[Show all top banners]

rakkshash
Replies to this thread:

More by rakkshash
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के गर्छन होला त राजा दरबारमा बसेर?
[VIEWED 8532 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...............................................के गर्छन होला त राजा दरबारमा बसेर? मैले सुने अनुसार औपचारीक बाहेक कहिले पनि राजा हरु अरुसङ बसेर ब्याक्तिगत र घरायसी कुरा गर्दैनन रे । गरुन पनि को सित? औपचारिक बाहेक छोरा र श्रीमती सङ् त भेट हुदैन भन्छन ।हुन त एक प्रकारले काल कोठरी नै हो दरबार , औपचारिक बाहेक न त कोही सङ बोल्न पाइन्छ न त मन का कुरा हृदय खोलेर गर्न नै पाइन्छ । तपाइ हामीलाइ आफ्ना कुरा एकछिन सुनाउन नपाउदा त छटपटी हुन्छ , सधै एक्लै , गुमसुम बस्नुपर्दा औडाहा नै हुदो हो राजालाइ। स्वतन्त्र र ब्याक्तीगत जिवन नहुदा कस्तो हुदो हो? त्यही भएर होला (कुण्ठा) बेला न कुबेला बोलेका राजाले ।
राजाले कुरा पनी को सित के गर्ने? “भात खायौ? सन्चै छ? वा जाउन यार यसो बानेश्वर वा खसि बजार तिर म:म: खान / कुमारीमा त सलामे-इश्क चल्दैछ रे, जाउन हेर्न ” भन्न मिलेन । अनि बिचरा राजा बोल्न नपाउदा को पिडा र औडाहा उनलाइ जती अरु कस्लाइ थाहा होला? त्यै भएर मलाइ भने राजालाइ एउटा सल्लाह दिन मन लाग्यो ।” ब्लग लेख्ने सल्लाह ” खोइ राजालाइ यो ब्लग वा ब्लगिङ को बारेमा त्यत्ती थाहा छ कि छैन? तर थाहा नभए पनि केहि छैन , UWB का उज्जल जी हुनुहुन्छ सहयोग गर्न तयार ।.................................

..........................प्याच्च (फागुण ७) जस्तो जे पायो त्यही पो बोल्न पाइदैन त ! मनका कुरा त भन्न पाइन्छ नि गाठे !! आखिर ब्लग के का लागी?अब राजालाइ ब्लग लेख्न के को आइतबार नि फेरि? दरबारमा अरुको जस्तो लोडसेडिङ हुदैन होला? भएपनि जेनेरेटर हुदै होला । नेटको समस्या पनि छैन् होला? भएपनि आजकल नेपालमा नेट सजिलै पाइन्छ । बरु ल्यापटप मा टाइप गर्ने के डेस्कटपमा, त्रिभुवन सदनमा बसेर गर्ने कि महेन्द्र सदन (दरबारमा यस्ता सदन छन रे भनेको सुनेको खोइ? ) अथवा नागार्जुन डाडाको एकान्तमा बसेर गर्ने हो की? वर्ड प्रेस मा सुरु गर्ने कि ब्लगस्पटमा , वा नेपाली मा लेख्ने कि अंग्रेजी मा आगे आफ्नै मर्जी !

साभार www.nepaldiary.wordpress.com
 
Posted on 02-27-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was reading somewhere few months back that King love to surf internet. Internet bhaye aru ke chahiyo.

I hope king even read topics in sajha as well. Happy surfing king!!!!! You can post your thoughts on Sajha, it is safe you do not even have to give your real name.
 
Posted on 02-27-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OHO maybe Gyane already has an account here. Who can it be?
 
Posted on 02-27-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाको जिवन पनि कोहि जिवन हो?न बाजेको सेकुवा मा जान पाउनु छ,न जय नेपालम गएर सिनेमा हेर्न पाउनु छ?न फास्ट फूड् म गएर मोमो दबाउन पाउनु छ? के छ आँखिर जिन्दगि? तर पनि त्यो जिन्दगि नै प्यारो छ।यो सब पैसा र पावरको नसा हो। न असनको गल्लिमा सरर घुम्न पाउनु छ,न टुडिखेलको चौरमा बदाम् खाँदै क्रीकेट हेर्न पाउनु छ?आँखिर के छ त बिचरा को जिन्दगि? तर फेरि किन त त्यति गार्हो त्यो जिवनबाट हामि नेपालिको जस्तो रमाइलो जिवन बिताउन? आउ राजा आउ अब बाँकि जिवन हामि जस्तै गरि आनन्दले बिताउ,अनि थाहा पाउँछौ वास्तवमा जिवनको असलि अर्थ।
 
Posted on 02-27-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचैं महाबौधको कुनामा बस्ने ठाउँ सम्म नपाएर उभिएरै म म खानुको मज्जा,
जात्रा र पर्वमा रथ तान्दै दौडनु, गाडिको छतमा बसेर सथिहरु सँग नगरकोट घुम्न जानु, त्यसको जुन मज्जा छ राजा ले के भोग्न पाउँथे
बिचरा! राजा कस्तो बोर जिन्दगि होला है
 
Posted on 02-27-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा राजा , मनका कुरा त कती होलान कती , तर के गर्नु, साच्चै कति औडाहा हुदो हो राजा लाइ, तर केही छैन, श्रीलंका तिर गएर तुल्सी गिरीलाइ अथवा बांगे श्रीश सम्सेर लाइ सुनाए भै हाल्छ नी?
यता नेपाल तिर त राजाको कुरा सुन्ने कोही छैनन , सबै राजाको बिरोध मा खनिएका छन ।
 
Posted on 02-27-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फागुन ७ गते एउटा बक्तब्य निकाल्दा त यो देश नै हल्यो , अझ राजा ले ब्लग लेखे भने त नेपाल मा सुनामी नै आउछ होला । तर जे भए पनि मलाइ भने अब राजा हुने रहर हरायो , को बाच्न सक्छ, नरक को जस्तो जिन्दगी, एक बारको जुनी हो आफु त हास खेल गरेरै मरिन्छ गाठे !!
 
Posted on 02-27-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनाअन्दोलन -२ पछि पुन: “नदेखिने र नसुनेने” बनेका राजा फाल्गुण ७ मा आएर एकाएक बोल्ने/भाषण गर्ने सक्ने बनेका छन । “माघ १९ जनचाहना अनुसार ” भन्ने उदगार(???) लिएर पुन: राजनैतिक फाटमा आएका राजा दरबारमा बसेर अर्को “कु-देता” को तयारी त गरि रहेका छैनन?
 
Posted on 02-27-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो नेपाल डायरी भन्ने, कहिले राजा नजरबन्दमा भन्छ , कहिले चै राजा लाइ ब्लग लेख भन्छ , बौलायो की क्या हो नेपाल डायरी भन्ने हावाको भरमा के के लेखेको छ के के?
 
Posted on 02-27-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म जस्तै धेरै नेपालि देशमा कुनै पनि मूल्यमा शान्ति र विकाश चाहन्छन।तर दूर् दूर् सम्म पनि दीर्घकालिन शान्तिको कुनै सँकेत म चाहि देखिरहेको छैन।नेपालको शान्तिको लागि कुनै न कुनै पक्ष्यले आफ्नो अडानमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ। आज कम्युनिस्टहरु गणतन्त्र चाहिरहेका छन,काङ्रेसलाइ थाहा छैन उस्लाइ के चाहिएको छ,पन्चहरु राजा चाहन्छन् र त्यस्मा उनिहरुको आफ्नै स्वार्थ छ। अन्तरास्ट्रीय शक्ति बाम राज्य चाहदैन।राज लोकप्रीय छैनन।जनमत राजतन्त्रको पक्ष्यमा देखिने सम्भावना न्युन छ। तर २३७ वर्श देखि राज गद्धिमा बसेको शाहवँसले सजिलै विना रक्तपात गद्धि छोड्ला त?खै यो प्रस्श्नको उत्तर उनै राजा बाहेक कसलाइ थाहा होला र?

तर हामि सबैले सोचे जस्तै टिठ लाग्दो जिन्दगि राजा किन बिताइरहेका छन् त? अहिले सरकारलाइ राज् परिवारको सम्पतिको विसयमा न निल्नु न वकल्नु पर्‍या बेलामा उनि आफै अगाडि बसेर राजा विरेन्द्रको सम्पत्ति सुकुमवासि,मुक्त कमैया र खाते बालकहरुका हीतमा प्रयोग गर्छु भनेर घोषणा गर्य भए अस्ति फाल्गुन् ७ मा,इन्लाइ कसैले बाजेको सेकुवा खान कसैले रोक्थ्यो त?कति जय जयकार हुन्थ्यो।२४ वटा कम्पनि को २०% सेयर आफुले राखेर बाँकि ८०% चाहि म रोल्पा,रुकुम जाजरकोटको विकाशमा खर्छ गर्छु भन्य भए प्रचन्ड जस्तालाइ देश जिम्मा लाउनु पर्थ्यो त? के गर्ने पैसा नै सब थोक देख्ने अनि बिचराको पछि को लाग्ने?
 
Posted on 03-09-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ब्रो, कहाँ ल्यापट्प मा ब्लग लेख्ने दिने? अब त ज्ञाने र पारसे लाइ कोदालो र साबेल बोकाएर मनाङ मुस्ताङ तिर बाटो खन्न पो पठाउनु पर्छ त ।
 
Posted on 03-09-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयात गरिएको रक्सी खायो, सपनाहरु देख्यो साझाका लेखहरु पढ्यो बस्यो अरु के गर्ने । आफ्नै घरमा आँफै कैदी!!!
 
Posted on 03-09-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tatabyebye जी(?) ले भनेको पनि मलाई त मन पर्‍यो है । यत्रो बर्ष नेपालि जनता को श्रम मा मोज गरेको त असुल्नै पर्यो नि।भारि बोक्न पठाउनु पर्छ पहाड तिर
 
sYaKuuRiolAKU_nchImb
Posted on 03-09-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he has a new job

source ramjham

 
Posted on 03-10-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ ठीक छ , ज्ञाने लाइ अब कुटो कोदालो गर्न मात्र पठाउने होइन , अब माथिको फोटो मा देखाएको जब चै उत्तम हुन्छ ।
 
Posted on 03-10-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला ज्ञाने चोर, दरवारमा बसेर अर्को षडयन्त्रको तानाबाना बुन्दै होल । फेरी अर्को कु को सपना देख्दै होला ।
कस्ले पठाउने कुटो कोदालो गर्न र ट्वाइलेट सफा गर्न। कति मज्जा आउथ्यो होला , ज्ञाने लाइ नारायण हिटी बाट बाहिर निकालेर लखेट्न पाए । म चै भेटे चोर ज्ञाने लाइ दर्बार देखि लखटेर थानकोट कटाउथे । अनि नारयणि को चौर मा बसेर बदाम खादा कति मज्जा आउथ्यो होला ।

तर खोइ .... यो पनि गणतन्त्र जसै सपनै हुने भो ।
 
Posted on 03-10-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला ज्ञाने चोर, दरवारमा बसेर अर्को षडयन्त्रको तानाबाना बुन्दै होल । फेरी अर्को कु को सपना देख्दै होला ।
कस्ले पठाउने कुटो कोदालो गर्न र ट्वाइलेट सफा गर्न। कति मज्जा आउथ्यो होला , ज्ञाने लाइ नारायण हिटी बाट बाहिर निकालेर लखेट्न पाए । म चै भेटे चोर ज्ञाने लाइ दर्बार देखि लखटेर थानकोट कटाउथे । अनि नारयणि को चौर मा बसेर बदाम खादा कति मज्जा आउथ्यो होला ।

तर खोइ .... यो पनि गणतन्त्र जसै सपनै हुने भो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters