[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 317195 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-28-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीमा स्वर्ण हाजिर्, तारेमाम । खैरे को देश मा कर तिर्ने, फिर्ता लिने मेसोमा अल्झेको, थुक्क, कृक्रेट नि हेर्न बिर्सें छु । जे होस्, लंके को हाल पत्ला छ। काले देशका गोराहरु बलियो देखिन्छ अहिले सम्म।
 
Posted on 03-28-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू, मैले यौटा कथा लेख्न शुरू त गर्या हो तर अगाडि लेख्नै आएन, फुर्यो भने लेखम्ला।

सान्नानी कस्तरी नाचेकी! :D :D ल बधाइ छ।

आयरेहरूले एक गोल गरे नि। गोऽऽऽल :D
 
Posted on 03-28-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु के छ हो?
सानानी बधाई छ तिमीलाइ । लु सबै जना चम चम गरेर हात मा हात मिलाइर नाचुम ।

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ जग्गेको आज धार्द चिला जस्तो छ । वीरखे दाइ ले अगै देखि लौरा खोदै थिए जग्गेको धाद शोझाउनु परो भन्दै भत्भताउदै थिये।
 
Posted on 03-28-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli ra Tiru nacheka...

 
Posted on 03-28-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ स्वर्ण जयन्तीमा मैले नी हजिरी जनाए है। सबैलाई आराम नै होला क्या र। मजाले बसुम, गफ सफ मारुम। सिङों चौतारी आफ्नै ठानुम।
नमस्कार टक्राएं सबैलाई।
सबैको जय् होस्।
 
Posted on 03-28-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, मेरो सबै ठीक छ, तिम्रो नि?

दिमाग चैं चलिरा'छैन, कथा कविता लेख्नै सकिराको हैन स्वर्ण अंकको लागि।

ए जिम्माल बा, नयाँ खेतमा काम कस्तो चल्दैछ?

ल ल नाचुम, सबै जना हातमा हात मिलाउँदै। :)

 
Posted on 03-28-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-28-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सोर्न मउसब रे, न कबिता न कथा, कता गए गाम्लेहरु ? यस्तै हो भने त सोर्न मउसब र अरु बाकी चौतारीहरुमा के फरक भयो र । मउसब त बिशेष मनाउनु पर्छ हैन र ?
मै सुरु गर्छु है त, एउडा चाइन्जो कथा जस्तो लेख्याथे केइ दिन पैला, चौतारीको सोर्न मउसबको उपलक्ष्यमा पस्किने धृस्टता गर्नु परो, भूल चुक लिने दिने ।


त्यो सयको नोट

'काकु मलाई फिफ्टी रुपिज दिनुस् न, आज हाम्रो स्कूलबाट हामीहरु सबैजना जू जाने ।' धेरै बर्ष पछि यसपालि आदि घर गएको बेला एकदिन उसको भतिजाले स्कूल जानु भन्दा पहिला पचास रुपिया माग्यो। आर्यन, उसको भतिजा, उसले नेपाल छोडेर जानु भन्दा दुइ महिना पहिले जन्मेको हो, अहिले त दस बर्षको भइसक्यो, पाँच क्लासमा पढ्छ।

आर्यन जन्मिनु भन्दा केहि दिन पहिले मात्रै आदिको भिसा कन्फर्म भएको थियो। भिसा भन्दा पनि आदिको घरमा नयाँ पाहुनाको आगमन बढि धूमधाम सँग मनाइएको थियो। डेलिभरिको दिन घरमा सबैजना रोमान्चित थिए, हरेक क्षण कसैको प्रतिक्षामा बितीरहेको थियो । आखिरमा त्यो शुभ समय आयो, जतीबेला आदिले बर्षौ देखि राज गरिराखेको ठाँउबाट उसलाइ त्यो नव आगन्तुकले हटाइदियो । प्रकृतिको नियम अनुसार नै रुख ठुलो हुँदै जाँदा पुराना हाँगाहरु माथि हुँदै गएर नयाँ हाँगाहरु तलतिर पलाउँदै गए जस्तै आर्यनको आगमन संगै आदी घरमा सबै भन्दा कान्छो रहेन, अब त आर्यन सबैभन्दा कान्छो भयो ।

आर्यन जन्मिनु भन्दा पहिला नै घरमा नयाँ आगन्तुकको नाम कन्फर्म भईसकेको थियो, छोरी भए आर्या, छोरा भए आर्यन राख्ने भनेर सबै सहमत भइसकेका थिए । आर्यन जन्मेको भोलिपल्ट हस्पिटलमा भेट्न जाँदा आदी एकदमै रोमान्चित थियो । भाउजुले आर्यनलाइ उसको काखमा दिंदा आदीले समाउनै सकेन, त्यो सानो प्राणिलाइ आफ्नो हातले बिझाउला कि भनेर। उसले यसभन्दा पहिला यती सानो बच्चा देखेकै थिएन । आदिले भाउजु कै हातमा हुँदा आफ्नो हातले हल्का छोएको मात्रै थियो आर्यनलाइ र त्यती नै बेला आर्यनले आफ्ना ति साना कोमल हातले आदीको एउटा औंला समाएका थिए । त्यसबेला देखि आदीले सबैलाइ भन्थ्यो, आर्यनले मसँग हस्पिटलमा ह्यान्ड सेक गरेको थियो भनेर ।

केही दिन पछि त आदीले नेपाल छोडेर जानु परीहाल्यो, आर्यनसँग धेरै समय साथ रहन पाएन । आर्यनले पहिलोपल्ट बामे सरेको, पहिलोपल्ट हिंडेको, पहिलोपल्ट केही असपस्ट शब्दहरु उच्चारण गरेको अर्थात आर्यन बढ्दै गएको प्रत्यक्ष रुपमा देख्न पाएन, हुन त घरबाट बेला बेलामा आर्यनका गतीबिधीहरु समेटेर भिडियो क्यसेट र पछि सि. डि. पठाइ रहन्थे । पछि त कहिलेकाँही आर्यनले अरु कसैको सहारामा तोते बोलिमा आदीसँग कुरा पनि गर्थ्यो । बेला बेलामा छुट्टीमा घर जाँदा आदिले आर्यनको लागि धेरै खेलौनाहरु, चकलेट, कपडाहरु लागिदिन्थ्यो । आर्यन अलि बुझ्ने भएपछि आँफै पनि फोनमा कुरा गर्थ्यो र आफुलाइ यसपालिको छुट्टीमा आउँदा ल्याउनु पर्ने सामानहरुको लिस्ट दिन्थ्यो । यस्तै कुनै बेला छुट्टीमा आएको एक दिन हो आर्यनले स्कूल पिकनिक जान आदीसँग पचास रुपैयाँ मागेको ।
'आर्यन आज तिमीहरु पिकनिक जाने रे, किन चाहियो नि फिफ्टी रुपिज ?' आदिले आर्यनलाइ सोध्छ ।

'काकु जूमा आइसक्रिम खाने नि, सबैजना साथीहरुले फिफ्टी फिफ्टी रुपिज ल्याउने भनेका छन आज' आर्यनले पचास रुपैयाँ चाहिनुँको कारण बतायो ।

'मेरो कोठामा मेरो वालेट छ त्यसबाट निकालेर लग न त है, मेरो लुगा सबै भिजेको छ', आदी फूलहरुमा पानी हालीरहेको थियो, आफ्नो लुगा भिजेको हुनाले कोठामा जान नसक्ने कुरा बतायो ।

'हस्' आर्यन दौड्दै भित्र गयो ।

एकछिन मैं आर्यन फेरी दौड्दै बाहिर आयो, 'काकु हजुरको वालेटमा त फिफ्टी रुपिजको नोट नै छैन, हन्ड्रेडको नोटहरु मात्रै छ । म हन्ड्रेड रुपिज लगेर फिफ्टी पछि फिर्ता गर्छु नि हुन्न ?' आर्यनले एउटा सय रुपैयाँको नोट देखाउँदै सोध्यो ।

हुन्छ भन्नको लागि आदिले टाउको घुमाएर हेरेको मात्रै के थियो, आर्यनको हातमा भएको सय रुपैयाँको नोट देखेर हेर्‍या हेर्‍यै भयो ।

---------------------------o-------------------------------

'स्नेहा कस्तो छ तिमिलाइ आज, फिबर कम भयो? थाहा छ आज के भयो कलेजमा?' आदीले आफ्नो सबैभन्दा मिल्ने साथी स्नेहालाइ फोन गर्‍यो । स्नेहा बिरामि भएर केहि दिनदेखि कलेज आइरहेकि थियिनन।

'आज त फिबर छैन, अब दुइ तिन दिनदेखि कलेज आउन सक्छु म। अँ.. के भयो आज कलेजमा?' स्नेहाले सोधिन ।

'आज म मेरो जूलोजिको प्र्याक्टिकल फाइल चेक गराउन गएको, प्रेमा म्यामकोमा, मेरो फाइलको फिगरहरु देखेर प्रेमा म्याम क्या खुशी हुनुभयो, सबै फिगरमा भेरी गुड दिनुभयो । म भन्दा ठीक पछि ज्ञानु पनि आफ्नो फाइल लिएर गएको थियो । प्रेमा म्यामले ज्ञानुलाइ क्या गाली गर्नु भयो, स्कुलमा पढ्ने बच्चाको भन्दा पनि नराम्रो फिगर छ भनेर । आदिको फाइल हेर त कस्तो राम्रो फिगरहरु बनाएको छ, अलिकति टाइम दिएर बनायो भने त राम्रो भईहाल्छ नि! सबै फिगरहरु फेरी बनाउनु भनेर सबै पेजमा रि-ड्र, रि-ड्र लेखीदिनुभयो । हामीहरु त हाँस्दा हाँस्दा बेहाल ।' आदीले भन्यो ।

'तिमी किन जान्ने भएर सबैभन्दा स्ट्रीक्ट प्रेमा म्यामको मा गएको नि, सुनिल सरको मा गएको भए भईहाल्थ्यो नि । तिम्रो फिगरहरुसँग कम्पेयर गरेर बिचरा ज्ञानुले फेरी त्यत्रो धेरै फिगरहरु बनाउनु पर्ने भयो ।' स्नेहाले ज्ञानुप्रती सहनुभुती प्रकट गरिन ।

'अँ जान्छ नि सुनिल सरको मा, सुनिल सरलाइ थाहा छैन कि क्या हो मैले कस्तो फिगरहरु बनाउँछु भनेर । त्यो फिगरहरु हेर्ने बित्तीकै सुनिल सरले थाहा पाइहाल्छ नि मैले बनाएको हैन भनेर, अझ कमेन्टस नि सबै तिमीले नै लेखीदिएकी छौ, सुनिल सरले त मेरो ह्यान्ड राइटीङ पनि चिन्छ अनि फिगरहरु मैले आँफै बनाएको हैन भनेर थाहा पाइहाल्छ नी, अनि ज्ञानुको जस्तै हालत मेरो पनि हुन्थ्यो ।' आदीले सुनिल सरलाइ प्र्याक्टिकाल फाइल चेक नगराउनुको कारण बताउँछ ।

आदी पढाइमा राम्रो भए पनि उसले एकदमै नराम्रो ड्रइङ गर्छ, त्यसैले यसपाली जूलोजीको प्र्याक्टिकलको लागि सबै फिगरहरु स्नेहाले बनाइदिएकी थियिन । हुन त स्नेहाको सब्जेक्ट जूलोजि हैन बोटनी हो, तैपनि आदीको लागि उनले फिगरहरु बनाइ दिइन । स्नेहाको ह्यान्ड राइटीङ र फिगरहरु एकदमै राम्रो छ त्यसैले त प्रेमा म्याम जस्तो स्ट्रीक्ट टिचरले पनि आदीको प्र्याक्टिकल फाइलको तारिफ नगरी रहन सकिनन ।

'कस्तो बदमाश, बिचरा ज्ञानु फसेन त तिमीले गर्दा ?' स्नेहा अझै ज्ञानुप्रती सहानुभुती प्रकट गर्छिन ।

'खुब, मैले भन्या थिए कि क्या हो ज्ञानुलाइ मसँग सँगै प्रेमा म्यामलाइ फाइल चेक गराउनु भनेर, झूर फिगर बनाउने मान्छेले त सुनिल सरलाइ देखाए पनि भइहाल्थ्यो नि, सुनिल सरले जस्तो मा पनि सिग्नेचर त गर्दिहाल्छ नि । बरु ज्ञानुको लागि नि बनाइदेउ न फिगरहरु, बिचराको काम त हल्का हुन्छ' आदी प्रस्टिकरण दिन्छ ।

'बनाउँछु नि सबैको लागि फिगर, अरु केही काम छैन नि मेरो!' स्नेहा रिसाए जस्तो गर्छिन ।

' ए...हैन हैन म त जिस्कीएको मात्रै हो, ज्ञानुले बनाइहाल्छ नि आफ्नो फिगरहरु आँफै, आफ्नो काम त आँफै गर्नुपर्छ नि, सधैं प्यारासाइट भएर काम चल्छ कि क्या हो ।' आदी भन्छ ।

'आफुले चाँही खुब आँफैले फिगरहरु बनाएको जस्तो ।' स्नेहा ब्यङ्ग गर्छिन ।

'अनी के गर्ने त जती गरे पनि राम्रो फिगर नै बनाउन सक्दिन म, एनिवेज थ्यान्क्स है' आदी फिगरहरु बनाइदिएकोमा स्नेहालाइ धन्यवाद दिन्छ ।

'किन थ्यान्क्स् नि जाबो त्यती फिगरहरु बनाउँदा नि, फेरी फ्रेन्डशिपमा नो सरी, नो थ्यान्क्स् भनेको हैन ?' स्नेहा धन्यवाद दिनु पर्दैन भन्छिन ।

'ओ के ओ के, स.... ए हैन, नो सरी नो थ्यान्क्स्' आदिको मुखबाट झन्डै फेरी सरी खुस्केको!

'सुमीको दिदीको बिहे रे हैन अर्को विक, आज सुमीले फोन गरेको थियो दिउँसो' स्नेहा सोध्छिन ।

' ए हो त, बताउनै बिर्सेंछु, सबैले गिफ्टको लागि हन्ड्रेड हन्ड्रेड रुपिज उठाउने भनेको छन । हामीहरु सबै गरेर थर्टी टु जना छौं, सबै मिलेर गिफ्ट दिने रे' आदी बताउँछ ।

'आदी, मेरो सेयरको हन्ड्रेड रुपिज नि तिमी राख्देउ न है, म तिमीलाइ पछि दिन्छु' स्नेहा आग्रह गर्छिन ।

'नो प्रोब्लेम' आदीले स्नेहाको भागको सय रुपैयाँ राखिदिन्छु भन्छ ।

--------------------------o------------------------------------

केही दिनपछि सुमीको दिदीको बिहेमा जाने दिन स्नेहाले आदीलाइ फोन गर्छिन ।

'आदी तिमीहरु को को सँगै जान लागेको सुनिता दिदीको बिहेमा' स्नेहा सोध्छिन ।

' पाटनबाट आउने सबैजना हनुमानथानमा भेट्ने भनेका छन तर म एक्लइ जान्छु होला । मलाई एक्छिन ढिलो हुन्छ जस्तो छ, दादासँग एउटा अर्को भोजमा पनि जानु छ, त्यहाँ पुगेर म डाइरेक्ट्ली आउँछु ।' आदी आफुलाइ ढिलो हुने र एक्लई आउने कुरा बताउँछ ।

'तिमीलाइ कस्तो छ नि आज, तिमी पनि आउने हो ? ' स्नेहालाइ अझै सन्चो नभएको हुनाले आउने कि नआउने भनेर आदिले सोध्छ ।

'अब त ठीक भइसक्यो, रेस्ट मात्रै गरिरा' हो, फिबर त छैन । एकछिनको लागि भए नि आउंछु म पनि, सुनिता दिदीले आँफै फोन गर्नु भएको थियो' स्नेहा आफु पनि आउने कुरा बताउँछिन ।

' म लिन आउँ त तिमीलाइ ?' आदी सोध्छ ।

'हैन पर्दैन, हामीहरु सबैजना केटीहरु सँगै जाने भनेका छौं, स्मृतिको घरमा भेटेर चेन्ज गर्ने अनि सँगै जाने । सारी लगाएर घरबाटै जान त अप्ठ्यारो हुन्छ' स्नेहा साथीहरुसँगै जाने कुरा गर्छिन ।

'ओ के, देन सि यु दियर' आदी त्यही भेट्ने कुरा गर्छ ।

आदी अलि ढिलो पुग्छ, सबैजना साथीहरु पुगीसकेका हुन्छन । ३२ जनाको सिंगै ग्याँङ नै भएको हुनाले खुब रमाइलो गर्छन । केहि समय पछि स्नेहा आदिको नजिक आएर सोध्छिन्, ' आदि तिमि कति बेला जाने हो, मलाइ पनि घरसम्म पुर्‍याइदेउ न है।'

'भइहाल्छ नि स्नेहा, तिमिले जतिबेला भन्छौ त्यतिबेला नै निस्किउँला नि।' आदिले स्नेहालाइ घरसम्म पुर्‍याइदिने कुरा गर्छ।

'हाफ एन आवरमा निस्किने है त।' स्नेहा आधा घन्टामा निस्किने कुरा गर्छिन।

आधा घन्टा पछि अरु धेरै जना साथिहरु सँगै आदि र स्नेहा पनि निस्किन्छन्, आदिले स्नेहालाइ उनको घरसम्म पुर्‍याइदिन्छ। त्यहि बिचमा स्नेहा भोलिदेखि आफु पनि कलेज आउने कुरा बताउँछिन।

भोलीपल्ट कलेजमा स्नेहा आदिलाइ एउटा रातो खाम दिन्छिन । खोलेर हेर्दा त्यसभित्र एउटा हरियो सयको नोट हुन्छ । नोटको दाँया पट्टी हुने सादा खाली भागमा स्नेहाले आफ्नो सुन्दर ह्यान्ड राइटीङमा लेखेकी थिइन, 'थ्यान्क्स् आदी'!

------------------------------o------------------------------

बिगतबाट बर्तमानमा आउँछ आदि, आर्यन अझै सयको नोट समाएर आफ्नो काकुलाइ हेरिरहेको थियो।

'बाबु, त्यो हन्ड्रेड रुपिजको नोट हैन, काकुले तिमिलाइ अर्को हन्ड्रेड रुपिजको नोट दिन्छु नि है!' आदि आर्यनको हातबाट त्यो सयको नोट लिएर आर्यनको हात समाउँदै भित्र जान्छ।

----------------------------------------oo------------------------------
 
Posted on 03-28-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D saannaani !!
la la naachum naachum ani haarn haru laai jisaam hai kataaa gae gwaache ra hari la aba raagaa haina musaa kaatera khaau yayyy :D:D

la mero khaja khane tyaam sakiyo ana gae la

bye bye
 
Posted on 03-28-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम ग्वाँच भए नि कथा त च्वाँक लेख्दो रहेछ । राम्रो प्रस्तुती, राम्रो कथा वस्तु । मैले नि बिगत लाई ब्यूँताउने असफल प्रयास गरें ।
 
Posted on 03-28-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, नाइस स्टोरी!
कथाको 'प्रेमा म्याम' को नाम त सुन्या सुन्या जस्तो लाग्यो नि! यदि तिमी पढ्या कलेज कै रियल 'प्रेमा म्याम' हुन् भने, यौटा कुरा भन्न मन लाग्यो, प्रेमा म्याडमकी छोरी हाम्रो कलेजमा मेरो किलासमेट थिई। :)

ल अरू नि लेख्दै गर, मेरो त दिमाग कछुवा जस्तो चलिरा'छ। :(
 
Posted on 03-28-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त क्या रमाइलो भैरहेको छ । कथा, नाच -गान हरु चल्दै रहेको रहेछ । म नि एक्छिन रमाइलो गरेर बस्नु पर्‍यो ।
 
Posted on 03-28-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सुनौलो मउसब अंकका सबै सहभागीहुरलाई मेरो स्वर्ण-सलाम ! मेरो यो साताभर कामको मिचो छ । अर्को सातमा केही कोसेली बोकेर आम्ला, त्यतिन्जेल यो मउसब समापन भैसकेन भने ।

लौ त दौतरी हो, यो विशेष अंकमा आ-आफ्ना कोसेली (रचना, संस्मरण, anecdotes, प्रतिक्रिया आदि ईत्यादि) बिसाम्दै, पस्कदै जाम ।

नेपे
 
Posted on 03-28-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बासी नै भए नि एउटा सबिता टास्नु पर्‍यो ।

भजन गाउने दलालहरु राष्ट्रीय भए
वतनका लाल हरु अराष्ट्रीय भए

गोलि हान्ने नि मन्त्री भए
चोलि तान्ने नि मन्त्री भए
काला सूचीका सेता भए,

मल खाने झन अति प्रीय भए
वतनका लाल हरु अराष्ट्रीय भए

पत्रकारलाई कुटे,
कलाकार् लाइ चुटे,
सम्सांझमै एफ् एम् लुटे

तै पनि प्रजातन्त्र शब्द राजकीय भए
वतनका लाल हरु अराष्ट्रीय भए
(जन आन्दोलन भाग २ मा टोल गाउँमा वाचित कबिता)
 
Posted on 03-28-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow wonderful spell of fast bowling.
 
Posted on 03-28-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो ठुल्दाइ, अझै जावोस्!

चित्रे, प्रेमा म्यामलाइ मैले चिन्छु तर फर योर काइन्ड इन्फर्मेसन मैले इन्ड्यामा पढेको हो, एस. एल. सि. पछि । प्रेमा म्याम भन्ने म्याडमले मेरो साथीहरुलाइ जुलोजी पढाउँथ्यो, याँ त एउटा नाम राख्नु पर्ने भएको भे'र प्रेमा म्याम राख्देको हो, मलाई थाहा छैन साँचिकै प्रेमा म्याम स्ट्रीक्ट छ कि छैन ।
 
Posted on 03-28-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बोर भो यार ग्वाँचे सोल्टी, म त भ्याउने भो क्या हो भन्ठान्या। ठिकै छ, निराश हुनुपर्ने केही छैन। मेला तेत्तिकै छोडेर हेर्न थालियो, कथा पढ्न नि भ्या छैन भन्या।
 
Posted on 03-28-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त हरि मलिङे ले चार मा चार उडाइदिंदा त जित्छ कि जस्तो लाथ्यो। लन्केहरुको गेम हेर्नै तेइ भेर मजा आम्छ, लास्ट सम्म हिम्मत हार्दैनन, खतरा फाइट् ब्याक दियो आज नि, क्ल्याप्क्ल्याप...! सुपर हारे पनि साला चुक चुक लागेन । !
 
Posted on 03-28-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या, कृक्रेट को असली मजा यो वर्ल्ड कप मा पहिलो चोटि आयो । नत्र प्राय जस्तो खेल् हरु, एक् तर्फि। बल् बल् को गिन्ती होस् न पल् पल् रोमान्चक् होस् न, कृक्रेट् अनि असली कृक्रेट्। बुझ्नेलाई श्रीखण्ड् नबुझ्ने लाई खुर्पा बींड् भन्छन् क्या र।
 
Posted on 03-28-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोल्डेन चौतारी को सेन्चुरी चाइ मैले हन्नु परो।
:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters