सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।
Chautari (Chow-tar-ee) :(World's first and finest
internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।
उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
म त धेरै ढिला भएछु सेन्चुरि हान्न, क्या बोर, केटाहरुले उछिनिसकेछन म बुढोलाइ! बुढो भन्दा जदौ यो बिर्खे_माइलाको भन्न मन लाग्यो, हुन् त नलि खुट्टा नि कट् कट् खाइराछ। के गर्नु बुढेश कालमा कैले के हुन्च कैले के, दिग्दार लागि सको। हरिsssss सरणम्!!!
चित्रे मैले पनि प्रेमा म्यामलाइ देखेको छैन्, उनको नाम सुनेको मात्रै छु। मैले लेखि टोपल्ने टुक्राहरुमा यस्तै देखे सुनेका नामहरु राख्न मन पराउँछु।
को को हुनुहुन्छ हं? ओ हो ग्वाचें ले लेखेको कथा ले सारा पुराना दिन हरु फर्के। मेरो नि जुलोजी बोटनि मा कहिले राम्रो फिगर बनेन :( कति गारो हुन्थ्यो फिगर बनाउन। धेरै कोशिश पछि दुई चार पल्ट अस्कलमा जुलोजीका रामेश्वर सरबाट एक्सलेन्ट पाइयो बस्। नेप्चे, चित्रे, हरि, ग्वाचें अरु सबै के के गर्दै हुनुहुन्छ? कुम्ले नी टुप्लुक्क आई हिंडेछ।
"स्वर्णिम" नाम सुन्दा त कोई रहरै लाग्दी तरुणी हुन् कि भुनेर आङ् नै सिरिङ्ग भो, ज्यानै जिरिङ्ग भो् धोबिनी तिर नजर लाउँदा हुँदो, आँखै फुट्ला जस्तो!
अझ, "जयन्ती" रे! भो त अब? "स्वर्णिम जयन्ती" काईंली र ठाईंली बनाम्ने सपनाले धोबिनीको रउसि नि पानी सरह लाग्न था'लो। "तेई च्यात्त्याऽऽऽ पेटीकोटैं बेरिएर मर भो" भुनेर सरापें कठै धोबिनीलाई!
खै को हो स्वर्णिम? कता छे जयन्ती? देखाओ यो बुढोलाई! जिम्मालेले भने जस्तो काठ हालेओ मुला भन्दा नि फलामे छड कोच्या मोजा जस्तो भा' छ के रे यो कलिलै बुढेसकालाँ नि!
हो त दादाले भने जस्तो पो भयो, ल राजाको जन्मउत्सब मनाउन छोडिदिम । मैले कुनै बेला दिमाग मन्थन गरेको टुक्रो ल्याको छु , पुरानो भएनि अर्थपुर्ण छ ।
“साइबर” शब्द प्राय नेपाली इन्टरनेटका साइटहरुमा देखिरहन्छ । मलाइ यो शब्द सधै अपुरो लाग्थ्यो । तलको कान्तिपुर कटिगंमा पनि साइबर शब्द शिर्षकमा नै रहेछ। अब चाहि सारै झकझकायो मलाइ त्यो शब्दले । त्यस पछि यसको माने हेर्न आफु संग भएको पुरानो लंगमेन शब्दकोश पल्टाए । त्यसमा त यसको माने नै रहनेछ। ल भयो अब ? त्यसपछि मेरो कम्पिट्युरको कुनामा झुन्डिएको “ www.dictionary.com” को लिकंमा माउस थिचे । त्यसमा पनि साइबर शब्द “cybernetic” संग जोडिएको बाहेक केहि देखाएन । झन तेइ साइटको “Thesaurus”मा त साइबर शब्दनै छैन पो भन्छ । कस्तो शब्द कान्तिपुरले राखेछ, नेपाली त पक्कै होइन ? अब चाहि मलाइ पक्का भयो साइबर शब्द अपुरो नै हो । “साइबर” उपसर्ग बनेर “cybernetics “ मा आएको रहेछ जस्को माने हो “समाहिलिएको यन्त्र वा दिमागबाट बैज्ञानिक तरिकाले खबर आदान प्रदान हुनु (The scientific study of the way in which information is moved about and controlled in machines, the brain, and the nervous system.)” । तेही “cybernetics”बाट “cyberspace ” बनेछ जसको माने हो “सुसाकंकिय संजालमा बिध्धुतिय माध्यमबाट सिधा संबाद हुनु” (The electronic medium of computer networks, in which online communication takes place.)“। अब त प्रष्ट भयो साइबर शब्द होइन कि यो एउटा “उपसर्ग “ हो । भने पछि अब राम्रो संग अर्थिन माथिको कान्तिपुर मा “साइबर” सित “पसल” पनि जोड्नु पर्ने भयो । कसैले साइबर मात्र भन्छ भने पक्का पनि त्यो अपुरो शब्द भयो।
:) शुभ-प्रभात!! नमस्ते अरे है मुइले नि । खै त? सप्पै जो थला परेचन के रे । मउसुव भुनेओ त्यो के जाती राजा हो र भुन्या। यो र हाम्रो चौतारी मउसुव पो त लऔ आओ सप्पै । कता कता पोको परेर राख्यार'च ।आज पो पुराना तुराना जिनिस हेर्दै जादा पो भेटे के रे। अनि मुलाइ नि १२ वर्ष पुरानओ टुक्रो टाँस्न मुनलाओ के । नहास्नु है हउरहुर :) :)
शुभ-कामना
सुषुप्त चाहानाभरि अतृप्त कामनाभरि दिगो अनुराग बनेर, सुनसान गोरेटोमा स्तब्ध यात्रामा मधुर अवाज बनेर, अनिस्चित पाइलामा गन्तब्यरहित यात्रामा अमिट -अखण्ड पदचाप बनेर, मेरो जिन्दगीमा अपार खुशी, र, हरेक सपनामा बिहानीको सुनौलो घाम जस्तै सुटुक्क उदयमान ‘जीवन’ तलाई मेरो लाख लाख सलाम छ हत्केलाको रातो रंग यो पल,यो क्षण, अनि यो समर्पन साक्षी , तलाई मेरो लाख लाख शुभ-कामना छ।
हेर्दा हेर्दै स्वर्न जयन्ती पनि आएछ । अस्ति भर्खर जस्तो लाम्तो, चौतारीमा खुसुक्क छिरेर, कुनामा थोत्रो चप्पल ओछ्याएर गाउँल्या गन्थन सुन्न बसेको । चौतारीमा रम्दा रम्दा आफ्नो घर परिवारलाइ पनि भुलाउने आत्मियता र माया दिएको छ चौतारीले । चौतारी फलोस् फुलोस्, यो सदाबहार होस् ।
हैन आज नाती नातीनिहरु कता अन्मरिएछन्, झोल भरी पुष्टकारी बोकेर आको । कोहि पनि देखिदैनन्, कता लागेछन् ?
छन् छन् यतै छन् । जिम्बाल बा हजुर पनि कस्तो आँखै नदेख्ने हुनु भएको । अलि बढि हरियो साग सब्जी खान पर्यो ।
पर्यो पर्यो यसपाली त पुन्टेदाइलाइ त्यो के जाती लोट्टो पर्यो रे नि । हाम्रो नमेलाइ पनि परेछ । तेहि चिट्ठाको पैसो मध्धे केहि चौतारीमा लगानी गर्या छन् र पो चौतारी यति राम्रो बनेको छ त । नत्र हामी मात्रैले कहाँबाट हनाउन सक्नु र ?
सक्नु हुन्छ किन नसक्ने हो ? हाम्री मिस कति तगडा हुनुहुन्छ । त्यो जाबो के जातीले जिस्काउँदैमा छोड्नेहो र ? कुकुर बिराला जस्ता पुन्टेदाइ र भौते देखि नेपे दाजी, दादा बुरो सबैलाइ तह लाउन सक्ने मिसले त्यो जाबो के जातीलाइ पनि तह लाउन सकिहाल्नुहुन्छ नि ।
नियमापत्ती नियमापत्ती कति त्यो किरकेतीको मात्रै कुरा गर्ने हो, हामीलाइ त कसैले बालै दिन छोड्योबा । हैन आजकाल त्यो निशे बज्या पनि देखिँदैन । कहाँ गकोहोला डिङ्गो बजाउदै ? बसाइ सर्ने कुरो गर्दै थियो, बसाइ सरेछ कि क्या हो ?
हो हो ल यसपाली त्यो किरकेती ता पक्का पनि अष्ट्रेलियाले नै जित्छ ल । गामका सबै महिला टोली लाग्याछन् त्यसको सपोर्ट गर्न ।
सपोर्ट ता गर्नै पर्यो नि । कस्तो राम्रो राम्रो सस्पेन्स कथाहरु पस्किन्छन् गालबले चौतारीमा । अझ अस्ती स्वास्थानी ब्रतको बेलामा नियमित स्वास्थानी बाचन गरेक हुनाले हामीले उनलाइ बाचन शिरोमणि भन्या हो नि। कस्तो थाहा नभको ?
को ? को ? कहाँ कहाँ बस्छन् ? के के गर्छन् ? भन्ने कुरो त्यो चित्रेले त ठ्याक्कै पर्छ भन्या । कस्तो सम्झन सक्या हो ?
हो हो तेहि हरि क्या कन्नान डाँडा तिरको । कसैको घरमा कुखुरा, खसि, बाख्रा देख्नै हुन्दैन भन्या । उसले थाहा पायो कि गायब हुन्छ ।
गायब त अचम्मै सङ्ग गायब भए भन्या । त्यो दीप दाइ कसरी गयब हुन सक्या हुन् ? त्यो बाङ्ग्या कथा पढे पछि कैले तेस्तो कथा आउला भनेर चौतारी खोल्यो आउदै आउदैन बा । कति कुर्नु हो खै । कुर्दा कुर्दा सारै थकाइ नै लाग्ने भो ।
भो भो त्यो भौतेको के कुर गर्नु खै । कम्तिको मापाको रहेछ र त्यो । खाली त्यो पुन्टेदाइको साली तिर लागेर हैरानै पारेछ नि बिचरा ति पुन्टेदाइ लाइ । रातभरी सुत्न पाउँदैनन् रे ति पुन्टेदाइ । घरमा हुर्के बढेकि साली आँखा झ्याप पार्यो कि त भौतीको शरणमा पुगिहाल्दि रहिछन् ।
छन् छन् नि हाम्रो चौतारीमा नेपे दाइ पनि छन्, रहुल दाइ पनि छन् । नेपे दाइ चै बेला बेला झुल्किन्छन्, एक दुइ लाइन लेख्छन् अनि गाएबै हुन्छन् । राहुल दाइ त चिलिमको तलमा झ्याप । तेहि झ्यापको तालमा बेला बेलामा कबिता सबिता फुराउँछन् । आजकाल अलि कम भाको छ खोइ के हो के हो ?
हो हो त्यहि ग्वाचे क्या । खाली बकाइनो अचार खाने भनेर हैरान नै पारि सक्यो । ए बाबा खान हुदैन अरे भन्ने थाहा पाएपछि पनि कति मरिहत्ते गर्या हो ? मरिहत्ते गरेर हैरान गरिसक्यो ।
के सक्नु र खै ? पुन्टेदाइले तह लाउन् सक्ने छाँट देख्दिन । कम्तको मापाको रैछिन् र तिनकि साली पनि । कतिखेर आँखा छलम हुँदोरहेछ तिनलाइ पनि । हैन मैले बुझ्न नसक्या कुरो, त्यस्तो अर्नी भेसि के त्यो हुर्क्या बढ्या सालीलाइ डोकोले थुनेर राख्न खोज्या होलान् ? छाडिदिनु नि भौते र जुरेली मिलेर घरजम गरेर बसिहाल्छन् नि ।
घरजम त गरिहाल्यो नि त्यो कुम्लेले । खै कसैलाइ निम्तो पनि दिएको हैन । सुटुक्क गएर लिएर आएछ । भोज खुवाउने त नामै लिदैन । त्यसले भोज भतेर गर्दैन भनेर मैले पनिल्यै नै भन्या थे कि थिइन ? देखिस् त ?
देखेँ देखीँ हाम्रै चौतारी का हैनन् र ? तिरु, प्रिटी, ठुली जस्ता छन् । मोरीहरु कत्तिनै सारीमा ठाँट्टिएर हिड्न पर्या । बेला यिनिहरुकै छ । गर्नु रमाइलो गर्या छन् ।
छन् छन् दादाका घरतिर लटरम्मै पैयुं फुल्याछन् रे । के गर्नु र खै हामी त हिउँका थुप्रामा परेम् । कैले हो रमाइलो हुने कैले हो त्यो पैयुं फुल्या जस्तो रंगीचंगी रमाइलो हुने ?
हुन्छ हुन्छ त्यो मिस्टे सङ बेला बेला भेट हुन्छ। खुब सहयोग गर्छ । अस्ति भर्खरै पनि गफ गाफ भाथ्यो । ए हो र?
हो त नि ।
राम्चन्द्रे त हाम्रै छिमेकि पो रहेछ त । बिजुली पत्र लेखम्ला भनेको पनि मिलेको छैन ।
बल्ल ग्वाँचेको कथा पढी सिध्ध्याएँ। एकदम राम्रो छ। हरीले भन्या जस्तो सय रुप्याँ त कहिँ नि देखा परेन तर बिगत चाहि सम्झायो कथाले। रमाईलो भयो। ठुल्दाई र मिसको कबिता नि राम्रो छ।
यामेको गन्थन् ले हँसायो। को सँग गर्या नि गन्थन् चाहीँ? कुम्ले ले चाहीँ अत्ति गर्या हो के, हाम्लाई निम्ता सिम्ता केहि नदिएर। कुम्लिनीको फोटो नि देखा हैन, बोरै गर्नि के :P
ल म नि थकाई मार्छु, ल क-कस्ले मउसबको लागि केहि लेख्या छैन लेखम् है, हामी पढ्न तयार छम्।
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.