[Show all top banners]

Java
Replies to this thread:

More by Java
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bhim Birag and reasons behind to be Bairagee !
[VIEWED 9375 TIMES]
SAVE! for ease of future access.
Posted on 04-26-09 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Guys, whoever love modern Nepali music should read this article!


                                                                                                                       by रमण घिमिरे


 केहुनुपर्ने मान्छे, के भएँ ?" उनी कहिलेकाहीँ यो ७४ वर्षे उमेरको शिखरमा उभिएर आफ्नो जीवनको समीक्षा गर्छन् । अनि, आश्चर्य लाग्छ आफैँलाई । तर, नियतिको निर्णयका अघि मान्छे जाबोको इच्छाले मात्र कहाँ हुँदोरहेछ र ?
गीतकार, गायक, संगीतकार भीम विराग आफ्नो अतीतको लामो यात्रालाई बराबर फर्केर स् मरण गर्छन् । त्यस दिन, त्यो घटना नभएको भए सायद उनी राष्ट्रकै चर्चित खेलाडी हुनेथिए । वीरगन्जमा उनी नामी खेलाडी थिए । लेफ्टआउट भनेपछि छेउछाउका मात्र होइन, टाढाटाढाका खेलाडीहरू पनि उनीसँग सतर्क हुन्थे । उनको खुट्टामा भकुन्डो आएपछि पोस् टमा नपुगी त्यसले अलमलिन पाउँदैनथ्यो । उनीसँग पहिला त भकुन्डो किन्ने हैसियत थिएन । उनी भोगटेलाई थिचथाच पारेर भकुन्डो बनाएर खेल्थे । पछि खेल्दै जाँदा उनी वीरगन्जभरमिै कहलिएका खेलाडी हुनपुगे । अब उनलाई भकुन्डोको चिन्ता होइन, खालि भकुन्डोलाई कसरी प्रतिद्वन्द्वीका पोस् टमा छिराउने भन्ने ध्याउन्न मात्र हुन्थ्यो । यसमा उनी प्रायः कहिल्यै चुक्दैनथे । त्यसैले उनको खुट्टामा भकुन्डो परेपछि फलाम चुम्बकमा लुटपुटिएजस् तो हुन्थ्यो ।
त्यस दिन पनि यस् तै भयो । घटना आज पनि उनको सम्झनामा आलै छ । उनले खेल सुरु भएको १० मिनेटमै गोल गरे । त्यसपछि विपक्षी दलमा खैलाबैला मच्चियो । उनीहरूले एकै ठाउँमा झुरुप्प भएर एकछिन केके कानेखुसी गरे । फेर िखेल सुरु भयो र उनका खुट्टामा फेर िपनि भकुन्डो पर्‍यो । उनी तीव्र गतिमा भकुन्डो लिएर हुइँकिए । तर, यसपालि भकुन्डो गोलपोस् टसम्म पुग्न सकेन । पछाडिबाट दुई-तीन जना विरोधीले घेरेर अचानक गरेको आक्रमणका कारण १० बल्ड्याङ् खाएर उनी ढले । उनको त्यही शक्तिशाली देब्रे खुट्टो र देब्रे हात १०/१२ ठाउँमै भाँचिए ।
"त्यसबेला कुनै उपचारविधि थिएन, एउटा स् थानीय कम्पान्डरको उपचारबाट केेही हुन सकेन ।" त्यो पनि मानिसका लागि गरनिे उपचार थिएन । घोडाको उपचारमा गरनिे मालिसको मल्हमले मानिसको हाडजोर्नीको उपचार कसरी सम्भव हुन्थ्यो ? त्यसयता आजसम्मका झन्डै छ दशक आयु उनी अपांग जीवन बिताइरहेछन् ।
त्यति भएर पनि उनलाई आफ्नो अवस् थाप्रति कुनै लघुताभास छैन । "जीवनप्रति मलाई कुनै गुनासो छैन," भीम विराग भन्छन्, "मभन्दा हट्टाकट्टा साथीहरू सबै गइसके तर म अपांग भएर पनि बाँची त रहेछु नि !" यो उनी आफैँलाई फुल्याउने एउटा अभिव्यक्ति मात्र हो । नत्र किन भन्थे र, "मलाई जन्मदेखि नै धोका हुँदै आएको छ ।"
उनको जन्मको धोकाको अर्को मार्मिक कथा छ । ज्यापू महिलासँग विवाह गरेकाले बाबुलाई जात, थरसहित परविारबाटै हटक गरयिो । अनि, आफूलाई कहिले महाजन, कहिले महर्जन र कहिले श्रेष्ठ थरहरू गुथाउँदै 'विराग'को नयाँ थरमा रूपान्तरति हुन पुगे । नियतिले धोका दिएर उनलाई अपांग बनाएपछि उनी कतै हिँडडुल गर्न नसक्ने भएर कुँजिए । र, यसको फाइदा उठाएर अरूहरूले आफ्नो नाम चलाउन खोजे ।
उन्ालाई जीवन र अवस् थाप्रति कुनै गुनासो नभए पनि यस अवस् थाले भने उनलाई प्रशस् त गुनासो गर्ने ठाउँ बनाइरह्यो । उनको यस दुर्बलता र कमजोरीको फाइदा उठाउँदै हिँड्नेहरू पनि निस् िकए । तर, उनी तिनीविरुद्ध केही गर्न नसकी टुलुटुलु हेरेर बाँच्न बाध्य भए । यसले उनको मन भतभती पोल्छ । घृणा र आक्रोशले जीउ जिरंिग हुन्छ ।
"मलाई मेरो सारै नजिककाहरूले धोका दिए," उनी प्रसंगको भारी फुकाउँछन् । नारायणगोपालले गीतियात्रा नामक एल्बमका लागि गीत मागेका थिए । उनले आफँैले रचेका र धुन भरेका दुई-तीनवटा गीतहरू छाने । तर, यही बेला उनी मोटरबाइक दुर्घटनामा परे र त्यही देब्रे खुट्टा फेर िभाँचियो । उनी झन् अशक्त भए । उनले नारायणगोपाललाई यही जानकारी गराए । नारायणगोपालले विरागको बाध्यता बुझेर विरागकै चेला मधु क्षेत्रीलाई लय सिकाएर पठाइदिन आग्रह गरे । वास् तवमा मधुले विरागका सबै गीतहरू लयसहित कण्ठ पारेका थिए । उनी वीरगन्जतिर हुने कार्यक्रममा विरागकै गीतहरू गाएर प्रसिद्ध भएका थिए । र, नारायणगोपाललाई पठाउने भनेका दुईवटा गीत, 'झरेको पातझैँ भयो' र 'कसरी म भुलेँ, केमा म भुलेँ'का लय पनि मधु क्षेत्रीलाई कण्ठ भएकाले उनैमार्फत नारायणगोपाललाई सिकाउन भनेर अथ्र्याएर पठाए ।


तर, गीतियात्रा प्रकाशित हुँदा 'कसरी म भुलेँ' भन्ने गीतको संगीतकारमा उनको ठाउँमा मधु क्षेत्रीको नामको पो छापिएको देखे । उनले किन यसो गरेको भनेर मधुलाई सोद्धा "आफैँले आएर सिकाउनु पथ्र्यो नि, मैले सिकाएपछि त मेरै त हुन्छ नि !" भन्ने ठाडो जवाफ लगाए । अनि, उनले मधुलाई जीवनमै पहिलोपल्ट श्राप दिए, "तिमीजस् तो धोकेबाज कहिल्यै सफल कलाकार हुन सक्तैनौ ।" वास् तवमा विराग शारीरकि रूपमा मात्र अपांग थिए । यस् ता कैयौँ मानसिक अपांगहरूले उनको कमजोरीको फाइदा उठाइरहे । यस् ता प्रसंगहरूमा भने उनलाई साँच्चि नै वैराग लागेर आउँछ । अनि, उनी बेलाबेला सोच्छन्, म किन बाँचिरहेको होला  ! उनका प्रायः सबै समवयीहरू बितिसके । उनले जीवनमा नबुझेका धेरै रहस् यहरूमध्ये यो प्रमुख रहस् य हो ।
जीवनमा घटेका यस् ता विषाक्त अनगिन्ती सम्झनाहरूका माझमा उनीसँग केही सुखद र सम्झँदा आनन्द लाग्ने क्षणहरू पनि छन् । बुबा संगीतका सारै सोखी थिए । वीरगन्जको माइस् थान मन्दिरमा हरेक साँझ उनीहरूको सांगीतिक 'महफिल' जम्थ्यो । भजन गायन सकिएपछि बाजागाजा थन्क्याउने जिम्मा उनीहरूकै हुने गथ्र्यो । त्यसपछि उनीहरू अग्रजहरूको सिको गर्दै केही समय तबला र हार्मोनियमहरूसँग खेल्थे । यसरी थाहै नपाई उनी संगीतमा लग्गू हुन थालेछन् । ती क्षणहरूतिर फर्किंदा उनलाई रमाइलो लाग्छ । बिहानको कलिलो घामले आङमा स् पर्श गरेको आभास हुन्छ । अलिक पछि जब उनी संगीतमा समर्पित भएरै लागे अनि संगतले सुरापानतिर पनि लागे ।   
कुनैबेला संगीतको सारेगम सिकेको त्यही माइस् थान मन्दिरमा उनीहरू बसेर रक्सी खान्थे र गानाबजाना गर्थे । कहिले फेर िसुरापानकै लागि एकान्त खोज्दै मसानघाट पुग्थे र बाँसुरीमा लय फुक्दै पिउँथे । एकदिन नारायणगोपालले उनलाई भने, "विरागजी ! एउटा रक्सीको गीत लेखिदिनोस् न !" स् वाभाविक थियो, नारायणगोपाल पनि रक्सीका सोखी थिए र यसको स् वाद र महत्त्व बुझेका थिए । अनि, यिनै ठाउँको कल्पना गर्दै उनले एउटा जीवन्त गीत लेखे, 'मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ ।' पहिला रहरले पिएका थिए, पछि लत बस् यो अनि छाड्नै नसक्ने भएर बाध्यताले पिउन थाले । अब कहिल्यै पिउँदिन भनेर कसम खाएर पनि पिइरहे । उनले यिनै घटनाहरूलाई मनमा राखेर गीतको उठान गरे, 'रहरै रहरमा पिएँ, विवश भएर पिएँ, ...पिउँदिन पिउँदिन भन्दै पिएँ ।'
उसो त भीम विरागले लेखेका सबै गीतहरूमा उनकै भोगाइ अभिव्यक्त भएको हुन्छ । 'पूजाको फूलजस् तै दिनदिन मरेर हेर, ढुंगाको मूर्तिजस् तै दोबाटो बाँचिहेर' भीम विरागले स् वीकार नगरे पनि नारायणगोपालले गाएको यस गीतमा उनले आफ्नो जीवनको कटु भोगाइ लेखेका छन् । उनलाई लाग्दो पनि हो, सायद उनी पूजाको फूलजस् तै दिनदिन मररिहेछन्, ढुंगाको मूर्तिजस् तै दोबाटो बाँचिरहेछन् । त्यसैले त उनको स् वीकारोक्ति छ, "यदि मेरा गोडा चल्नसक्ने भए कहाँकहाँ पुग्ने थिएँ, कति मानिसलाई भेट्ने थिएँ ।" र, उनी मधु क्षेत्रीहरूको धोकाबाजीमा पनि पर्ने थिएनन् ।
तर, यो मात्र अन्तिम सत्य होइन । किनभने, उनी अपांग भएर कुञ्जिए पनि उनी पुग्न नसक्ने ठाउँमा आज उनका संगीतहरू पुगेका छन् । सायद उनले भेटेर जित्न नसक्ने मनहरूलाई आज उनका गीतले जितेका छन् । उनका गीतहरू मन्दिरमा गाइने भजनजस् तै मानिसका आराधना भएका छन् । उनी साधनाले सबै अंग स् वस् थ हुनेहरूभन्दा कैयौँ गुणा सबलांग छन्, सबल छन् र शक्तिशाली छन् । उनी वैराग्यका होइनन्, सिर्जनाका भीम हुन् ।
उनलाई शरीरले सोझो भएर हिँड्न दिँदैन । त्यसैले उनले वर्षौंदेखि पूरा आकाश हेर्न पाएका छैनन् । लामो बाटो हिँड्नै सक्तैनन्, थाकिहाल्छन् । तर, सिर्जनामा उनी आजसम्म कहिल्यै थाकेनन् । सुनेर कहिल्यै नथाक्ने गीत लेख्छन् उनी । लामो यात्रामा हिँडेको कुनै पनि यात्रीलाई उनका गीतहरूले बाटो काट्न ऊर्जा दिन्छन् । उदासी, एकान्त या विरक्तिको अर्थ दिन्छन् । सायद उनलाई पनि यो जीवनको दियोमा हरेक क्षण तेल थपिरहने र बाती सल्काइरहने साधन यिनै गीत र संगीत नै हुन् । त्यसैले उनका पाइलाहरूले थोरै बाटो हिँडे होलान् र उनका आँखाले एक पाटो आकाश मात्र देखे होलान् । तर, उनका गीतले सारा धर्ती हिँडेका छन् र संगीतले सम्पूर्ण आकाश ढाकेका छन् ।

         

--http://www.kantipuronline.com/Nepal/article.php?&aid=5

  
Last edited: 26-Apr-09 05:05 PM
Last edited: 26-Apr-09 05:17 PM
Last edited: 26-Apr-09 05:18 PM

 
Posted on 04-26-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its really really touchy song written by Bhim Birag


            http://www.nepalisong.net/old/narayangopal.htm


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters