[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 560870 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-29-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्ठे (हजुरबा) आएन म, यही छु, आज साझामा लास्तै हल्ला खल्ला हुँदैरैछ, सो तेइ हेर्दाइ थिए, काम नि अली अली गर्या जस्तो गर्दैछु। कत्तिले हुसारी सकेछन, आफ्नो त बेला भा छैन। लौ फेरी तारेमाम गरे है, भेरी नाइस गोइङ, कीप इट अप
थोतो हैन है, त्यो त सेतो भएर टल्केको, पेप्सोदेन्त इफेक्त

 
Posted on 01-29-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरे है सबैलाई।


लौ न आँफै नयाँ लाग्न थालिसक्यो यो चौतारीमा  को कस्को मुकुन्डो हो को कस्को? कहाँ बाट सरेछ यस्तो आफ्नो भएको राम्रो अनुहार लुकाएर हुँदो न खाँदोको मुकुन्डो लागाएर आउने रोग


 यो हाम्रै चौतारी त हो नि है? कि अर्कै धागो ले हाम्रो चौतारीको मुकुन्डो लगाएर आयो?


 
Posted on 01-29-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कम्पिटिसन गर्नु नि - ठुल्दाइ डराएर कस्तो - फेरी हार्यो भने फर्साद हुन्छ भनेको हुनाले नगरेको


नत्र कहाँ बाँकी छोड्नु र मैले


अनी हुन्छ क्या मार्ट्साब सदस्य हुन,


अहिले त हात खुट्टा नभाचेनी हुने रे - गालामा पाँच आउँला को दाम भए पुग्छ रे - अब दुइटै गाला देखाइदिने दश आउँला


भइहाल्छ अनी पुगेन र चाहिने भन्दा बढी योग्यता


मार्ट्साब पनि नपन्छिउँ है यसरी - एसो हेर्दा त उपाध्यक्ष तपाईं नै ल - अध्यक्ष दिनु भएन ठुल्दाइ हुन्जेल कि कसो


 
Posted on 01-29-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साची भन्नु पर्दा मलाई यो नेपालीमा लेख्न सार्हो सकस पर्‍यो हौ, मेट्या मेट्एइ गर्न पर्छ, लेख्न खोज्या जस्तो नि हुन्न, के के छुट्टीन्छ छुट्टीन्छ हौ।।।

लौ है dipika जि, तारेमाम मेरा तर्फ बाट, अनी हो भन्या, एस्सै त नयाँ मान्छे आफु, झन मान्छे हरु मुकुन्दो लाएर आउन्दा रछन, चिन्या मान्छे नि नयाँ नयाँ लाग्नी। आफु आफु बनेर आउन्दा कस्का के जानी हो कुन्नी

 
Posted on 01-29-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो दिपिका लोङ टाईम नो सि


व्हेरे यू दिन


म छु यहाँ, म भएसम्म नो टेन्सन


आउन पाछैन मुख लगाउछ - अब नानी देखी लागेको बानी है है है


 
Posted on 01-29-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बौचा ले फेरी किन ढिला भाको भनी सोध्ला। म टिरेनमा हुंदा को चौतारी गफ रिवाइण्ड गरेर सुन्दा ठ्याम्मै 7 मिनेट लाग्यो।



हसुर्‍याइ भाईसकेको होला नै।



तारेमाम दीपिका नानु।
कसै सँग न डराउनु । 
चौतारीबाट न हराउनु । 


 
Posted on 01-29-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नसोध्ने ठुल्दाइ - जहाँ गएपनी, जे गरेपनी -


अब दिनदिनै भाउजुको कुचो खाएर त नसुन्ने मान्छे ले


हाम्रो के सुन्थ्यो


बेकारमा टाईम मात्र बर्बाद


 
Posted on 01-29-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा आउन पाको छैन के के भन्न थालिसक्यो, छुच्चो मुख कहिको
के को नानी देखी लागेको बानी नि, तिमीलाई यो चौतारीमा भेटे  देखी लागेको बानी भनन। त्यस्तो हसिलो मान्छे लाई धुरु धुरु रुवाउने पार्छौ तिमी, अझ कराउने। अस्ती मलाई बिर्सिने बेला भईसक्यो भनेको होइन?  अब चै किन नि म भउन्जेल सम्म नो टेन्सन नि? के भर छ र तिम्रो? भोली नै मैले चिनेको छैन भन्न बेर लगाउदैनौ। आफ्नो भएको अनुहार त घरी घरी मुकुन्डो भित्र लुकाएर हिंड्ने को कुरा पत्याएरै बस्छु होला नि म अब। कत्तिन


मेरो मामा खोइ? मामा भान्जिले खोजिराछु है।


माइला दाई पनि खोइ? न्यस्ह्रो लाग्ने बेला भईसक्यो अब त।


चिप्लु मैले माया मारेकी छैन है। मिले सम्म आएकै छु।



पर्बत्या ज्यु आरामै हुनुहुन्छ?


ठुल्दाइ बुढा को त के कुरा गर्नु, झन ठुलो दाई भनेर आउने बित्तिकै दाई तारेमाम भनेको त, बुढा ले देखेको नदेखेकै पो गरिदिनु भयो


सानु खोइ? कतातिरा हो? मिस दि पनि बिलाउनु भयो?


पुरे स्वागत गरे है। त्यही त मुकुन्डे कै बिगबिगी रहेछ चौतारीमा


अरुहरु को के छ? आरामै होला भन्ने कामना गरेकी छु


 
Posted on 01-29-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्ने त बानी नै त्यस्तो छ त तिम्रो अनी के भन्ने त -


मलाई भेटे देखी भाको रे - लौ दोष जती मलाई - के गरे मैले त्यस्तो - नचाहिने आरोप नलगाउ है


हसिलो मुहार रे - यो जुनी मा देख्न पाइदैन जस्तो छ तिम्रो त्यो हसिलो मुहार - कस्तो अनुहार लाई भन्छ हसिलो भनेर


यस्तो लाई हो - त्यो भने त देख्याछु है धेरै पटक


बिर्सिने बेला भएको त हो नि - आउनु छैन टाईम टाईम मा अनी कहाँ बाट याद हुन्छ त - आएन भने त बिर्सिन्छ भन्नै पर्दैन - तर


जब सम्म मलाई याद हुन्छ तब सम्म नो टेन्सन भनेको - ल अब देखी टाईम टाईम मा आएर याद दिलाई राख्ने है - भन्न त भनी


हाले तर मेरो कुरा सुन्ने मान्छे परेन -


छैन मेरो भर कस्ले छ भनेको छ त त्यो त - ल मेरो भर छैन मेरो केही भन्नु छैन ल मेरो अनुहार नि हेर


अनी कोल्ले भन्यो मैले मुकुन्डो लगाएर आयो भनेर - एस्तो राम्रो अनुहार लाई छोपेर किन आउनु र म - नचाहिने - हल्ला


सुनेर बस अब यो गाउले हरुको - मैले भनेको माने पो हुन्छ - मान्ने जातै होइन - लौ जा त


दुई हप्ता सम्मको डोज अहिले नै ल - अब अर्को सवारि दुई हप्ता पछी मात्र होला नि होइन र -


 
Posted on 01-29-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि दीपिका नानु को नि आँखा हो कि चसमा को पावर पुगेन। मैले कहाँ बेवास्ता गरेको छु र। नानु को भन्दा माथिको धागो पढ्नु त।
 
Posted on 01-29-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न बौचा त कता गयो भनेको त मरी मरी टाईप गरिरारेछ लौ किन पुग्ने नि दुई हप्तालाई साथी? चौतारीमा नै बसो बास होला, फेरी मुखमा माड पनि त लगाउनै पर्‍यो, तिमी जस्तो भाग्यमानी छैन आफु, चौतारी धाइ धाइ तलब पकाउने। काम गरेरै देखाउनु पर्छ, अनी कसरी मिल्छ त दिनका दिन आउनलाई। त्यती हुँदा पनि फुर्सद पाउने बित्तिकै त आएकै छु नि के छ भन्नलाई। बल्ल मिलाएर आयो उस्को बचन नै धेरै सुन्न पर्ने। दिक्कै लाग्ने


ठुल्दाइ, मेरो आँखा तेजिलो छ नि। मैले अस्ती आउँदा ठुल्दाइ तारेमाम भनेको त, केही वास्ता छैन ल। अरु ले गरे पनि लौ भन्नु, आफ्नै ठुल्दाइ ले त्यसो गरेपछी के गर्नु?


ल गए है अब चै। फेरी भेटौँला


 
Posted on 01-29-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गएको मान्छे लाई के भन्ने फेरी - पढ्ने हो कि होइन


तलब नपाकेको जुग भइसक्यो आफ्नु - भाग्यमानी रे - हुन्छ


अब माड लगाउन पाउने कि नपाउने हो भन्ने दिन आउन लागिसक्यो


एस्तो पनि हुदो रैछ, जिन्दगीमा कहिले कहिले 


 
Posted on 01-29-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गल्ती हजार हुन्चन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ म मात्तिएको बेला

अपरान्हको जदौ सबैलाई।

बाउचा, रक्सौलबाट अनेक थरी मकुन्डो ल्याउँछ भन्सार छलेर, अनि मकुन्डो फेरि फेरि चौतारीमा आँउछ, अझ मकुन्डो लगाएर आएको होइन भन्छ।
दीपू, तिमीलाई धेरै दिनको एक मुष्ठ हाइ हेल्लो नमस्कार।
ठुल्दाइ, अड्डा आएपछिको चिलिम ब्रेक भयो त?
पूरे, हरेश खान भएन है नेपालीमा लेख्ने कुरामा चहिँ। जसरी भए पनि शुद्धसँग लेख्नु पर्‍यो। नत्र शंका गर्न थाल्छन् imperfectionist ले perfectionist को मकुन्डो लगाएर आयो भनेर।
पर्वत्या माड्साब, गृह प्रशासन अलि चुस्त पार्नु पर्‍यो। त्यसपछि सदस्यता पनि मिल्छ अनि याइस्याल पनि तह लाग्छ।
रिट्ठे सर, बर्गर र अन्डा ज्यूनार भयो त?            

 
Posted on 01-29-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले तिम्ले लेखिहाल्याउ, म पनि अब सक्दो प्रयास गर्नेछु, नाम नाइ दाउमा हालेपछी त केइ-न-केइ गर्नै पर्‍यो.

आज त लास्तै टैमपास गर्न गार्हो भो, नट मच हप्पेनिङ इन चौतारी एज वेल।

आज शुक्रबार हुनुपर्नी क्या

लौ न एस्सो हल्ला-खल्ला गरुम्न चौतारीमा। सार्है सुन्सान लाग्यो हौ आज त

 
Posted on 01-29-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या हाम्रो चौतारीलाई औशी पुर्णे को रोग लाग्या छ। कहिले बस्न नै ठाम नहुने, कहिले घाम नि न आउने।
 
Posted on 01-29-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ नै १ घण्टा ४९ मिनट हराइदिने अनि शून्य नहोस् त चौतारी? 

 
Posted on 01-29-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन के हुँदै छ एता तिर आज दिन भर गायब भईयो बा,एक हुल त आका रईछन नि,भान्जी नि आर गइसकिछिन।
बाँकी को त पुरे,चिप्ले,र ठुल्दाइ हो त ...
लौ अब बिस्तार बाटो तताउनु पर्ला,चिसो छ् बाटो नि,,
अनी के छ नयाँ नौलो चिप्ले,टेउसस का काउगर्ल हरु के भन्छन त ?

 
Posted on 01-29-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पश्चिम मा घाम अझै बाँकी छ।
आफ्नो त काम अझै बाँकी छ।


कहिले कही यस्तो लाग्छ, साझा मा न छिरेको भए काम ट्याम मै सकिन्थ्यो। तर नशा हो दशा लागे नि छोडिन्न। ट्याम मा न सके पनि सके त भैहाल्यो नि । मखुला?


 
Posted on 01-29-09 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्वाक्क मुँखा हान्नु जस्तो, जम्मै दिन भरी आएछन कराएछन गएछन । कोइ छ दाँया बाँया , छ भने हल्लो है हल्लो ।

 
Posted on 01-29-09 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters