[Show all top banners]

atomic
Replies to this thread:

More by atomic
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dash97
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 yo aati bho!! ma_chi_K MAOBADI HARU
[VIEWED 6912 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, (महानगर)। बाराबाट अपहरित पत्रकार वीरेन्द्र साहलाई अपहरणकारी माओवादीले जिउँदै खाल्डोमा हाली हत्या गरेको खुलासा गरेपछि आज प्रहरीले उनको शव खोज्ने प्रयास सुरु गरेको छ।

बाराको पिपरा बजारबाट असोज १८ गते अपहरण गरिएका पत्रकार वीरेन्द्र साहलाई अपहरणकारीले निर्मम कुटपिट गरी सोही दिन रतनपुरीको जङ्गलमा लगी जिउँदै गाडेर हत्या गरेको खुलासा भएको छ।

पत्रकार साहको अपहरणमा संलग्न माओवादी लालबहादुर चौधरी, कुन्दन फौज्दार, हरेराम कटवाल, इकवाल सहनीले हिजो भारतको रक्सौलमा वीरगन्जका पत्रकारलाई बोलाएर हत्याको खुलासा गरेका हुन्।

बाराको क्षेत्र नं. ४ का विघटित जनसरकार प्रमुख लालबहादुर चौधरी र कुन्दन फौज्दारले पार्टीको निर्देशनबमोजिम पत्रकार साहलाई अपहरण गरी सफाया गरिएको बताएका छन्।

चौधरी र फौज्दारले पत्रकार साहको घाँटीको सिक्री, औँठी र ब्याग थुतेर हत्या गरिएको विवरण दिए पनि उनीहरूको सो विवरण भने झुठ्ठा भएको पत्रकारले बताएका छन्। किनकि पत्रकार साहले सिक्री र औँठी लगाउने गरेका थिएनन्।

साहको अपहरण र हत्यापछि उत्पन्न परिस्थितिका कारण आफूहरू भारतमा आएर लुकेको खुलासा पनि उनीहरूले गरेका छन्। साथै फौज्दारले पत्रकार साहलाई बारा सपहीका एक व्यापारीको निर्देशनमा हत्या गरिएको पनि बताएका छन्।

यसैबीच पत्रकार साहको हत्याको खुलासापछि बारा निजगढका प्रहरीले आज रतनपुरीको जङ्गलमा व्यापक खोजतलास गर्ने भएका छन्। बाराका स्थानीय पत्रकारलाई समेत साथै लिएर प्रहरीले पत्रकार साहको खोजी गर्ने तयारी गरिरहेको बाराबाट महानगर संवाददाताले जनाएका छन्।

यसैबीच पत्रकार साह अपहरण भएको एक महिना बितिसक्दा पनि चुपचाप बसेको नेपाल प्रहरीले आज बिहान प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गरी पत्रकार साह अपहरणमा परेको खुलासा गरेको छ।
 
Posted on 11-06-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गर विरेन्द्र

Date November 6, 2007

यस्तै हो विरेन्द्र  । यहां शक्तिको पुजा हुन्छ । तिमि हामी निरिह छौ । हामीसंग हुने भनेको त्यही कलम हो । हामी त्यही कलमको बलमा परिवर्तनको सपना बोकेर हिड्ने पेशाधर्मी हौं । तर यहां परिवर्तन कलमको टुप्पाले हैन बन्दुकको नालले ल्याउछ भन्नेहरुको बोलाबाल छ । तिमि त्यही मुर्खहरुको सिकार बन्यौं । तिमिलाई गुमाउंदा तिम्रा सहकर्मी सबैको मन रोएको छ । जिल्ला जिल्लाका साथिहरु स्वस्फुर्त रुपमा सडकमा उत्रिएका छन् । तिम्रो हत्यो विरोध गरिरहेका छन् र हत्याराको खोजी गरिरहेका छन् ।

सबैको मन आन्दोलीत छ । यस्तो लागिरहेको छ अब यो कलम भाचेर बन्दुकपो समाउन जाने होकि भन्ने विचारमा समेत पुगेका छन् तिम्रा सहकर्मीहरु ।

बन्धु गुमाउंदाको पिडा हाम्रा लागि यो नै पहिलो हैन । १९ दिने जनआन्दोलनका सकि्रय भएर जुन राजनीतिक शक्तिका लागि तिमिले अनी हामीले शान्तिपुर्ण बाटोको निर्माण गरिदिएका थियौं आज त्यही शक्ति हाम्रा लागि काल बनेर आएको छ । शान्तिपुर्ण राजनीतिमा आएर असल नेता बन्छन् कि भनेको यमराजको रुप धारण गर्दै हाम्रा सहपेशाकर्मी साथिहरुको इहलीला समाप्त गर्दैछन् ।

तिमिसंग कलम थियो ति पापीहरुसंग बन्दुक थियो । त्यो बेलामा तिम्रा कलमले बन्दुको नालवाट छुटेको गोलि रोक्न सकेन । यो गोलिपनि कस्तो निष्ठुरी र दास हुन्छ है । जसको हातवाट छुटेको हो त्यसको आदेश पालना गर्ने । कहिले कांही गोलिले पनि स्वविवेक प्रयोग गरेर गलत नियतले उसलाई बन्दुकको नालवाट बाहिर निकालेको भएपनि भित्रै बस्नु नी । कि जसले हानेको हो उसैतिर गएर ठोक्नु नी ।

क्षणिक रुपमा उनीहरुलाई लाग्यो होला हाम्रो विजय भयो । काचट र छातीमा गोलिले छुटाएको रगतको पर्रा देखेर होलि खेले होलान् तिनिहरुले । विजयोत्सव मनाएहोला ।

तर विजय तिनिहरुको हैन तिम्रो भएको छ । आखिर बन्दुकको अहमताका वाचेकाहरु तिमिसंग रहेको त्यो कलमसंग त्रसित थिए नै । त्यही त्रासको परिणाम हो । तिम्रो हत्या ।

तिम्रा सहकरमीहरु पिडामा छन तर तिम्रो काचट र छातीमा गोलि हानेर मार्नेका नेताहरु लाजै नमानी संसदमा पास भएको प्रस्तावमा खुसियाली मनाउंदै विजयोत्सव मनाउने घोषणा गर्दैछन । संसदमा पास भएको गणतन्त्रको घोषणाका लागि हैन एक कलमजीवी मारेकोमा  विजयोत्सव मनाउने घोषणा गरिएको हो

के गर्ने तिमि भन्दा अगाडि हाम्रै साथि डेकेन्द्र थापा र ज्ञानेन्द्र खड्कालाइ पनि यिनै हत्याराहरुले मारेका हुन । तर हामीले तिनिका ति गल्ती माफ दिएकै हो । कालो सपना भनेर विर्सन खोजिएकै हो । तर नरभक्षि बाघ पो रहेछन यिनिहरु ।

छानवीन समिति गठन गर्छ प्रतिवेदन सार्वजनिक गर्छ अनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ता समेत सहभागि भएको पुष्टीपनि गर्छ तर क्षमा माग्दैन । नकचराहरुको भिड रहेछ नेकपा माओवादी भनेको ।

तिम्रो हत्या लालबहादुर चौधरी कुन्दन फौजदार र रामएकवाल सहनीले मात्र गरेका हैनन यो हत्या प्रचण्डले गरेको हो बाबुराम भट्टराइ र कृष्णबहादुर महराले गरेका हुन । तिम्रो हत्याका यि सबै मतियार हुन ।

नागरिक माओवादी सत्तावाट किन त्रस्त हुन्छन् यसको एक उदाहरण बनेको छ तिम्रो हत्या । हिजोका दिनमा माडि काण्ड भएकै हो माओवादीका कार्यकर्ताले राक्षसी व्यबहार देखाएर बसमा यात्रारत नावालकलाई जलाएर मारेकै हो । जल्लादको रुप धारण गर्दै गाउं गाउंका निर्दोषको घाटि सेरेका नै हुन् । तर यि सबै यर्थाथलाई नराम्रो सपनाको रुपमा विर्सिने प्रयास गरिरहेको नै त हो । ज्ञानेन्द्र खड्का र डेकेन्द्र थापाको गुमाउंदा लागेको घाउमा विस्तारै घाटा बस्दै गएको पनि हो । तर एकाएक पुन ति सबै घाउ बल्झाउने काम भएको छ ।

माओवादीले आफ्ना कार्यकर्तालाई ब्वासो समान बनाएर छाडा छोडिरहेको छ । कुन बेला कसलाइ सिध्याउने हुन पत्तो छैन ।

सरकार पनि लाचार छ । तिम्रो हत्याको पुष्टी भएको २४ घण्टा वितिसक्दा पनि मौन छ सरकार । चु सम्म गरेका छैनन । राजनीतिक दलहरु हेरन लाचारीका साथ मौन बसेका छन् ।

सायद गृहमन्त्री कृष्णप्रसाद सिटौला लौ अब मेरो कुसर्ि खोसिने भयो भनेर एकाविहानै सुपर ग्लुब बोकेर मन्त्रालय गएर कुसर्िमै टासिएर बसिरहेका होलान । साचारकर्मी राज्यको चौथो अगं हो भने फुल्फुल्याउने प्रधानमन्त्री कोइराला वालुवाटारमा के गरेर बसिरहेका छन्  उनी किन बोल्दैनन यो घटनामा । माधवकुमार नेपाल किन मौन  एक पत्रकारको हत्या हुंदा पत्रकारको मात्र ह्दय दूख्ने कि अरुको पनि

यस्तै भयो के गर्ने । तिम्रा सहकर्मीहरुपनि कलमको बलमा परिर्वतनको सपना बोकेर हिड्नेहरुनै परे । यदी हाम्रो हातमा बन्दुक हुंदो हो त हामीलाई पनि आउथ्यो कसरी हान्ने काचट र छातीमा गोलि । तर माफ गर विरेन्द्र हामी सक्दैनौ हाम्रो बाटो छोड्न । तिमिलाई यही कलमले दिएको श्रद्धासुमननै प्यारो लाग्छ होला । तिमिलाई तिम्रा सहकर्मीहरुले सधै सम्झीरहनेछन् । 

http://www.hamroblog.com/?p=602


 
Posted on 11-06-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

atomic where is the source of your article...can you show it please...if this is the case than its going to be kaos in Nepal...
 
Posted on 11-06-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we have to hang Mouist gunda, chor, daka haru lai.
 
Posted on 11-06-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmm... I wonder.. why there are no replies on this thread from our Maoist supporters in sajhaland?


 
Posted on 11-06-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

go hell maoist, prachande, baburam

 
Posted on 11-06-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good writing Gahugoro !!


 
Posted on 11-06-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maowadi hari chor ho .. Chor harule balla balla power pako  , baulaye jasto cha .
I hope we can prosecute these morons for genocide .

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters