[Show all top banners]

wikalp
Replies to this thread:

More by wikalp
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 पोखरा कबिता
[VIEWED 2424 TIMES]
SAVE! for ease of future access.
Posted on 09-29-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिधानमा लुकेकी पोखरा Byदामोदर पुडासैनी "किशोर"

परिधान पहिरे पनि लोभलाग्दी
निर्वस्त्र उभिए पनि मायालाग्दी
तिमीलाई देख्नै किन पर्‍यो र पटकपटक
सम्झनाले नै मेरो मन छमछम नाच्न छोडेको छैन
एउटा गुनासो छ तिमीसँग
घरिघरि तिमीले
बादलु वस्त्रले आफ्नो शरीर ढाकेको भने
मलाई पटक्कै मन परेको छैन

त्रि्रा सुडौल र बराँठिएका
उन्नत चुचुराहरू सुमसुम्याउन
कयौँ पटक धाएँ
म त्रि्रो प्रदेशमा
दह्रो माछा बनेर पस्दै
तालको भन्दा अझ धेरै
गहिराइ चुम्न खोजें मैले
टिलपिल टिलपिल भएको त्रि्रो तालमा

त्रि्रा हरेक खोपिल्टाहरूमा
निर्वाध घुस्न चाहन्छु
हरेक कुना, कन्दरा र ओडारहरूमा
मन साटेर लुक्न चाहन्छु
घरिघरि तिमी बस्त्रले ढाकिएपछि
कसरी सम्पन्न गर्न सकुँला मैले
मेरो मनमा साँचिएका
त्यति धेरै सिर्जना र सुन्दरताका कुरा

कहिले सुतिदिन्छ्यौ लम्पसार परेर
कहिले झिम्क्याउँछौ आँखा
अर्काको मन नै चुँडाल्ने गरेर
यता तान्छ्यौ वस्त्र
उता खुस्कन्छ त्रि्रो शरीर
उता छोप्छ्यौ
यता निस्कन्छन् वैशालु अवयवहरू
कहाँ ढाक्न सकिन्छ र परिधानले मात्रै
हल्कँदै गरेका बैंसलाई

आफ्ना सुन्दर खरखजानाहरू
लुकाउँदै देखाउँदै
देखाउँदै लुकाउँदै गर्ने
त्रि्रो बानीलाई
म इमानी भनुँ या बेइमानी भनुँ -
सत्तेसत्ते धरोधर्म
तिमीसँग मन पनि साट्ने मन छ
तन पनि साट्ने मन छ
साँच्चै मन दिने हो भने
आमाको गर्भबाट निस्कँदा
जस्ती थियौ
त्यतिकै खुलेर उभिऊ मेरो सामु

तिमीलाई देखेरै
म आफूलाई यतै छोडेर जाँदैछु दूर प्रदेशमा
फर्केर आउँदा माया गाँसिसक्ने हो भने
त्रि्रो कलेवरमा
एक टुक्रा कपडाले पनि कतै ढाकिएको हुने छैन ।



Posted by wikalp
Orig from Lakeside pokhara
Now , wichita, kansas
 
Posted on 10-19-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह!

पोखरा संगको प्रेममा चुर्लुम्मै डुब्नुभएछ लेखक! डुबेर आफैँले आफैँलाई प्रश्न गर्दै उत्तर दिनुभएछ तर उनकि प्रेमिका 'पोखरा',  किन्चित शान्त, अलिकता उत्ताउली र अलिकता नखराका साथ चुपचाप मुस्कुराइरहेकि रहेछिन्।

गजब छ भाव! लेखकलाई साधुवाद्!


 
Posted on 10-19-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOV 18th TPS DAY
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters