[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VII

[Please view other pages to see the rest of the postings. Total posts: 98]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 43501 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-24-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

- http://sajha.com/sajha/html/chautari.cfm
चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५
 
Posted on 01-24-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हान् हान् ! तेरै कम्पुटारको मनिटराँ हान् !
 
Posted on 01-24-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री कृष्ण गोविन्द हरे मुरारे के सुन्नु पर्यो नि हे बाशु देव।
हैन यो चौतरो मा यो क्याम्पुटर कहाँ बाट आयो ? यो गौतमे के कुरा गर्छ । फाइट खेल्ने भए भन नत्र ...... मुखमा हान्दिनु जस्तो।।। कुरा बुझे मारिदिनु
 
Posted on 01-24-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदेशी बूढा, तिमी क्यार्न रिसा'का हौ भन्या तेस्तो?! तिम्ले चिन्या चौतारी भत्केलाजस्तो लागेर गाम्ले आम्नै छाडे, अनि आर्को बनाम्नु परेन त? यो फाइट साइट चाहिँ बेल्का अलिकति बिजुली पानी तुच्च तुच्च पारेपछि लालेलाई रफ्री राखेर खेलम्ला।
 
Posted on 01-24-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए परदेशी ! उतै जाम् हिन अब फाइट् खेल्न ! म छँदै छु नि ! किन पिर मान्चौ ? ल जाम् जाम् उठिहाल !

हे ऽऽ
घर त पोखराऽऽ
तिमरो त मै छु नि मेरो को छ र ? :)

 
Posted on 01-24-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सन्सार को साथी ले खिचेको फोटो यो भत्किन लगेको चौतारा मा तास्देको छु क्यारे मन लागे पड्नु नत्र मलाई के को ट्यास ट्यास

 
Posted on 01-24-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारां गडबड हुन थालो, भौते, सिरे, नेपे, नमे, मुन्द्रे, बेसिथाने, गोतांए, बिर्खे, हर्के, चित्रे सप्पै जम्मा हुन परो, अनि सुद्दा सु्द्दि अरेर दुद को दुद पानि को पानि अराउन परो केटाओ।
यो दुख अरेर बनाको चौतारो। सेउसपियर को नाटक झै बनाम्न त भएननि।
 
Posted on 01-25-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै झटारो मा दुइ दुइटा चौतारो भन्याँ। लौ, झन पालैपालो भारी बिसौन पाइनी भो।
ह न दुइचार दिन तेर्सो आँखा लायो कि गडबड भै हाल्दो र च, बा चौताराँ त। लामाटारे गोताएँ र पोख्रेली गोताएँ झण्डै धम्साधम्सी परेछ।
तेसो नअरम् दम्तरीहो, जे भे नी, दाजुभाइ खलक रे छौ, क्यार्न, ङ्याररर ङ्याररररर ङुररररर ङुररररर हो।
 
Posted on 01-25-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है मेरो पनि नमस्कर चौतरि म
धेरि बर्ख बिदेश बसेर फर्केको
राम किस्ने लाई सम्झन्छौ त होला नि
ल मैले पनि भाका हाले

गाउँ को बाटो लल्तीन नै बालेको
ऐते ले रुइना लाई लगेको
 
Posted on 01-25-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सईँ हुर ! यी हाम्रा पर्देशी दाजुले सारै रहर अरेर चौतारो चिन्न खोजेका रचन के रे। अब
भर्खर परदेशा'ट आ'का मुन्छेको ताल त्यै त हो नि। शुरुमै चौतारोलाई नौतुनाको "रातो-गल्ली"
झैँ माने हुनन् नि। यस्ता मुन्छे भोलि पर्सी जिरा-मसला माग्न काम लाग्छन के।
हाम्रै गाममा भा'को चौतारो भ'सि यसो आम्दा जाँदा २-४वटा ढुङ्गा हालेर
बर-पिपल रोप्नी ठाम सम्म बनाम्नी हो कि झैँ मान्छु के रे मइले त। यत्तिकै असरल्ल
छोड्दा नि जोरी-पारीले के भन्लान झैँ मानेँ के। अब सईँहुरको जो इछ्छा।

:-)
-भउते
 
Posted on 01-25-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलैनी क्यारी औठ्यारो लाइच ! कि यल्लाइ सपैले छोड्दिम् र परदेशी दाजैलाइ नी उतै लैजाम्, कि भने सपैले एउदुइटा छपनी दिनदिनै हालेर उचालम् । यो त वैरी हसाँउनी मत्रै भो ! क्यार्नि होला ? यसका बारेयाँ उतैका चौतारीयाँ बसेर गफ अर्नी हो कि ?
 
presidentofnepal2035
Posted on 01-25-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रामकृश्ने एसपालि को चुनाउ मा भोट हाल्नेकि नहाल्ने। सर्कार हाल भन्छ माउबादी नहाल भन्छ । के गर्ने हो ह ?कस्को कुरा सुन्ने । अस्ति लल्ला घरे माईला मेरो घरमा आएर भोट हल्नु पर्छ है भनेर गाको छ । म त भोट हाल्न जान्छु क्यारे । तिमी के गर्ने नि । अनि गाउँले को राय के छ कुन्नि ?
 
Posted on 01-25-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावी राष्ट्रपतिज्यू, आफू त ज्यान जाला भोट हालिन्न ल जा!
 
Posted on 01-25-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केका भोट मत्रै हाल्नी कुरो अरेका हुन् यी अदच्छे (presendentofnepal2035) ले?

म त पाए सम्म मिअरमै उठ्नी भनेको। बाँचे नि २-४ पैसो देख्न पाइनी, मरे नि ग्वाम्मै पैसो
दिनी रचन के रे। यी याँ हेरम त।

- http://kantipuronline.com/kolnews.php?&nid=63735

बुढीले एउटो मजेत्रो किन्देउ भनेको १० हिउँद हुन लागिसक्यो। किन्दिन सक्याछैन। मरिएछ
भने क्यै न भ' नि बुढीयाको एउटो धोको त पुर्याएर मरिन्छ। एउबार को जिन्दकीमा मर्द भे'र
बुढीको जाबो एउटो रहर नि पुर्याम्न सकिएन भनेर सारै मन खिन्न भा'छ के मेरो त।

:-)
-भउते
 
presidentofnepal2035
Posted on 01-25-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाठे ! गाउँले हरुत निकै पो रिसाए बा । मैले त यसो कुरा खोतलेको पो..... कुरो मा कुरो गर्दा खेरि .. फेरि मेरो नामै "प्रेसिडेन्ट ओफ नेपाल २०३५" भाको मान्छेले त्यो साला कालो पदार्थ को दलालि गर्ने को निर्बाचन मा जान्छ होला त ? कस्तो गुले कुरा गरेको गाउँले ले पनि ।
 
Posted on 01-25-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आँफू सँग जे चिज छ, त्यस्तै कुरो त अर्नु परो नि अदच्छे। अब आफू सँग नभा'को चिज
जस्तो कुरो अरेर मात्र भ'न के रे। के अर्नि त ? :-)
 
Posted on 01-25-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ......
 
Posted on 01-25-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो बेल्का तुच्च तुच्च पारेर परदेशी दाजुसंग कुराको छिनोफानो गरेर आम्नु परो भनेर गामको "लोकल बार" (भट्टी क्या!) तिर झरियो। परदेशी त पहिलाका आर्मी रचन, बुध्दि त अझै उहि ढिँडेनै रच, 'ठोक्नी भनेसी ठोक्नी', रिसासी आँखै देख्दा रैनचन्। म पनि डराको त थिन, आर्मी नभा'नी आजभोलि लोकतन्तर को मसाल जूलूशमा पुलिससंग जुध्दा जुध्दा ज्याद्रो भैसक्या छु। फेरि गाममाथिको डाँडोमा माउवादीको टेरेनिङ पनि अलि अलि देखिएकै
हो केरे।
वारी पारी बसेर आँखा तर्दै ठाडो घाँटी लाइयो के रे, तर रेफ्री बस्न आम्छु भनेको लाले कता मोरेच, आम्दै आएन! तेल्लाई रेफ्रि पो बस्दे भनेको, आफैं फाईट खेल भनेको सुनेच कि क्या हो!
रेफ्री नभे'नी फाईट त पर्नी थ्यो; तर त्यहि बेलाँ भउते, मुन्द्रे, रामकिस्ने, अदाक्षे आएर कुरो मिलाए। परदेशीले एक दुई टेका लगाएर यो चौतारीलाई अलि नहल्लिने बनाए भने सप्पै यतापनि आम्ने कुरो भो। परदेशीले माने। मलाई त झन गज्जब भो! शुर्रिएर फाइट खेल्ने भनिहाले, के हो के हो लाग्या थ्यो! अब आफु दुब्लो पातलो काठीको!

तर एउटा कुरो त भन्नै परो परदेशी दाजुलाई। आर्को पाला'ट तिमी चौतारी हैन चिया पसल चलाउ। गाममा गतिलो चिया पसल एउटै छैन, सप्पै "लोकल खोया बिर्के बार एण्ड रेष्टुरेन्ट" मात्तै छन्। गामका केटहरुका गाला चाउरेका, पुठ्ठा सुकेका त्यै भा'र हो। भरु तो चिया पसलाँ दूध र अण्डा सण्डा पनि बेच्नु। दूधको ठेक्का भउतेलाई दिनु। उस्काँ लैना भुईँसी कहिल्ये टुट्दैनन्।
 
Posted on 01-25-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अब केहि नपाएर चिया पसल पो खोल्नि भन्छ । पोखरा र धरान मा बिल्डिङ ठडएर बस्ने हो आफु त । त्यो नाथे गाउँले को जुठो कप पखालेर बस्छ कोहि ।
 
Posted on 01-25-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न पखाल्न परो जुठो कप? सप्पै पैला धोबिनीकै भट्टीमा पुग्चन के रे। अनि त्याँसी
लर्खराउँदै बाटा माथि र बाटा मुनि अर्दै आम्नी हुन् जम्मै। के जुठो, के चोखो? कल्ले मेसो
पाम्छ र? मेसो पाएछन भने आफै पखाल्छन।
 
Posted on 01-25-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यी परदेसीले फेरि के के अरेचन है । मलाई त थाहा नि भेन के यता फेरि आर्को रैँदलो अरेका छन भनेर ।
आफू त सिधै सिरानको झ्यालाँ गएर चईनी सपभान्दा माथिको चौपारीमा बस्न गाको के ।

ल ल परदेसी, पहिल परथम कुरो आफू निको होउ केरे । के अरे, काप्रो पुनि टाले कि अस्तालकाले, सुई मत्रै
लाईदेर पठाईदिए ।कि दबाई तीतो भओ भनेर भागेका त हईनउ होला केरे ।

यो चौपाराँ अलि सफा रईन्च के, फेरि उ त्यँहाथिम को कसका लादी छेरेचन के, भा पुनि गाम्लेले
बनाको चौपारीमा आम्दै अरम्ला केरे नि त ।

Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters