो !



एउटा शेर आफै थप्नुस है !
मैले अर्को भेटिन काफिया खै !
 
Posted on 08-23-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छन् शेरहरु गुरु!

अर्को एउटा काफिया 'पण्डा' हुनसक्छ, भारततिरका मन्दिरका पूजारीलाई पण्डा भन्छन् हैन र?
 
Posted on 08-23-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'ठण्डा' पनि बाँकी छ गुरु!
 
Posted on 08-23-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु,

म पनि सोच्छु है त :)

बरण्डा (Balcony)
अंशबण्डा (शायद प्रयोग भैसक्यो)
कुसुण्डा ( 'जताततै बरालिएर हिँड्ने' भावमा कहिलेकहि प्रयोग हुन्छ क्यारे)
गुण्डा

खै अरु केहि सोच्न सकिएन...
लु थपौँ गुरु शेरहरु थपौँ :)
 
Posted on 08-23-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि मिलाउन सकिएला नि गुरु, जस्तै

….सिंहदरवारको बरण्डाको पछि लागियो

जावस जावस :)
 
Posted on 08-24-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tahnk You guys.

Let me see how I can incorporate your suggestions.
 
Posted on 08-24-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yar ham kis tarah
tumse sikhwa kare...
Tum to tum hi rahe
Ham magar ham nahi
 
Posted on 08-31-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन मन्दीरमा कहां अप्सरा छन् ?
खण्डहर वरिपरी बरु हराभरा छन् !
 
Posted on 09-01-06 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा प्रयास राख्दैछु, सुझावको अपेक्षामा :)-

तेज आँधि, हावा हुरि, बार तिम्रो बनिदिएँ
फकीर जस्तो मन तर तिमी मेरो भनिदिएँ

दिन, बर्ष, हिसाब‍ किताब सबै मैले भुलेछु
बादल जस्ता केश तिम्रा औँलाले गनिदिएँ

आँखा बाट झर्ने मोती मेरो दिलमा चुहिँदा
साथ दिन अलिकता आफ्नो आँशु पनि दिएँ

सुरा, साकी, धुवाँ कुनै मात अब दिँदैनन्
चंचल तिम्रा दुई नयन करोडौँमा छानिदिएँ

तिमी भेटेँ दोबाटोमा लक्ष मैले भेट्टाइहालेँ
तिम्रो पथको ढुङ्गा फोर्दै बाटो मैले खनिदिएँ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters