[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 136708 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 08-01-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दे छौ मिस्टे? हिजो राति कानमा "बिर्खे" भनेओ सुन्या थेँ, निद्राले भुसुक्कै भइछु। तिम्राँ सुत्ने बेला भ'न र भन्या?कि तिम्रो नि भउतेओ अस्तो " जागे जागे सारा रात, जुरेलि आउवछौ भनेर" भनेओ अस्तो भो?
 
Posted on 08-01-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे मेरो फोटु किन टाँसेको ल हेर सप्पैले चिने अब मलाई। पार्टी के रमाइलो नि भोकै घर फर्के म त नेप्चे त्यस्तो नि पार्टी, केक पनि मैले त सनो टुक्रो मात्र पाए। :(

ए मोरिहरु तिमेरु मेरो मामाले भक्कु खाँदा ताली बजाउनि? बोल्दिन म तिमेरुसित। :( :(
 
Posted on 08-01-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे बुडो भ'छ, शुभकामना दिनै बिर्सिराको।

लु नेप्चे,
फलोस फूलोस कुहिएर नझरोस
गुहुको मुला मौलाए अस्तो मौलाउनु
कुकुर जस्तो नबउलाउनु
लु चिरन्जिवि भएस!
तिनपानेको पन्चामरित खाने भ' भाले बोकेर आम्नु!

****************
हन, तो माथि भेडिओमा नाच्नि हाम्रै सान्नानी हैन र भन्या?
 
Posted on 08-01-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु छ र बिर्खे माइला, कहाँको जुरेली लाई कुर्नु नि यत्तिका राती हुँदाँ! यस्तै छ पर्देसी जीवन क्यार्नी हो यार्, हिजो मिस् ले देको गृहकार्य अर्न लगेको निद्रा लागेर हैरान छ्, तेइ भएर चउपारीमा आएको नि गफ सुन्न, मोरा मोरी हरु हाम्रा भौतेलाई पिटेर तमासा हेर्ने कुरा अर्दै रैचन मैले सुने, काजिलाई तेता तिर नजाउ भन्नु पर्ला!
तिमी क्यार्दै छौ नि आजकाल ?
***********************
हाइ प्रिती हाउ आर यु डुइङ ? (अस्ती मिस् ले सिकाउनु भा' औंरेजिको प्रयोग अरेको क्या;)
*******************************************************************
अनि यि भौते कता मरेछन्?
कि भकुरी सके मोरा हरुले?
हेर तल भौतेका मुहार। मेरी बास्सै नि! पिट्न सम्मन पिटेचन कि क्या हो यि अमृस् पुरी जस्ता पुन्टे दाई ले!

 
Posted on 08-01-06 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए !! ए!! के गर्या हँ तिमुर ?? ल हेर भउते बाबुलाई .. पिटेर रग्त्याम्मै !!!!!.... पर्खन सबलाई फेल गर्दिन्छु, अनि भनौला .......एस मिस!!... । ए! चित्रे चिटो आउ त । हस्पिटल लानुपर्यो ........ के
 
Posted on 08-01-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रे हम्रो भाउते गुरु लै कुट्ने रे?
कुट्न त परै जाओस, हात लाए मात्र पनि पुरै चौतारी हल्लिन्छ नि फेरि ।
:P :P
 
Posted on 08-01-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो!

म हिजो भउतेका घरतिर गा'को थेँ। भउते त उत्तानो परेर काठको मूढो तलमाथि गरिरा'। 'के भओ, सद्दे ज्यानलाई बिनसित्तीमा किन यसरी दु:ख दे'का छौ?' भनेर सोधेँ मैले।

'त्यो पुण्टेसं मेरो फाइट छ मेरो पर्सि गाइजात्राको दिन। त्यै भ'र जिम गरिरा' नि देखिनस्!' यो भउतेलाई के भएछ कुन्नि मलाई पनि हान्नी राँगाका जस्ता आँखा तरेर बोल्यो। पहिला पहिला पुण्टे दाइ भनेर बोलाम्थ्यो, आज त ठाडै पुण्टे भन्यो भने'सी यी दुइटाको जुरेली काण्ड माथिल्लै तहमा पुगेको लख काटें मैले पनि।
भउते रन्क्या' बेलाँ धेरै कुरा गर्नु हुन्न, भर हुन्न यस्ताको भनेर म पनि हिने तेताटी। त्यातिखेरै आईपुगेका भाञ्जा'उ (भाञ्जा बाबु क्या! डल्ली फूपूका छोरा!) लाई उचालेर जिम गर्दैथ्यो' भउते। एकछिन त रमाइलो लागेर भाञ्जा'उ हाँस्दैथे, पछि त आत्तेछन्, रुन थाले। तर पनि भउतेले जिम गर्न छाड्या हैन!

फाइट पर्नी साँच्चै र'च कि भउतेका गफ मात्तै हुन् भनेर बुझ्न पुण्टेदाइको अड्डा (धोबिनिको भट्टी) तिर गइयो। पुण्टे दाइ पनि अगेनाको छेउमा बसेर पियो--र गाईको घ्यू हातखुट्टामा दल्दै सेक्दै थे। भनेपछि फाइट राम्रै पर्नी भो। गाममा यस्तो रमाइलो नभ'को धेरै भो। यसपाला रमाइलो हुनी भो।
 
Posted on 08-01-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-01-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले भाञ्जाउलाई कता ३ कान्ला तल फाल्न बेर छैन पु दाइलाई फाल्ने पराउटिस अर्दा खेरुन् .

***

हाम्रो मिस्टे सिगांपुरे लाउरेको छोरा पो रे'छन्.
हैन, म दशैँमा नेपाल जाँदा खेरुन् पसुम् कि जस्तो मानिचू, ट्याम मिलो भुने.
उस्तै परे गालब पनि सँगै हुन बेर छैन. बरु गुर्मी छ कि बढि?
 
Posted on 08-01-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझ पख भउते पोको बोकेर गोटिवाला पान्डा जुत्ता लार उकालो लाउदै थियो । के ल्याइस ए भउते भनेको त अडरिको दाल र खसिको मासु डाइट पेल्न ल्याको के भन्थ्यो ।
पुन्टे दाइले भेट्ने भए अब भउतेको फाइट !
 
Posted on 08-02-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइन्जो! हाजिर गरिहालुम् भनेर आइलिएको।
खास्सा रोल नं पनि कति हो थाहा भएन। खै चित्रेको लिस्टमा चैं २ लम्बर थ्यो क्यार!
अब देखि रोल नं २ मैले नै लिइदिएँ।

ल, त रोल लम्मर २ ले हाजिर गरो है!

भौतेलाई एक्लो पार्न आँटेका हौ कि क्या हो? ल है, खबरदार! भौतेलाई क्यै भयो भने चाइन्जो हामी पनि चुप बस्नी छैनम्।

नत्र याँ नारा लाइन्छ-
जुरेली कसको ? -- भौतेको।
जुरेली र भौते -- एक दुजेके लिए।

(पुन्टे दाइलाई हेरेर)
येह प्यारका दुश्मन, हाय हाय ---

अनि भौते, सरलेको हाल के छ नि? :)
 
Posted on 08-02-06 4:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो......... पुन्टे दाइले त आफ्नो जेठान्सँग कुरा मिलैसकेछन...... झन मुग्लान जाने टिकस् मिलौनु पर्‍यो भनेर निस्केको ....... बर्बादै भयो नि...... टिकस्मा खतरा कमिसन् खायेर सान्नानि को भट्टिको उधारो तिरौला भनेको (सान्नानि तिम्रो भट्टि भनेको हैन क्या त्यो पल्लो गाम्मा पनि छे क्या एउटि सान्नानि भन्ने मोरि, तिमि त काँ भट्टिवालि हौ र, तिमि त हाम्रो चौतारिको प्यारी सान्न्नानि हौ नि, मिस् को अन्डर् को इस्ट्यान्ड हो कि के हो भन्छन् नि आमृकाने भासा मा हो तेइ भा हो, माइन्ड नगर है)।......आच्या......कुरो काँबाट काँ पुगेछ..........झन्डइ हाजिर अर्न भुलेको, मार्छिन मिस्ले.......... लौ पैला हाजिर् गरि हालौँ

रोल् लम्बर् हन्ड्रेड् वान्................ हाजिर् मिस्

अब् पुन्टे दाइ र भौतेको कुस्तिमा बाजि लौनु पर्यो.......... क्यार्ने भट्टिको पैसा तिरेन भनेर भट्टिवलीको ब्याइ फ्रेन्ले ताकेता गर्या गर्यै छ। बरु पुन्टे दाइ, त्यो मोरोको पनि खुट्टा सुट्टा भाँचिदिनुस् न, सार्है हैरान पार्यो मुर्दाले । तपाइको गुन् तिरौला नि कुनै दिन।

लौ साथी हो बाजी लाउने हैन पुन्टे दाइ र भौतेको भिडन्तमा.........
पुन्टेदाइको एकको तीन्.........
भौतेको एकको पाँच्..........

लौ मौकाको फाइदा उठाइहाल्नुस्.........
बगेको खोला फर्किदैन........
मौका आउँछ पर्खिदैन्.............

(मन्मनै ......... भट्टिको उधारो तिर्ने पैसा त कसो नवन्ला ........ खितितीतिती............. खितितीतिती............. खितितीतिती............. ;-).........)
 
Posted on 08-02-06 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari Ji
Nepali Kabita, Kehi garaun yeslai bachaunalai.
Dhanyabaad
Ek Nepali

 
Posted on 08-02-06 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-06 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo kabita sabai Nepali dajubahini lai

 
Posted on 08-02-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माने = मनेपालीकेतो लु हेर हाम्रो मास्टरनी दिदी को फोटो तासेको । मास्टरनी दिदी स्कुल मा बिरामी छ आउन सक्दिन बनेर आफ्नो खेता साथि हरु बतुलि काम् गर्दै रैच। मस्तेर्नि दिदि त येस्तो अनि हामि कस्तो हुनु त। चोर् त पकदिएछ। अनि भाउते ले कुत्त्ने हुरु लै फैल् पर्दिने रे। मैले त कुत्तिन। खै कस्ले कस्ले कुत्तेका हुन आफु त आखा चिम्लिदै बसेको थिये। मस्तेर्नि दिदि मलै चै फैल् नपर्दिनुस् है पिलिज्।

माने तिम्रो कबित धतै रम्रो लग्यो। फेरि फेरि येस्तै कबित फुरदै गर्नु।

Roll# 6 thuli
hajir miss
 
Posted on 08-02-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानेको कविता राम्रो लाग्यो मलाई पनि।


ठूलु कसरी ठम्याउन सकेकि नि मलाई??!!!!

भउतेलाई कुट्दा तालि बजाउने तिमी हैन ? अहिले आ'र आँखा चिमलेकिथे भनेर हुन्छ?? अरुभन्दा तिमीअलि सानी नै रहिछौके ....सो तिमीलाई एक खुट्किलो तल्लो कक्षामा भर्ना गर्नु पर्ने भो अब....

देख्यौ मैले कसरी मेलोपात र स्कूल गर्न सकेकि रहिछु ..अब देखी तिमी पनिखेतमा ग'र काम गर ...सधै काफल मात्र कति टिप्ने??
बरु सुनत ठूलू काफल टिप्न जाँदा त्यो छ नि चुत्रो अनि करौति( खै नाम त कहिले सुनेको छौ कि छैनौ तिमीले?? :D) पनि मेरो लागि ल्याइदिनु है त ।
 
Posted on 08-02-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ सान्नानि --> हाजिर् मिस

--> हाइ प्रिती हाउ आर यु डुइङ? (अस्ती मिस् ले सिकाउनु भा' औंरेजिको प्रयोग अरेको क्या;)
आम फ्यान थान्कु मिस्टे।

--> त्यो पल्लो गाम्मा पनि छे क्या एउटि सान्नानि भन्ने
ए कुरो तेसो रहेछ ल ठिक छ ग्वाँचे।

मानेको कबितालाई त माने मैले नि, गज्जबको छ।

ठुल्नानी के छ तिम्रो? टिकट किनेउ त?

मिस साच्चै के हो त्यो चुत्रो र करौति भन्या?
 
Posted on 08-02-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मुई! मेरी धोबिनी ‍पुनि मास्टर्नी नानी संगै मेलोपात अर्न जान्छे? राम्रै हो…खेताँ काम अर्दै दुई चार अछेर चिन्ने हुन्छे कि? अनि क्यानाम, मानेले मन हुरुक्कै बनायो तो कविताले!

पिरती!!!!!!!!!!!!!!! अझ सिनेमाको टिकसको कुरो अर्दै छेस्? मेरो पैसोले त जान नपाम्नि बै सको! काँऽर ल्याम्नि हँ सिनेमा हेर्नि पैसो? कि कोई छ तिम्रो नि? हात खुट्टा भाँचिदिन्छु हे फेरि बज्जेको!

बरु, अरु गाँठी कुरो बोली हालाम्…पाको मुन्छे आफू त…रामरी सुनेस सबैले!

यो सालीको कुरोले अर्नु अ-यो। हिजो सम्मुन् त आफू नि जोसेकै हो के रे, भउतेलाई भकुर्न। बल्ल बल्ल आफ्नो ज्यान बचेको बेलाँ, अलिक होस् भएन, अनि जेठानलाई भउते तिर नउक्साई फेरि आफैं माथि आईलाग्ने। घिउ तेल पुनि धसेरै सुत्या हो के रे। अहिले बिहान उठेर हेर्दा पो…मेरिबास्सै! ठुलै रनाको मचि रा’ रे छ गाममा।

भनि हालें नि, आफू त पाको मुन्छे, बेलाँ बुद्धि पुरा’र कुरो सेलाम्न नदिनि हो भुने त पेरि आमाको दुध चुस्न गए भो! अनि त, ब्यान भरि गाँठेर बिचार अरें।

भउते काजी जे भए नि यो गामको पढे लेखेको, सबैको हेर बिचार अर्नि असलै केटो हो। जुरेलीको कुरो नउठुन्जेल त हाम्पुनि जिघ्री नै थेम के रे। अब काँऽर साली बिचाँ आई, अनि त के के भो, के के।

अब चौपारी नै फुट्न थालेसि त मुलाई नि पिर परो। कोई उताको साईड, कोई यताको। कोई रमउनि रे, कोई रुनि रे। जे भएनि बहादुरी बल र ताकताँ होईन, बुद्धि र सिस्टाचाराँ हुन्छ के रे। तेसैले, सबै गामको भलोको लागि मुईले यो कुरोलाई अझ उँदिनऽट रोक्नै परो।

आज खुलेआम् भन्दिन्छु, ल! जुरेली भउते कै भो! जेठानलाई नि बुझाम्ला के रे। जे भए नि लायकै हो केटो भुनेर। सालीलाई नि मनै नपर्ने त काँ हो र भउते फेरि? आफूलाई चाहिए अब देखुन् त पारि गाममा बल्छी हाल्ने हो के रे। आफ्नै ठाम्मा, आफ्नै धेराँ लईन मारेसि आपत मात्रै!

जे होस्, जुरेलीको रामरी ख्याल अर्नु के रे भउते, नत्र फेरि मिलेको कुरो बिग्रेला। बरु, अरु कसैले था’नपाम्ने अरि बेला बेलाँ जाम्ला के रे साढु दाई भाई मिलेर नौतुन्वा तिर लईन मार्न!

लास्टाँ…बरु, सालीले छोरो ब्याउँदा मुख भेनासंग मिल्यो भुने मलाई केई भन्न पाईन्न होई!! अईले नै भन्द्‌या छ! :p
 
Posted on 08-02-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् साचै को हो त्यो चुत्रो र करौती भनेको के हो? तपाईं ले त कहिले नि हामी लाई स्कुला पढानु भयेन । अब हामी लाई कसरी थाहा हुनु? मिस् अस्ति काफल् तिपेर् तपै लै दिदात स्याबासि दिये र् येस् पलो त तिमि राम्रो नम्बेर्ले पास् हुन्चौ भनु हुन्त्यो। तर आज चै कसरि तल्लो कछा मा झार्ने कुरा गर्नु भाको।

सानानी मैले ३ वटा मात्र टिकात किने ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters